Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

जलविद्युतमा संयुक्त लगानी गर्न बङ्गलादेशको प्रस्ताव

\"\"काठमाडौँ, २५ मंसिर । बङ्गलादेशले नेपालको ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने प्रस्ताव गरेको छ । पन्ध्र हजार मेगावाट क्षमताको विद्युत् उत्पादन पु¥याएको अवसरमा बङ्गलादेशको राजधानी ढाकामा आयोजित विशेष समारोहमा सहभागी हुन बङ्गलादेशको भ्रमण रहेका ऊर्जा मन्त्री जनार्दन शर्मासँगको भेटमा सो प्रस्ताव गरिएको हो । ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने वा नेपालमा उत्पादित विद्युत्लाई ऊर्जा बिक्री कम्पनीमार्फत खरिद गर्ने वा अन्य कुनै विकल्प अपनाउने भन्ने बारेमा समेत संयुक्त कार्यदल बनाएर छलफल गर्ने प्रस्ताव बङ्गलादेशले गरेको छ । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले ऊर्जा राज्यमन्त्री नसरुल हमिदलाई समेत साथै राखेर ऊर्जा मन्त्री शर्मासँग संयुक्त लगानीका विभिन्न उपायहरु खोज्न र दुवै मुलुक एक आपसमा मिलेर जलविद्युत् आयोजनामा लगानी गर्ने विषयमा छलफल गरेका मन्त्री शर्माले जानकारी दिए । नेपाल र बङ्गलादेशबीच जलविद्युत्मा लगानी गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर नै गरेर प्रक्रिया सुरु गर्ने तयारी धेरै पहिलेदेखि भए पनि काम भने अगाडि बढ्न सकेको थिएन । प्रधानमन्त्री हसिना र ऊर्जामन्त्री शर्माबीचको भेटवार्तामा उक्त समझदारीपत्रमा हस्ताक्षर गरेर अगाडि बढ्ने विषयमा समेत कुराकानी भएको भेटमा सहभागी ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले जानकारी दिए । “बङ्गलादेश नेपालबाट विद्युत् खरिद गर्न, संयुक्त लगानी गर्न वा जुनसुकै विधिबाट पनि संयुक्त रुपमा काम गरौँ भन्ने सकारात्मक धारणाका साथ आएको छ, यसले हामीलाई थप उत्साहित बनाएको छ”–ढाकाबाट फर्केपछि रासससँग कुरा गर्दै मन्त्री शर्माले भन्नुभयो, “आगामी एक महिनाभित्रै समझदारीपत्रमा हस्ताक्षर गरेर प्रक्रिया अगाडि बढाउने सोचाइमा मन्त्रालय रहेको छ ।” मन्त्री शर्माले यही मङ्सिर २२ देखि २४ सम्म बङ्गलादेशको भ्रमण गरेका थिए। बङ्गलादेशमा ऊर्जाको माग अत्याधिक रहेको र पछिल्लो सात वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गरेको अनुभवले पनि संयुक्त रुपमा काम गरौँ भन्ने प्रस्ताव गरेको मन्त्री शर्माको भनाइ छ । नेपाल र बङ्गलादेशबीच सरकार–सरकार (जि टु जी) संयुक्त लगानी गर्ने वा निजी क्षेत्रले लगानी गर्ने वा विद्युत् व्यापार कम्पनीमार्फत विद्युत् खरिद गर्ने भन्ने विषयमा भने पछि नै टुङ्गो लाग्नेछ । समझदारीपत्रमा हस्ताक्षर गर्न विगत तीन वर्षपहिले नै बङ्गलादेशले आग्रह गरेपनि प्रक्रिया अगाडि बढ्न सकेको थिएन । लगानीका विभिन्न सम्भावनाका बारेमा द्विपक्षीय छलफल गर्न बङ्गलादेशी ऊर्जा राज्यमन्त्री हमिदलाई नेपाल भ्रमणको निम्तासमेत दिइएको छ । समझदारीपत्रका बारेमा अर्थ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले समेत स्वीकृति दिएकाले एक साताभित्रै बङगलादेश पठाउने तयारी गरिएको छ । प्रसारण लाइनका विषयमा नेपाल, भारत र बङ्गलादेशबीच त्रिपक्षीय बैठकको आयोजना गरेर सहमति खोज्न सकिनेमा समेत दुई मुलक (नेपाल र बङ्गलादेश)सहमत भएका छन् । “कुटनीतिक वा संयुक्त संयन्त्रमार्फत छलफल गर्न सकिन्छ, इच्छा भए सबै विषयमा सहमति कायम गरेर काम गर्न सकिन्छ भन्नेमा हामी विश्वस्त छौँ”–ऊर्जा मन्त्री शर्माले भने । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १९ औँ शिखर सम्मेलनको क्रममा काठमाडौँमा भएको सहमतिअनुसार पनि ऊर्जा क्षेत्रमा लगानीका अवसर सिर्जना हुन सक्ने देखिन्छ । ‘सार्क इलेक्ट्रिकल फ्रेम एग्रिमेन्ट’अनुसार पनि नेपाल, भारत, बङ्गलादेशबीच विद्युत् आदानप्रदान तथा संयुक्त व्यापार गर्न सकिन्छ । नेपाल र भारतबीचमा रहेको सचिव र सहसचिवस्तरीय संयन्त्र जस्तै बङ्गलादेशसँग पनि सोही खालको संयन्त्र बनाउन सकिने प्रस्ताव गरिएको छ । सहसचिव घिमिरेले संयुक्त रुपमा काम गर्ने विषयमा बङ्गलादेशले चासो व्यक्त गरेको र केही समयभित्रै प्रक्रिया सुरु हुने बताए । एकाध वर्षमा बङ्गलादेशले जलविद्युत् उत्पादनमा गरेको प्रगति नेपालको लागि पनि अनुकरणीय हुन सक्ने भन्दै सहसचिव घिमिरे आगामी एक महिनाभित्र समझदारीपत्रमा हस्ताक्षर हुने बताए। रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending