Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

अण्डामा आत्मनिर्भरको योजना अलपत्र

\"\"काठमाडौँ, २५ मंसिर । आगामी एक वर्षभित्र नेपाललाई अन्डामा आत्मनिर्भर बनाउने सरकारी योजना र तयारी अन्ततः कागजमा सीमित देखिएको छ । कुल उत्पादन र देशको जनसङ्ख्याको हिसाब गर्दा नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ३३ वटा अण्डा उपलब्ध छ । यसलाई एक वर्षभित्र ४८ वटामा पु¥याई देशलाई अन्डाका क्षेत्रमा आत्मनिर्भर बनाउने सरकारी सोच थियो । पशुपन्छी विकास मन्त्रालयले आगामी एक वर्षमा अन्डा, दोस्रो वर्षमा मासु र तेस्रो वर्षमा दूध उत्पादनमा आत्मनिर्भर हुने योजना अघि सारे पनि अण्डा उत्पादन कार्यक्रम गतिशील हुन नसक्दा योजना कार्यान्वयनमा शङ्का उत्पन्न भएको हो । मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले एघार महिनाअघि सार्वजनिक गरेको ४० बुँदे प्रतिबद्धतापत्रमा ‘किसानको साथी’ अभियानबाट ७५ जिल्लाका किसानलाई लक्षित वर्गमा समावेश गराई आगामी एक वर्षमा नेपाललाई अण्डामा आत्मानर्भर बनाइने घोषणा गरे । अहिले बजारमा अण्डाको अभाव छैन । यद्यपि भारतको सिमानासँग जोडिएका तराईका २२ जिल्लामा भने भारतीय अन्डाको आयात भइरहेको नेपाल अन्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीले बताए । उनका अनुसार अहिले बजारमा अन्डाको माग बढेको छ । किसानले उचित मूल्य पाएका छन् । अण्डा व्यापारीले उत्पादक किसानसँग प्रतिक्रेट रु ३४० मा खरिद गर्ने गरेका छन् । प्रतिवटा अण्डाको थोक मूल्य रु ११ र पैसा ३३ मा किसानसँग खरिद गरी व्यापारीले खुद्रा रु १५ मा बिक्री वितरण गरेका छन् । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घका अध्यक्ष जङ्गबहादुर बिसीले भारतसँग सिमाना जोडिएका जिल्लामा अण्डा आयात रोकिने हो भने नेपालमा अन्डाको हाहाकार हुने बताए । उनले सस्तोमा उपभोक्तालाई अन्डा खाना दिन कुखुरापालनमा अनुदान वृद्धि गर्नुपर्छ भने । विकसित मुलुकको दाँजोमा नेपाललाई लक्ष्यमा पु¥याउन हाल भइरहेको अण्डा उत्पादनमा झन्डै ४५ प्रतिशतले वृद्धि गर्नुपर्छ । मन्त्रिपरिषद्को गत साल पुस ९ गतेको निर्णयबाट कृषि विकास मन्त्रालयलाई टुक्राएर पशुपन्छी मन्त्रालय गठन भएको थियो । अण्डा व्यवसायी रामकुमार श्रेष्ठले पशुपन्छीजन्य उत्पादनमा उच्च आर्थिक वृद्धिदर हासिल गर्न राष्ट्रिय पशुपन्छी पालन नीति छ महिनाभित्र तर्जुमा गरी कार्यान्वयन, बिमा ऐन, २०४९ को परिमार्जन, पशुपन्छी व्यवसाय प्रबद्र्धन तथा बजार ऐनका कुरा समेत ओझेलमा परेको बताए । पशुपन्छी पालनका क्षेत्रबाट कुल गार्हस्थ्य उत्पादनमा ११ प्रतिशत र कुल कृषि गार्हस्थ्य उत्पादनमा करिब २६ दशमलव शून्य ८ प्रतिशत योगदान रहेको छ । नेपालमा अण्डा दिने ८३ लाख ५० हजार कुखुराबाट वार्षिक ९० करोड अण्डा उत्पादन हुन्छ । हाल अण्डा उत्पादक सङ्घमा आबद्ध एक हजार छ सय साना ठूला अन्डा उत्पादक किसानबाट ५२ हजार अण्डा उत्पादन भएको तथ्याङ्क छ । नेपालमा व्यावसायिक रुपमा तथा एसियाका अन्य मुलुकमा जस्तै अण्डा उत्पादनमा ख्याति कमाएका कुखुराको जातको १५/२० वर्षदेखि पालन हुँदै आएको छ । उन्नत जातका कुखुरा नेपालको ग्रामीण क्षेत्रमा सफलतापूर्वक पालन गर्न सकिन्छ । नेपालमा पाइने स्थानीय जातका कुखुराको अण्डा उत्पादन वर्षमा करिब ७०/८० वटा मात्र हुन्छ । सोही अवधिमा व्यावसायिक कुखुराले वार्षिक दुई ८० देखि तीन सयसम्म उत्पादन दिन सक्छ । नेपालको ग्रामीण क्षेत्रमा भएका कुखुरालाई व्यावसायिक कुखुरापालन गरी प्रतिस्थापन गर्न सकियो भने हालको उत्पादनमा ४५ प्रतिशतले बढ्न सक्ने जनाइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending