Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

फोहोर फाल्नेबाट १२ लाख जरिवाना

[caption id=\"attachment_12924\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] काठमाडौँ, २५ मंसिर । काठमाडौँ उपत्यकाका प्रमुख नदी सफाइ गरी आज २२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइको १८७ औँ हप्तामा आज टेकु पुलपारि ललितपुरको सानेपा क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । स्वतःस्फूर्त रुपमा सफाइमा उपस्थित भएकाहरुलाई दुई समूहमा विभाजन गरी एक समूहले नदीभित्र छिरेर सफाइ गरेको र अर्को समूहले जनचेतनामूलक कार्यक्रम गरेको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका पुरुषोत्तम कँडेलले बताए । सानेपा क्षेत्रका घरदैलामा गई ‘नदीमा फोहर नफालौँ, फोहर फाल्नेलाई कारबाहीको दायरमा ल्याऔँ, उपत्यकाका नदी सफाइ अभियानमा आफूलाई नजिक पर्ने स्थानमा सहभागी बनौँ’ भनी जागरणमूलक कार्यक्रम गरिएको उनले जानकारी दिए । सफाइ महाअभियानलाई ललितपुर उपमहानगरपालिकाले सय थान डोको तथा स्पर्श नेपालले पाँच थान साधारण र दुई सय थान मोटो पन्जा हस्तान्तरण गरेका छन् । सफाइमा मुख्यसचिव डा सोमलाल सुवेदी, पूर्वसचिवद्वय किशोर थापा र केशव भट्टराई लगायतले नेतृत्व गर्नुभएको थियो । अधिकारसम्पन्न वाग्मती समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, उपमहानगरपालिका लगायत संस्थाको सफाइमा संस्थागत सहभागिता थियो । नदीमा फोहोर फाल्नेबाट उपमहानगरपालिकाले हालसम्म रु १२ लाख जरिवाना स्वरुप उठाएको जनाइएको छ । यसैगरी रुद्रमती सफाइको १४६ औँ हप्तामा आज ज्ञानेश्वरस्थित आकाश भैरव मन्दिर परिसरमा सफा गरिएको रुद्रमती सरोकार समाजका अध्यक्ष वासुदेव मरासिनीले जानकारी दिुनभयो । सो अवसरमा मन्दिर परिसरबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा समाज, वातावरण संरक्षण अभियान, वेलकेयर अस्पताल, महानगरीय प्रहरी वृत्त गौशाला र कमलपोखरी, कामपाका ७, ९ र ३३ वडा कार्यालयको पनि सफाइमा सक्रियता थियो । विष्णुमती सफाइको १२० औँ हप्तामा भने आज परोपकार पुलमुनि वारिपारि सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विष्णुमती नदीलाई छुने महानगरपालिकाका २० वटा वडाका कर्मचारी एवम् स्थानीयवासीको सक्रिय सहभागिता थियो । गुह्येश्वरीमाथिको वाग्मतीमा ‘राम्रो जोरपाटी हाम्रो जोरपाटी’, पुडासैनी मैत्री समाज, तिलगङ्गा महिला समूह र माकालबारी टोल सुधार समिति लगायतले सफाइ गरे । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending