Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

ढुक्क हुनुस् केहि दिनमै सदन अबरोध हटछः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २५ मंसिर । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद्मा जारी गत्यावरोध तत्काल अन्त्य र त्यसका लागि सकारात्मक पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह गरेकी छिन । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा सभामुख घर्तीले लामो समयसम्म संसदको अवरोध हुनु जायज छैन भन्दै अवरोध खुलाउनका लागि वार्ता र संवादलाई जोड दिन आग्रह गरेकी हुन्। प्रधानमन्त्रीले पनि त्यसका लागि सकारात्मक पहल भइरहेको र केही दिनभित्रै समाधान निस्कने विश्वास व्यक्त गरेका थिए । सभामुखले प्रधानमन्त्रीलाई राजनीतिक संवादमार्फत सदन पुनःसञ्चालन गराउन ध्यानाकर्षण गराउँदै पछिल्लो दिनमा नेपाली काँग्रेसका सभापति र नेकपा (एमाले)का अध्यक्षसँग भएको छलफलका बारेमा समेत प्रधानमन्त्रीलाई जानकारी गराएकी थिइन्। सभामुखले आफू नेपाल बाहिर हुने समयलाई सहमतिका लागि उपयोग गर्न आग्रह गरेको उहाँका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए । सभामुख घर्ती संयुक्त अरब इमिरेट्सको अबुधाबीमा हुने विश्वका महिला सभामुखको सम्मेलनमा सहभागी हुन पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै आज त्यसतर्फ जाँदै छिन् । “आफू मुलुक बाहिर रहने र सहमतिका लागि पाँच दिन पुग्दो समय भएकाले सहमतिको पहल गर्न र सदनको अवरोध हटाउन नै सभामुखले प्रधानमन्त्रीलाई आग्रह गरे । सभामुखले संसद्मा अवरोध जारी रहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्धको महाअभियोग प्रस्ताव तथा निर्वाचनसम्बन्धी र संविधान संशोधन विधेयकको प्रक्रिया अघि बढ्न नसकेको जनाउँदै अवरोध हटाउन सरकार प्रमुखका रुपमा प्रधानमन्त्रीको निर्णायक भूमिका हुनेमा जोड दिए। जवाफमा प्रधानमन्त्रीले संसद्को अवरोध अन्त्यको प्रयासमा दलबीच औपचारिक र अनौपचारिक कुराकानी भइरहेको जनाउँदै केही दिनमै सहमति हुने विश्वास व्यक्त गरे । “औपचारिक/अनौपचारिक कुराकानी भइरहेको छ”–सभामुख घर्तीसँगको कुराकानीमा प्रधानमन्त्रीले भने, “मलाई आशा छ, एकाध दिनभित्रै एउटा मसिनो सहमति हुन सक्छ । त्यसका लागि सरकार प्रयासरत छ ।” सभामुखले यसअघि प्रमुख सत्तारुढ घटक काँग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई छुट्टाछुट्टै भेटी सदनको गत्यावरोध हटाउन आग्रह गरेकी थिइन । सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयक राष्ट्रघाती भन्दै एमालेलगायत दलले लगातार संसद बैठक अवरुद्ध गर्दै आएका छन् । संसदको अर्को बैठक यही मङ्सिर ३० गतेका लागि बोलाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending