Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

वुटवल पावर कम्पनी र उपभोक्ताबीच महशुल कति बनाउने भन्ने विषयमा सहमति

\"\"स्याङजा, २५ मंसिर । वुटवल पावर कम्पनी र आँधिखोला विद्युत वितरण केन्द्रका उपभोक्ता संघर्ष समिती विच विद्युत महशुल कति बनाउने भन्ने विषयमा सहमती भएको छ । विद्युत महशुल निर्धारण आयोगको सचिवालयमा वुटवल पावर कम्पनी, आँधिखोला विद्युत वितरण केन्द्रका उपभोक्ता संघर्ष समितीको प्रतिनिधित्व गर्ने प्रतिनिधि र आयोगका पधाधिकारीहरु विच वसेको वैठकमा सो सहमती भएको हो । वैठकमा विद्युत निर्धारण आयोगका अध्यक्ष जगत भुसाल लगाएतका टोली, माननीय संसद मुक्ति प्रसाद पाठक, धनराज गुरुङ, राधाकृष्ण कणेल, वुटवल पावर कम्पनीका तर्फबाट उत्तर कुमार श्रेष्ठ, प्रकाश कुमार श्रेष्ठ, प्रवल भट्टराइ लगाएतका प्रतिनिधि सहभागी भएका थिए । त्यसैगरी नेकपा एमाले पुर्व अञ्चल समन्वन समितीका सदस्य तथा विद्युत उपभोक्ता समिती गल्याङका निदेर्शक पुण्य भुसाल, विद्युत उपभोक्ता समिती वालिङका निदेर्शक हुम वहादुर गुरुङ, नेकपा माओवादी केन्द्र स्याङजाका पुर्व जिल्ला अध्यक्ष शैलेन्द्र घिमिरे लगाएतको पनि उपस्थीती रहेको थियो । त्यस्तै अन्य उपस्थीतीमा उद्योग वाणिज्य संघ इकाइ समिती गल्याङका सभापती तथा विद्युत उपभोक्ता संयुक्त संघर्ष समिती गल्याङका संयोजक लेखनाथ भट्टराइ, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष सोभाकान्त पौडेल, विद्युत उपभोक्ता संघर्ष समिती गल्याङका सदस्य किसान श्रेष्ठ, विद्युत उपभोक्ता संघर्ष समिती रामपुरका प्रतिनिधि कमल भट्टराइ, पुण्य प्रसाद अ¥याल, विष्णु प्रसाद खाण लगाएत थिए । वैठकमा भएको सहमती अनुसार ग्राह्स्थ वर्ग तर्फ २० युनिट सम्मको सेवा शुल्क २० रुपया, इनेर्जी शुल्क प्रतियुनिट दुइ रुपया, २१ देखी ५० युनिट सम्मको सेवा शुल्क ३० रुपया, इनेर्जी शुल्क प्रतियुनिट पाँच रुपया, ५१ देखी १५० युनिट सम्मको सेवा शुल्क ५० रुपया, इनेर्जी शुल्क प्रतियुनिट पाँच रुपया ५० पैसा, १५० देखी २५० युनिट सम्मको सेवा शुल्क ६५ रुपया, इनेर्जी शुल्क प्रतियुनिट ६ रुपया ५० पैसा र २५० युनिट भन्दा माथी सम्मको सेवा शुल्क ८० रुपयाका दरले विद्युत महशुल कायम गरिएको छ । वैठकमा भएको सहमतीलाइ विद्युत मुल्य निर्धारण आयोगमा पठाउने र आयोगले सहमती पारित गरे पछि सर्वसाधारणका लागि लागु गरिने उद्योग वाणिज्य संघ इकाइ समिती गल्याङका सभापती तथा विद्युत उपभोक्ता संयुक्त संघर्ष समिती गल्याङका संयोजक लेखनाथ भट्टराइले जानकारी दिए । उनले श्रावण एक गते देखी मंसिर २३ गते सम्म विद्युत महशुल नवुझाएका ग्राहक वर्गहरुले जरीवाना तिर्न नपर्ने जानकारी दिँदै वुटवल पावर कम्पनीले विद्युत महशुल बढाएको प्रति संघर्ष समितीले गरेका सम्पुर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको बताए । वुटवल पावर कम्पनीले गत श्रावण एक गते देखी विद्युत महशुलमा भारी वृद्धि गरेको भन्दै आँदीखोला विद्युत उपभोक्ता केन्द्रका सेवाग्रही तथा उपभोक्तहरु आन्दोलनमा उत्रेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending