Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

सातौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

\"\"काठमाडौँ, २५ मंसिर । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आगामी पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । राष्ट्रिय खेलकुदमा पूर्व निर्धारित ३५ मध्ये चार खेल गल्फ, स्नुकर, आर्चरी र फेन्सिङ भने न्यूनतम टिम नपुगेका कारण हटाइएको छ । ती चार खेल राष्ट्रिय खेलकुदकै दौरान गरिने भए पनि पदक गणना भने गरिने छैन । जसका कारण ३१ खेलका २९४ स्वर्ण र रजत तथा ४४७ कास्यपदकका लागि करिब दुई हजार ५०० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । तीन खेल स्विमिङ, ट्रायथलन र बडिबिल्डिङ पनि यसअघि नै सम्पन्न भइसकेका छन् । त्यसका कारण पूर्वाञ्चलमा २८ खेल मात्र हुनेछन् । सुनसरी, मोरङ, झापा, धनकुटा, सिरहा र सप्तरीमा गरी पूर्वाञ्चलका छ जिल्लामा तथा स्वासका खेल भने स्थान अभावका कारण ललितपुरमै सञ्चालन हुनेछन् । केही खेल आगामी पुस २ गतेदेखि नै सुरु हुनेछन् । सरकारले चार किस्तामा निकासा गरेको २० लाख रुपैयाँ पूर्वाधार सामान्य विकासका लागि प्रयोग गरिएको राखेपले जनाएको छ । राखेपले ११ करोड ६० लाख रुपैयाँभन्दा कम दिए आयोजना गर्न कठिन हुने जनाएको छ । सातौँ राष्ट्रिय खेलकुदको उद्घाटन विराटनगरको सहिद रङ्गशालामा र समापन धरान रङ्गशालामा हुनेछ । राखेप सदस्य सचिव केशवकुमार विष्टले पदक जित्दै राष्ट्रिय टिममा रहेका खेलाडीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने बताए । दक्षिण एसियाली खेलकुद (साग)मा रजत र काँस्य पदक विजेता खेलाडीलाई पनि मासिक प्रोत्साहन भत्ता दिइने विष्टले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending