Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

पाइलटले नमान्दा प्रधामन्त्री एयरपोर्टबाटै फर्किएपछि .....

काठमाडौं, भेरी(बबई डाइभर्सन आयोजनाको शिलान्यासका लागि सुर्खेत जान त्रिभुवन विमानस्थल पुगेका प्रधानमन्त्री सुशील कोइराला नेपाली सेनाका पाइलटले उडान गर्न अस्वीकार गरेपछि फर्केका छन्। अाजकाे अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–प्रधानमन्त्री कोइराला मंगलबार साँझ ५ बजे विमानस्थल पुगेका थिए। कार्यक्रममा भाग लिन उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतम पनि उनीसँगै सुर्खेत उड्न विमानस्थल पुगेका थिए। दिनभरको मौसम सुर्खेत उडानका लागि योग्य भए पनि प्रधानमन्त्रीले उड्ने समय मिलाउन सकेका थिएनन्। उनको उडान बिहान ९ बजेका लागि तय गरिएको थियो तर नभ्याएको भन्दै समय सार्दा सार्दै साँझ परेको हो । विमानस्थल कार्यालयले भने साँझ ५ बजे पनि उडानयोग्य मौसम भएको जानकारी प्रधानमन्त्री कार्यालयलाई दिएको थियो। तर सैनिक पाइलट महासेनानी भुवन श्रेष्ठले सुर्खेतको निर्धारित ठाउँमा पुग्दै अँध्यारो भइसक्ने र फर्केर आउन नसकिने कारण देखाउँदै उडान गर्न मानेनन्। सैनिक स्रोतका अनुसार मिलेसम्म उडान गर्न सैनिक पाइलटलाई भनिएको थियो। तर अतिविशिष्ट व्यक्तिको उडानमा दबाब र ुरिस्कु लिन समस्या पर्ने तथा जाँदा र फर्कंदा कम्तीमा पाँच घन्टा समय आवश्यक पर्ने भन्दै उडान गर्न अस्वीकार गरिएको थियो। नेपाली सेनाको हवाई महानिर्देशनालयले मंगलबार साँझको उडान हुन नसक्ने कारणसहितको रिपोर्ट प्रधानमन्त्रीको सचिवालयलाई मौखिक रूपमा दिए पनि त्यसको बेवास्ता गर्दै कोइराला विमानस्थल पुगेका थिए। पाइलटले बबई जाँदा अवतरण गर्नुपर्ने हेलिप्याड दुई डाँडाको बीच खोंचमा रहेकाले अँध्यारोको उडान उपयुक्त नहुने तर्क गरेको स्रोतले बतायो। पुगेर शिलान्यासमात्र गरी नेपालगन्जसम्म फर्कन सकिने वा साँझ नेपालगन्ज बसेर बुधबार बिहानै शिलान्यास गर्न पुग्नेगरी कार्यक्रम बनाउन सेनालाई भनिए पनि दुवै अनुपयुक्त भएको जबाफ दिइएको थियो। बुधबार बिहान मौसमले साथ नदिए राष्ट्रपति चीनबाट फर्कंदा स्वागत गर्न विमानस्थलसम्म पुग्न कठिनाइ हुने अर्को कारण पनि थपिएपछि प्रधानमन्त्री विमानस्थलबाट बालुवाटार फर्किएका थिए। उपप्रधान एवं गृहमन्त्री गौतम भने बिहानदेखि नै प्रधानमन्त्रीलाई कुर्दै विमानस्थलमा बसेका थिए। दुई घन्टा बस्दा पनि प्रधानमन्त्री आउने छाँट नभएपछि समय बिताउन उनले अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्रका अध्यागमन र प्रहरी कार्यालय निरीक्षण गरेका थिए। प्रधानमन्त्री र उपप्रधानमन्त्री दुवै सोमबार नै शिलान्यास गर्न सुर्खेत जाने भन्दै आयोजकले खसी नै ढालेर तयारी गरे पनि मौसम प्रतिकूलताले उडान हुन सकेको थिएन।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending