Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

माओवादी आन्दोलन : दश समस्या र दश समाधान

\"\"माओवादी केन्द्र (तत्कालिन एनेकपा माओवादी) दोस्रो संविधानसभाबाट तेस्रो शक्तिमा मात्रै झरेको छैन, पार्टी, संगठन र राजनीतिक कार्यदिशामा समेत उस्तै भद्रगोलको स्थितिमा छ । भरखरै सकिएको माओवादी केन्द्रको पोलिटब्युरो बैठकले पार्टी संगठन सृदृढीकरणको कार्ययोजना बनाएपनि संगठनात्मक सबालमा भने नेपलको इतिहास नै राख्ने गरी ४ हजारको हाराहारीमा केन्द्रीय समिति बनाउने निर्णय गरेको छ । यसै सन्दर्भमा केही समयअघि १० माओवादी पार्टीबीचको एकताका लागी महत्वपूर्ण भूमिका खेलेका माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य तथा युवा इन्चार्ज  मणि  थापाले माओवादी आन्दोलनका १० चुनौति र सम्भावना केलाएका छन् । थापासँगको कुराकानीमा खबरडबलीका लागि जीवन कुवँरले तयार गरेको यो सामाग्री– माओवादी आन्दोलनका दश समस्या
  1.  माक्र्सबाद, लेनिनवाद, माओवादको आधारभुत सिद्धान्तलाई गम्भिरतापूर्वक आत्मसाथ नगर्नु ।
  2.  जनयुद्ध र जनआन्दोलनको ऐतिहासिक मूल्याकंन गर्ने तत्परता नदेखाउनु।
  3. अहिलेको पूँजिबाद र साम्राज्यवादलाई गहिरो गरी बिश्लेषण गर्न नसक्नु ।
  4. इतिहासको गम्भिर समिक्षा गर्नमा अरुची देखापर्नु । जसले गर्दा माओवादी केहि पर हटेको छ ।
  5. राजनीति र बिचारलाई केन्द्रमा राख्नु भन्दा संगठन र ब्यक्तिलाई केन्द्रमा राख्ने प्रवृतिले प्रश्रय पाउनु । जसले गर्दा पार्टीभित्र बिवाद उत्पन्न भइराख्नु ।
  6. सामाजिकीकरण र जनपक्षीयकरणको मुद्दालाई अनदेखा गर्नु ।
  7. कार्यकर्ता र जनता भन्दा नेता धेरै महामानव हुन् भन्ने चिन्तन विकास हुनु । म नेता हुँ भन्ने सोँच माओवादीभित्र छ । जसले गर्दा जनताको मन चिडिएको छ ।
  8. पार्टीभित्र दुई लाइन संघर्षको महत्वलाई नबुझ्नु ।
  9. कम्युनिष्ट आन्दोलन भूइँ तहका जनतालाई सम्वृद्धिकरण आन्दोलन गर्ने भन्ने कुरा अनदेखा गर्नु ।
  10. संगठनलाई चाहिने भन्दा बढी महत्व दिनु र आन्दोलनलाई गौण बनाउनु । एजेण्डा र आन्दोलन नबुझ्नु । साँस्कृतिक, राजनीतिक, आर्थिक आन्दोलनकाबीचमा अन्योन्यास्रितसम्बन्ध हुन्छ । त्यसले मात्र समाज अगाडि बढ्छ भन्ने कुरा पार्टीले नदेख्नु ।
माओवादी आन्दोलनका दश समाधान
  1. अहिलेको साम्राराज्यवादी युगमा पनि समाजवादी विचार नै साम्राराज्यवाद भन्दा उन्नत बिचार हो भन्ने कुरा दह्रो गरी पक्रनुपर्छ ।
  2. जनयुद्ध र जनआन्दोलनको ऐतिहासिक भौतिकवादी ब्याख्यासहित निष्कर्षमा पुग्नुपर्ने छ । यसलाई पार्टीका नेताहरुले गम्भिर ढंगमा सोच्न जरुरी छ ।
  3. अहिलेको पुँजिवादले भूमण्डलीकरणसहितको साम्राराज्यवादले साना–साना देशहरुभित्र प्रभाव पारेको छ । त्यस बिरुद्ध समाजवादी चेतना र राष्ट्रिय एकता कायम गर्न प्रयत्न गर्नुपर्छ ।
  4. पार्टीलाई निरन्तर र गतिशिल रुपमा अगाडी बढाउन जरुरी छ । र, पार्टीमा युवाहरुको प्रवेशलाई महत्वपूर्ण स्थान दिनुपर्छ । अहिलेको युवा शक्तिमा जोश, जाँगर र क्षमता सबै छ ।
  5. पार्टीभित्रको दुई लाइन संघर्षलाई ब्यवस्थित गर्ने र बिचारको आधारमा नेतृत्व स्थापित गर्न प्रयत्न गर्नुपर्छ ।
  6. पार्टीभित्र आउने नयाँ विचारलाई स्वागत गर्ने र संगठनमा पक्कड हुनेले विचारको नेतृत्व गर्छन भन्ने व्यबहारवादी दृष्टिकोणबाट पार्टीले गम्भिर रुपमा सोच्न आवश्यक छ ।
  7. जनसम्बन्धलाई सुदृढ गर्ने र माओवादी पार्टीको सामाजिकिकरण समस्या छ , त्यसलाई हल गर्ने ।
  8. माओवादी पार्टीभित्र धनी र गरिबबीचको खाडल छ त्यसलाई समावेशी अर्थतन्त्रबाट धनी र गरिबको फैसला टुङ्ग्याउन हतार भइसक्यो । ढिला नगरी गरी नटुङ्ग्याए पार्टीलाई खतरा छ ।
  9. इतिहासको माओवादी आन्दोलनभित्रको क्रान्तिकारिता, इमान्दारिता र लगनशिलता साथ–साथै सम्भावनासहित इतिहासको मूल्याङकन गर्नुपर्छ ।
  10. माओवादीलाई विचारमा स्वतन्त्रता र काम कारवाहिमा एकरुपता लेलिनबादी सिदान्त अनुसार लैजानुपर्छ । जनवादी केन्द्रियता सिदान्तलाई दह्रो गरी पक्रिएर एउटा जनपक्षिय पार्टी र प्रगतिशिल पार्टी बनाउने दिशामा अगाडी बढ्नुपर्छ । त्यसका निम्ति क्रान्तिकारी धुव्रिकरण र क्रान्तिकारी रुपान्तरणको प्रक्रियालाई निरन्तर अगाडी बढाउँदै जानुपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending