Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

माओवादी आन्दोलन : दश समस्या र दश समाधान

\"\"माओवादी केन्द्र (तत्कालिन एनेकपा माओवादी) दोस्रो संविधानसभाबाट तेस्रो शक्तिमा मात्रै झरेको छैन, पार्टी, संगठन र राजनीतिक कार्यदिशामा समेत उस्तै भद्रगोलको स्थितिमा छ । भरखरै सकिएको माओवादी केन्द्रको पोलिटब्युरो बैठकले पार्टी संगठन सृदृढीकरणको कार्ययोजना बनाएपनि संगठनात्मक सबालमा भने नेपलको इतिहास नै राख्ने गरी ४ हजारको हाराहारीमा केन्द्रीय समिति बनाउने निर्णय गरेको छ । यसै सन्दर्भमा केही समयअघि १० माओवादी पार्टीबीचको एकताका लागी महत्वपूर्ण भूमिका खेलेका माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य तथा युवा इन्चार्ज  मणि  थापाले माओवादी आन्दोलनका १० चुनौति र सम्भावना केलाएका छन् । थापासँगको कुराकानीमा खबरडबलीका लागि जीवन कुवँरले तयार गरेको यो सामाग्री– माओवादी आन्दोलनका दश समस्या
  1.  माक्र्सबाद, लेनिनवाद, माओवादको आधारभुत सिद्धान्तलाई गम्भिरतापूर्वक आत्मसाथ नगर्नु ।
  2.  जनयुद्ध र जनआन्दोलनको ऐतिहासिक मूल्याकंन गर्ने तत्परता नदेखाउनु।
  3. अहिलेको पूँजिबाद र साम्राज्यवादलाई गहिरो गरी बिश्लेषण गर्न नसक्नु ।
  4. इतिहासको गम्भिर समिक्षा गर्नमा अरुची देखापर्नु । जसले गर्दा माओवादी केहि पर हटेको छ ।
  5. राजनीति र बिचारलाई केन्द्रमा राख्नु भन्दा संगठन र ब्यक्तिलाई केन्द्रमा राख्ने प्रवृतिले प्रश्रय पाउनु । जसले गर्दा पार्टीभित्र बिवाद उत्पन्न भइराख्नु ।
  6. सामाजिकीकरण र जनपक्षीयकरणको मुद्दालाई अनदेखा गर्नु ।
  7. कार्यकर्ता र जनता भन्दा नेता धेरै महामानव हुन् भन्ने चिन्तन विकास हुनु । म नेता हुँ भन्ने सोँच माओवादीभित्र छ । जसले गर्दा जनताको मन चिडिएको छ ।
  8. पार्टीभित्र दुई लाइन संघर्षको महत्वलाई नबुझ्नु ।
  9. कम्युनिष्ट आन्दोलन भूइँ तहका जनतालाई सम्वृद्धिकरण आन्दोलन गर्ने भन्ने कुरा अनदेखा गर्नु ।
  10. संगठनलाई चाहिने भन्दा बढी महत्व दिनु र आन्दोलनलाई गौण बनाउनु । एजेण्डा र आन्दोलन नबुझ्नु । साँस्कृतिक, राजनीतिक, आर्थिक आन्दोलनकाबीचमा अन्योन्यास्रितसम्बन्ध हुन्छ । त्यसले मात्र समाज अगाडि बढ्छ भन्ने कुरा पार्टीले नदेख्नु ।
माओवादी आन्दोलनका दश समाधान
  1. अहिलेको साम्राराज्यवादी युगमा पनि समाजवादी विचार नै साम्राराज्यवाद भन्दा उन्नत बिचार हो भन्ने कुरा दह्रो गरी पक्रनुपर्छ ।
  2. जनयुद्ध र जनआन्दोलनको ऐतिहासिक भौतिकवादी ब्याख्यासहित निष्कर्षमा पुग्नुपर्ने छ । यसलाई पार्टीका नेताहरुले गम्भिर ढंगमा सोच्न जरुरी छ ।
  3. अहिलेको पुँजिवादले भूमण्डलीकरणसहितको साम्राराज्यवादले साना–साना देशहरुभित्र प्रभाव पारेको छ । त्यस बिरुद्ध समाजवादी चेतना र राष्ट्रिय एकता कायम गर्न प्रयत्न गर्नुपर्छ ।
  4. पार्टीलाई निरन्तर र गतिशिल रुपमा अगाडी बढाउन जरुरी छ । र, पार्टीमा युवाहरुको प्रवेशलाई महत्वपूर्ण स्थान दिनुपर्छ । अहिलेको युवा शक्तिमा जोश, जाँगर र क्षमता सबै छ ।
  5. पार्टीभित्रको दुई लाइन संघर्षलाई ब्यवस्थित गर्ने र बिचारको आधारमा नेतृत्व स्थापित गर्न प्रयत्न गर्नुपर्छ ।
  6. पार्टीभित्र आउने नयाँ विचारलाई स्वागत गर्ने र संगठनमा पक्कड हुनेले विचारको नेतृत्व गर्छन भन्ने व्यबहारवादी दृष्टिकोणबाट पार्टीले गम्भिर रुपमा सोच्न आवश्यक छ ।
  7. जनसम्बन्धलाई सुदृढ गर्ने र माओवादी पार्टीको सामाजिकिकरण समस्या छ , त्यसलाई हल गर्ने ।
  8. माओवादी पार्टीभित्र धनी र गरिबबीचको खाडल छ त्यसलाई समावेशी अर्थतन्त्रबाट धनी र गरिबको फैसला टुङ्ग्याउन हतार भइसक्यो । ढिला नगरी गरी नटुङ्ग्याए पार्टीलाई खतरा छ ।
  9. इतिहासको माओवादी आन्दोलनभित्रको क्रान्तिकारिता, इमान्दारिता र लगनशिलता साथ–साथै सम्भावनासहित इतिहासको मूल्याङकन गर्नुपर्छ ।
  10. माओवादीलाई विचारमा स्वतन्त्रता र काम कारवाहिमा एकरुपता लेलिनबादी सिदान्त अनुसार लैजानुपर्छ । जनवादी केन्द्रियता सिदान्तलाई दह्रो गरी पक्रिएर एउटा जनपक्षिय पार्टी र प्रगतिशिल पार्टी बनाउने दिशामा अगाडी बढ्नुपर्छ । त्यसका निम्ति क्रान्तिकारी धुव्रिकरण र क्रान्तिकारी रुपान्तरणको प्रक्रियालाई निरन्तर अगाडी बढाउँदै जानुपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending