Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

विप्लव माओवादीको पार्टी कार्यालयमा आक्रमण

\"15230637_1178769598872569_6661255912268349996_n-750\" काठमाडौं, १७ मंसिर । बुटबलमा भएको आन्दोलनका क्रममा हिजो साँझ विप्लव माओबादीको पार्टी कार्यलयमा आक्रमणको प्रयास गरिएको छ । आन्दोलनकारीले विप्लवको बुटवल स्थित पार्टी कार्यालयमा ढुङगा हानेपछि कार्यालयमा सामान्य  क्षेति भएको बताइएको छ । आफ्नो पार्टी कार्यालयमा भएको आक्रमणमा संलग्नहरुलाई कारवार्ही नगरी पुर्न त्यस्तो खालको प्रयास गरेमा विप्लव माओवादी जवाफि प्रतिकार गर्ने जनाएको छ । आफ्नो पार्टी कार्यालयमा करिब २०० जनाको संख्यामा आएका अराजक समूहले ढुङगामुढा प्रहार गरेको र तथानाम बोलेको भन्दै विप्लव माओवादीका रुपन्देही जिल्ला सेक्रेटरी सरद ओलीले एक विज्ञप्ति जारी गर्दै पार्टीको गम्भिर ध्यानर्कषण भएको जनाएका छन । विप्लव माओवादीका रुपन्देही सेक्रेटरी ओलीले खबरडबलीसँग भने–‘हामीले संसदीय व्यावस्थाको विरोध गरेका छौ । त्यसको खारेजीको कुरा गरेका छौ । देशको क्रान्तिकारी पार्टी माथि गरीएको यो आक्रमणको हामी निन्दा गर्दछौ । राज्यले अराजक समूहको पहिचान गरि कारवाही नगरे त्यसको जवाफ मंहगो हुन सक्छ ।’ सेक्रेटरी ओलीले भने–‘ एमालेको बहुमत रहेका आन्दोलनकारीले बिप्लप माओबादीको कार्यलय तोडफोड गरेर ठुलो गल्ति गरे । मलाई लाग्छ यो सिंगो कम्यूष्ट आन्दोलन माथिको आक्रमण हो । यसलाई सम्बन्धित जिम्मेवार राजनीतिक दल र निकायहरुले सच्चाउन जरुरी छ । एकिकृत कान्तिको तयारीमा रहेको पार्टी माथी आक्रमणको प्रयास गर्दाको चर्को मूल्य तिराउन हामीलाई बाध्य नपारीयोस ।’ सेक्रेटरी ओलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘माओबादीले द्रोसो सबिधान सभाको निबार्चन देखि कथित सबिधान निमार्ण प्रकियामा हाम्रो बिमति छ हामिलाई कथित सबिधान सँसोँधन गर्नु र नर्गनु सगँ कुनै तुक छैन हामि यो देश एउटा जिम्मेबार क्रान्तिकारी शक्ति हौ जुन पार्टीले सँसदिय ब्यबस्था मान्दैनौ भनेर सर्घष चर्काएका छौ सो पार्टीलाई यो कथित सबिधान बारे न कुन बिश्वाश छ न त जनताको अधिकार सुनिश्चितका सबाल छ । यो परिबेशमा हाम्रो पार्टी कार्यलयमा तोडफोट गरिएको छ साथै शहिद गेट भत्काईएको छ ,यो प्रति हामि हदै सम्म गम्भिर छौ ।’ माओबादीले भनेको छ–योजनाबद्ध ढगँले जिम्मेवार साथिहरुको उक्साहाटमा तोडफोड गरिएको छ,यो ख्याल राखे हुन्छ हामि आबश्यक परे बन्दुक बोकेर सर्घषमा होमिन हिडेका हौ आन्दोलनका नाममा कसैका पार्टी कार्यलय तोडफोड गरेका छैनौ । तर हिजो हाम्रो कार्यलय तोडफोड गरियो यसको हिसाब एक एक चुक्ता हुन्छ । विप्लव माओवादीका नेताहरु भन्छन–‘अरु जे जे गरेपनि हिजो फेशबुकमा तोडफोड गर्ने एमाले हुन सक्दैन भनेर स्टाटस लेख्ने एमालेका रबिन्द्र अधिकारी,रुपन्देहिका सिद्दिचरण भट्टराई,अखिल नेता बालकृष्ण पाण्डे लाई हामी प्रमाण देखाउन सक्छैा, पार्टी कार्यलय तोडफोड गर्ने तपाईको जिम्मेबार ब्यक्तिको टोलि हो ।’ बुटबलको प्रहरि चौकिमा माओबादीले गोली हान्दै गर्दा एमालेको पार्टी कार्यलयमा माओबादीले एउटा ढुगाँ पनि हानेन । माओबादीले बुटबलमा गोलि र बम बर्साउदै गर्दा तपाईहरु सिरकमा लुटुपुटु भएर आवाज सुन्नुभएको थियो होला तर माओबादीले चाहेको भए देशभरका एमालेका कार्यलय एक रातमा ध्बस्त गराउने शक्ति थियो माओबादी सगँ तर बामपन्थि साईनो भुल्न चाहेन माओबादीले । आज शान्ति प्रकियामा आएर देशको क्रान्तिकारी शक्तिको कार्यलय तोडफोड गरेर माओबादीलाई चिढ्याएको छ एमालेले–एक जना विप्लव निकट माओवादी नेताले आक्रोस पोखें ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending