Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

प्रचण्ड र देउवाबीच नयाँ सहमति : अबको ८ वर्ष संयुक्त सरकार

\"deuba-prachanda\" काठमाडौँ, १६ मंसिर । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच अबको ८ वर्ष संयुक्त सरकार चलाउने सहमति भएको छ । हालै प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भएको भेटवार्ताका क्रममा उनीहरुबीच अबको ८ वर्ष माओवादी र कांग्रेसबीचको संयुक्त सरकार चलाउने सहमति भएको हो । उक्त सहमतिसँगै प्रचण्ड र देउवाबीच आगामी निर्वाचनमा कार्यगत एकता गरी जाने हस्ताक्षरित सहमति समेत भएको देउवा निकट स्रोतको दावी छ । आगामी निर्वाचनमा कांग्रेस र माओवादीबीच हुने कार्यगत एकताबाट सकारात्मक परिणाम आएमा बन्ने सरकारको पहिलो नेतृत्व देउवाले गर्ने सहमति समेत बनेको छ । ‘सभापति देउवाज्यु र प्रधानमन्त्रीबीच आगामी निर्वाचनमा कार्यगत एकता गरी जाने र ८ वर्षसम्म संयुक्त सरकार चलाउन सहमति भएको छ, सहमति कार्यान्वयन भएमा एमाले उफ्रेको मात्रै हुन्छ’ स्रोत बताउँछ । मन्त्रिपरिषद् विस्तारको तयारी ८ वर्ष संयुक्त सरकार चलाउने रणनीति अनुरुप प्रचण्ड–देउवाको केही दिनमै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । स्रोतका अनुसार विजय गच्छदारलाई उपप्रधानमन्त्रीसहित उचित मन्त्रालय दिई सरकारमा ल्याउने विषयमा उनीहरुले छलफल थालिसकेका छन् । उनी नेतृत्वको फोरम लोकतान्त्रिकलाई एक उपप्रधानमन्त्रीसहित एउटा मन्त्रालय दिने सरकारको योजना छ । त्यसैगरी कमल थापालाई पनि एउटा उपप्रधानमन्त्रीसहित छानेको मन्त्रालय र अर्को एक मन्त्रालय दिने तयारी छ । उपेन्द्र यादवलाई समेत उपप्रधानमन्त्री सहित मन्त्रालय दिएर सरकारमा ल्याउने तयारी भइरहेको स्रोतको दावी छ । उक्त विषयमा सामान्य छलफल भएको भए पनि टुंगोमा भने पुगिसकेको छैन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार गठन गर्दा समर्थन गरेका अन्य साना दललाई समेत राज्यमन्त्री, सहायकमन्त्री दिएर सरकारमा ल्याउन पहल भइरहेको प्रचण्डनिकट स्रोत बताउँछ । एमालेलाई बाहिरै राख्ने रणनीति प्रचण्ड र देउवाले एमालेलाई ८ वर्ष बाहिरै राख्ने रणनीति अपनाएका छन् । ‘एमाले सडकमा उफ्रिरहन्छन्, केही फरक पर्दैन, अब कम्तिमा ८ वर्ष संयुक्त सरकार चलाउने सहमति भएको छ’ देउवाले प्रचण्डसँगको सहमतिपछि पार्टीका एक शीर्ष नेतासँग भनेका थिए । सरकारका समर्थक जति सबैलाई लिएर चाँडै मन्त्रिपरिषद् विस्तार गरी सरकारलाई बलियो बनाउँदै जाने र एमालेलाई एक्ल्याउने सरकारको रणनीति छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending