Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

विद्युत् कटौतीमुक्त योजना ल्याउन ऊर्जाको यस्तो निर्देशन

\"urja-mantralaya-4\"काठमाडौँ, १६ मंसिर । ऊर्जा मन्त्रालयले हाल काठमाडौँ उपत्यकामा जारी रहेको विद्युत्भार कटौतीमुक्त अभियानलाई निरन्तर अगाडि बढाउन, चुहावट नियन्त्रण गर्न र विद्युत् चोरी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । गत दसैंबाट सुरु भएको विद्युत्भार कटौतीमुक्त अभियान अगाडि बढिरहेको सन्दर्भमा आगामी दिनमा पनि त्यसलाई थप प्रभावकारी बनाउन तथा मुलुकलाई विद्युत्भार कटौतीमुक्त गर्ने विषयमा ऊर्जाले प्राधिकरणसँग कार्ययोजनासहित आवश्यक व्यवस्था गर्न निर्देशन दिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक र विभागीय प्रमुखलाई मन्त्रालयले लामो समयदेखि रोकिएका आयोजना तथा मन्त्रालयले गर्नुपर्ने सहयोग विषयमा समेत प्रष्ट खाका ल्याउन भनेको छ । निकट भविष्यमा नै भारतबाट थप विद्युत् आयात हुन लागेको सन्दर्भमा त्यसको व्यवस्थापनका लागि आवश्यक तयारी गर्न, सवस्टेसनको सुधार तथा प्रणाली व्यवस्थापनमा समेत ध्यान दिन उर्जाले निर्देशन दिएको छ । आगामी एक महिनाभित्र ढल्केबरमा सवस्टेसनको काम सम्पन्न हुने तथा थप ८० मेगावाट विद्युत् उपलब्ध हुने हुँदा आवश्यक व्यवस्थापन जरुरी छ । ऊर्जामन्त्री जनार्दन शर्माले कुनै पनि आयोजनाका काम रोकिन नहुने, एक हप्तामा सबै आयोजनाको प्रगति प्रतिवेदन पठाउनुपर्ने र विद्युत् चुहावट नियन्त्रण अभियानलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन । विद्युत्भार कटौतीमुक्त अभियान प्राधिकरणको सफलताको कडी भएको मन्त्री शर्माको भनाइ छ । उहाँले अभियानलाई थप व्यावहारिक र तत्काल सम्पन्न गर्न सकिने योजनाको अपेक्षा आफूले गरेको बताए । टनकपुरमा थप क्षमताको ट्रान्सफर्मर जडान हुने प्राधिकरणले भारतबाट थप विद्युत् ल्याउन भारतको टनकपुरमा रहेको प्राधिकरणको सवस्टेसनमा १०० एमभिएको ट्रान्सफर्मर जडान गर्ने भएको छ । हाल सञ्चालनमा रहेको ५० एमभिएको ट्रान्सफर्मरबाट थप विद्युत् ल्याउन नसकिने भएकाले ट्रान्सफर्मरको क्षमता थप गर्न लागिएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । प्राधिकरणका उच्च अधिकारी र भारतका अधिकारीले गरेको स्थलगत अध्ययनको क्रममा हाल सञ्चालनमा रहेको सवस्टेसनमा अर्को ट्रान्सफर्मर राख्ने स्थान अभावका कारण सानो क्षमताको ट्रान्सफर्मर हटाएर सय एमभिएको ट्रान्सफर्मर राख्न सुझाव दिएका थिए । हाल टनकपुरबाट ३० मेगावाट विद्युत् आयत गरिएको छ । क्षमता थप भएपछि थप ३० मेगावाट विद्युत् आयात हुनेछ । सवस्टेसनको सुधार आवश्यक भारतबाट आयात गरिएको विद्युत् सहजरुपमा काठमाडौँ ल्याउन समस्या भइरहेको सन्दर्भमा प्राधिकरणको अध्ययन टोलीले केही सवस्टेसनको सुधार गरे समस्या समाधान हुने निष्कर्ष निकालेको छ । प्रसारण प्रणालीमा रहेको समस्याका कारण अहिलेसम्म भारतबाट आयात गरिएको विद्युत् काठमाडौँ उपत्यकामा जोड्न सकिएको थिएन । ढल्केबरमा ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइनबाट प्राप्त भएको विद्युत् ढल्केबर–चन्द्रनिगाहपुर–हेटौँडा हुँदै काठमाडौँको स्युचाटार सवस्टेसनमा बिजुली जोडिने गरी काम सुरू भएको छ । सो कार्यका लागि चन्द्रनिगाहापुर, हेटौँडा र स्युचाटारको सवस्टेसनमा विशेष सुरक्षा प्रणाली जडान गर्नुपर्ने अध्ययन समितिको ठहर छ । यस्तै विशेष सुरक्षा उपकरण जडान गरिने सवस्टेसनमा ढल्केबर, चन्द्रनिगाहपुर, कमाने, भरतपुर, बुटवल, भक्तपुर, हेटौँडा र लमही रहेका छन् । आठवटै सवस्टेसनले १८० मेगावाट बिजुली प्रवाह गर्ने क्षमता राख्दछ । आगामी एक महिनाभित्र भारतको विद्युत् प्रणालीसँग नेपालको केन्द्रीय ग्रिड जोडिने भएकाले सुरक्षात्मक प्रणाली जोड्न आवश्यक रहेको प्रवक्ता अधिकारीको भनाइ छ । प्राधिकरण प्रणाली योजना विभागका उपप्रबन्धक मनिलनिधि तिवारी र प्रणाली सञ्चालन विभागका सहायक प्रबन्धक विनोद लोहनी रहेको प्राविधिक टोलीले भारतको विद्युत् प्रणालीलाई नेपालको केन्द्रीय प्रणालीमा जोडन आवश्यक प्राविधिक मापदण्ड तथा सुरक्षा उपकरण जडानसम्बन्धी अध्ययन प्रतिवेदन तयार छ । सोही प्रतिवेदनका आधारमा कार्यान्वयन प्रक्रिया अगाडि बढाएर एक महिनाभित्र कार्यान्वयन गर्ने र मुलुकलाई नै विद्युत्भार कटौतीमुक्त घोषणा गर्ने तयारीमा प्राधिकरण रहेको छ । प्राधिकरणले भारतबाट करिब ६०० मेगावाट बिजुली आयात गर्दैछ । जसअनुसार ढल्केबर–मुजफ्फरपुर, कटैया–कुसाह, परावनीपुर–रक्सौल र टनकपुरबाट थप बिजुली आयात गर्ने लक्ष्य छ । हाल भारतबाट आइरहेको बिजुलीमा २२० मेगावाट थप गर्दा देशभर विद्युत्भार कटौती नहुने प्राधिकरणको अनुमान छ । भारतबाट गत आवमा ३४७ मेगावाटसम्म बिजुली आयात भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending