Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

मधेसका माग संम्बोधन हुने गरि संविधान संशोधन आवश्यकः अध्यक्ष ठाकुर

\"15227966_1230571400323020_1876684941_n-750\" नेपालगंज, १४ मंसिर । नेपालगंजमा हिजो मधेसी नागरीक समाज बाँकेले आयोजना गरेको ‘बर्तमान संविधान सिमाङ्कनमा मधेस र मधेसीको अवस्था,समस्या एवम समाधान’ विषयक अन्तक्रिया कार्यक्रममा तराई मधेस लोकतान्त्रीक पार्टीका अध्यक्ष महन्त ठाकुरले मधेसका माग संम्बोधन हुने गरि सरकारसँग संविधान संशोधन गर्न छलफल भएको बताएका छन । अध्यक्ष ठाकुरले भने– ‘मधेसका मुद्धाहरुलाई कसरी संविधानमा संशोधन सहित व्यावस्था गर्न सकिन्छ भनेर छलफल भएको छ, सरकारले संशोधनको प्रकृया बढाओस भन्ने हामीले चाहेका छौ ।’ उनले संविधान संशोधनबाट सबै समस्याको समाधान खोज्न सकिने धारणा राखेका थिए । अध्यक्ष ठाकुरले संविधान संशोधन नाममात्रको संशोधन नभएर मधेसी,जनजाती,थारु लगाएत सम्पूर्ण वर्ग र समुदायका मागहरुलाई सम्बोधन हुने गरि संशोधन हुनपर्नेमा जोड दिए । अध्यक्ष ठाकुरले संविधान संशोधनको विषयमा सरकारसँग भएको छलफल र तयारी बारे भने–‘हामीले मधेसका सबै समस्यको समाधान हुने गरि संविधान संशोधनको प्रस्ताव दर्ता गर्न भनेका छौ । सरकारले त्यो तयारी थालेको बताएको छ ।’ उनले सबै समस्याको निकास छलफल र वार्ताको माध्यम नै भएको भन्दै संविधानको संशोधनबाट मधेसका मागहरु समाधान हुन नसके मोर्चाले अर्को निर्णय गर्न बाध्य हुने धारणा राखेका थिए । उक्त कार्यक्रममा मधेशी नारिगक समाज का पूर्व सयोजक तथा प्रेस स्वान्त्रत सेनानी पान्न लाल गुप्ताले प्रक्रियावादीले भ्रमको खेती गरेर आम नागरिकलाई अलमलाउने काम गरेको र आन्दोलनलाई ठोस निष्कर्षमा नपु¥याई गलाउने काम गरेका भन्दैे चिन्ता व्यक्त गरे । उनले वार्ताको नाममा सरकारले आन्दोलनलाई दबाउने काम गरेको आरोपे लगाएका छन् । कार्याक्रममा सम्बोधन गदै सदभावना पार्टीका नसिंङ चौधरी वर्षौदेखी मधेशी जनतालाई शोषण गरि उनीहरुका हक अधिकारलाई कुल्चीदै आएको सरकारले पछिल्लो समयमा भएको जनआन्दोलन तथा मधेश आन्दोलनले उनीहरुका मुद्दालाई अगाडी बढाएको धारणा राखेका थिए । उनले समयमा दोस्रो संबिधान सभाले जारी गरेको सबिधानमा मधेशी, आदीबासी, तथा पछाडी पारिएका समुदायको हक अधिकारलाई कटौती गरिएको र मागलाई संशोधन गर्नका लागि थालिएको यो आन्दोलन कुनै जाती, वर्ग समुदायको नभई पहिचानको आन्दोलन भएको बताए । विगत लामो समयदेखी मधेसको अधिकारको लागि भैरहेको मधेश अन्दोलनका उपलब्धीहरुलाई मध्येनजर गरेर उक्त कार्यक्रम आयोजना गरीएको आयोजकले बताएको छ । मधेसी नागरीक समाज बाकेका संयोजक आशिष गुप्ता को सभापतित्वमा सम्पन्न कार्यक्रममा नागरिक बुद्धिजीवि, पत्रकार, सर्वसाधारण विभिन्न पार्टीको कार्यकर्ता लगायत एक हजार जनाको उपस्थिति रहेको थियो ।  

मधेसी नागरिक समाज बाँकेद्धारा पत्रकार सहीत तीनजना सम्मानीत

नेपालगंज, १४ मंसिर । बाँकेके नेपालगंजमा हिजो आयोजित एक कार्यक्रमबीच वरिष्ठ पत्रकार पन्नालाल गुप्ता सहित तीन जना सम्मानित भएका छन । बर्तमान संविधान सिमाङ्कनमा मधेस र मधेसीको अवस्था,समस्या एवम समाधान विषयक अन्तक्रिया कार्यक्रमबीच बाँकेका नागरिक अगुवाहरुलाई सम्मान गरिएको आयोजकले बताएको छ । उक्त कार्यक्रममा मधेस र मधेसी जनताको अधिकार र पहिचानको विषयमा काम गरेको भन्दै अधिवक्ता सुरेन्द्र महतो,मधेसी नागरिक समाजका अध्यक्ष गणेश मंडल र बरिष्ठ पत्रकार पन्नालाल गुप्तालाई मधेसी नागरीक समाज बाँकेले सम्मान गरेको हो । उक्त कार्यक्रममा प्रमुख बक्ताका रुपमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा अन्य बक्ताहरुमां पुर्व सभामुख दमननाथ ढुंगाना, नागरिक समाजका अगुवा डा सुरेन्द्र मणी दिक्षित, अधिवक्ता सुरेन्द्र महतो,नागरिक समाजका अध्यक्ष गणेश मंडल, पुर्व गृह राज्यमन्त्री , नब बिचार समूह का संयोजक रिजवान अन्सारी, पुर्व मन्त्री गोबिन्द चौधरी, सभासद नरसिंह चौधरी, सभासद मीना चौधरी, सभासद काशिम सिद्दिकी, बरिष्ठ पत्रकार पन्ना लाल गुप्ता चाचा लगाएतको उपस्थिती रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending