Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

संविधान संशोधन प्रस्ताव दर्ता अनिश्चित, सरकारको शर्त पन्छाउँदै मोर्चाले रोज्यो आन्दोलन

\"sambidhan-samsodhan-750\" काठमाडौँ, १३ मंसिर । सरकारले आइतबार दर्ता गर्ने गरी तयार पारेको संविधान संशोधनको प्रस्तावित मस्यौदा व्यवस्थापिका संसद्मा दर्ता हुने मिति अनिश्चित बनेको छ । मधेसी मोर्चासम्बद्ध संघीय गठबन्धनले प्रस्तावमाथि सहमति नजनाएपछि संशोधन प्रस्ताव दर्ता मिति अनिश्चित बनेको हो । मोर्चाले सहमति जनाएको खण्डमा आइतबार नै प्रस्ताव दर्ता गर्ने तयारीमा जुटेको सरकारलाई मोर्चाले सहमति नदिएपछि संशोधन प्रस्ताव दर्ता झन् अन्यौल बन्दै गएको हो । सरकारले शुक्रबार साँझ संशोधनको प्रस्तावित मस्यौदा तयार गरी मधेसी मोर्चासहित अन्य राजनीतिक दललाई प्रस्तावमाथि धारणा बनाउन पठाएको थियो । तर मोर्चासहित अन्य राजनीतिक दलले प्रस्तावमाथि हालसम्म आधिकारिक धारणा पठाएको छैन । सरकारले मधेसी मोर्चा सम्बद्ध दलले आगामी निर्वाचनमा जाने प्रतिबद्धता नजनाएसम्म संशोधन प्रस्ताव दर्ता नगर्ने शर्त समेत अघि सारेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मोर्चाले निर्वाचनमा जाने प्रतिबद्धता नजनाएको खण्डमा प्रस्ताव दर्ता नगर्ने निर्णय गरेको थियो । तर मोर्चाले भने प्रस्ताव दर्तापछि मात्रै प्रस्तावमाथि आफ्नो धारणा अघि सार्ने भएको छ । सोमबार संघीय समाजवादी फोरमको कार्यालयमा बसेको बैठकले सरकारले संशोधन प्रस्ताव अघि सारेपछि मात्रै आफ्नो धारणा अघि सार्ने निष्कर्ष निकालेको हो । आफूहरुले दिएको १५ दिने अल्टिमेटमभित्र सरकारले संशोधन प्रस्ताव दर्ता नगरेको भन्दै उसले आन्दोलनमा जाने चेतावनी समेत दिएको छ । सरकारले प्रस्ताव दर्तापूर्व मोर्चाले निर्वाचनमा जाने प्रतिबद्धता जनाउनुपर्ने शर्तलाई पन्छाउँदै आन्दोलनमा जाने निष्कर्ष निकालेको हो । सोमबार भएको छलफलमा सरकारले अघि सारेको शर्तमाथि गठबन्धनले असहमति जनाउँदै मंसिर १५ वा १६ गते बस्ने बैठकले आन्दोलनको कार्यक्रम घोषणा गर्ने निर्णय भएको रामसपाका महासचिव केशव झाले बताए । उनका अनुसार गठबन्धनले सत्तारुढ दल कांग्रेस माओवादीले धोका दिएको निष्कर्ष समेत निकालेको छ । बैठकमा तमलोपा अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका राजेन्द्र महतो, रामसपाका अध्यक्ष शरतसिंह भण्डारी अनुपस्थित थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending