Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

पासाङ्गल्हामु राजमार्ग अस्तव्यस्त, सवारी दुर्घटना बढ्यो

\"pasang-lamu-rajmarga-750\"१३ मङ्सिर, रसुवा । उत्तरी छिमेकी चीनसँगको एक मात्र नाका रसुवागढी नाका जोड्ने पासांगल्हामु राजमार्ग अव्यवस्थित हुँदा सवारी दुर्घटना बढ्न थालेका छन् । साना ठूला गरी दैनिक हजारौं सवारी साधन चल्ने पासांगल्हामु राजमार्गको गल्छी–त्रिशुुली–धुन्चे–रसुवागढी सडक साँघुरो र अव्यवस्थित भएकाले दैनिक ट्राफिक जाम र सवारी दुर्घटना बढिरहेको छ । सिंगल लेनको सडक, ठाउँ ठाउँमा खाल्डाखुल्डी र पहिरोका कारण दुर्घटना बढेको हो । सवारी साधन बढेसंगै सडकको स्तरोन्नती हुन नसक्दा दिनानुदिन दुर्घटना बढ्दै गएको यातायात व्यवसायीहरु बताउछन् । रसुवाको राम्चे लगायतका क्षेत्रमा झरेको पहिरो नियन्त्रणका लागि दिर्घकालीन योजना बन्न नसक्दा बर्षा लागे संगै जिल्लाको दक्षिण भेगका जनतालाई सदरमुकाम सम्मपुग्न समेत कठिनाइ हुने गरेको स्थानीयबासीहरु बताउँछन् । राजमार्गको मुलखर्क सडक खण्डमा हरेक बर्ष पहिरो झरेर सडक अबरुद्ध हुन्छ तर राज्यको काम गराई झारा टार्ने किसिमको छ । दिर्घकालिन हिसाबले पहिरो नियन्त्रण गर्ने गरि काम नहुँदा जनताले बर्षेनी दुःख पाइरहेका छन् । काठमाडौँ–ककनी–त्रिशुली–धुन्चे–स्याप्रुुबेसी सडकखण्ड त्रिशुली जलबिद्युत आयोजना निर्माण गर्न भारत सरकारको सहयोगमा २०३० सालमा निर्माण भएको भएपनि यसको स्तरोन्नती अहिले सम्म हुन सकेको छैन । पाँचबर्ष पहिले कालोपत्रे गरिएको भएपनि कालोपत्रे उप्केर बनेका खाल्डाखुल्डी र साँघुरा पुलकाकारण सवारी संचालनमा जोखिम बढेको छ । कन्टेनर व्यवसायी मर्कामा सडक चौडा नहुँदा झेल्नु परेको जामका कारण चीनको केरुंगसम्म पुग्नै हप्तौ लाग्ने हुँदा आफुहरु मर्कामा परेको कन्टेनर व्यवसायीहरुको गुनासो छ । साँघुरो सडकका कारण झेल्नु परेको जाम त छदैछ अझ पछिल्लो समय स्थानीय प्रशासनले लगाएको टोकन प्रणालीका कारण हप्तौ सम्मपालो कुरेर बस्नु पर्ने र महिनामामुस्किलले १ टिप गर्दा खर्चै धान्न मुस्किल पर्ने व्यवसायीको गुनासो छ । संसदको बिकास समितिको निर्देसन कार्यान्वयन भएन एक बर्ष पहिले संसदको विकास समितिले नेपाल र चीन जोड्ने रसुवागढी–केरुंग नाका सुधार गर्न तत्काल प्रक्रिया सुरु गर्न सरकारलाई निर्देशन दिएको थियो । विकास समितिका अध्यक्ष रविन्द्र अधिकारीसहितको टोलीले नाकाको स्थलगत अनुगमन गरेपछि तयार पारेको प्रतिवेदन सभामुख ओनसारी घर्तीलाई बुझाउँदै रसुवागढीसम्मको सडकलाई तत्काल सुधार गरि दुई लेनको बनाउन जोड दिएको थियो । दिर्घकालिन योजनाहरु कार्यान्वयनकै चरणमा होलान तर तत्काल गर्न सकिने सुधारका कामहरुमा समेत राज्य उदासिन बन्दा विकास समितिको निर्देशन कार्यन्वयन नभएको देखिन्छ । गत बर्षको नाकाबन्दीमा इन्धनलगायत दैनिक उपभोग्य वस्तुहरु यही नाकाहुँदै नेपाल भित्रिएको भएपनि नाकाबन्दी हटेसँगै कतै राज्यको प्राथमिकता फेरिएको त होइन ? भन्ने प्रश्नहरु पनि उठिरहेकाछन् । सामाजिक संजालहरुमा आक्रोस पासांगल्हामु सडकखण्डको अवस्था देखेर सामाजिक संजाल फेसबुक लगायतमा तिब्र असन्तुष्टि व्यक्त भैरहेका छन् । दैनिक ठूलो संख्यामा मालबाहक कन्टेनर यहि बाटो हुदै काठमाडौँ भित्रिने जसकाकारण ठुलो मात्रामा राजस्व संकलन हुने भएपनि सडक सुधारमा राज्यको उचित ध्याननपुग्दा असन्तुष्टिका आवाजहरु उठ्न थालेका हुन् । कतिपयले त आक्रोस व्यक्तगर्दै जिल्लालाइ स्थानीय प्रशासनमुक्त क्षेत्र घोषणा गरिनुपर्ने समेत बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending