Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

आइतबार किन दर्ता भएन संशोधन प्रस्ताव ? यी हुन्, ५ कारण

\"sambidhan-samsodhan-750\" काठमाडौँ, १२ मंसिर । आज बसेको मन्त्रिपरिषद् बैठकबाट अनुमोदन गरी व्यवस्थापिका संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सरकारको थियो । सरकारले आज प्रस्ताव दर्ता गर्ने भन्दै शुक्रबार संविधान संशोधनको प्रस्तावित मस्यौदा तयार गरी मधेसी मोर्चासहित सबै राजनीतिक दलको हात–हातमा पठाएको थियो । तर मधेसी मोर्चा र सत्तारुढ दलभित्रकै नेताहरुको सहमति जुटाउन नसकेपछि सरकार संशोधन प्रस्ताव दर्ता गर्नबाट पछि हटेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोर्चा र सत्तासाझेदार कांग्रेसले साथ दिए आइतबार नै संशोधन दर्ता गर्ने तयारी गरेका थिए । तर अन्तिम समयसम्म पनि सहमति नजुटेपछि संशोधन प्रस्ताव दर्ता हुन सकेन । आइतबार संशोधन प्रस्ताव दर्ता नहुनुको यी हुन्, ५ कारण । १. मोर्चाको आलटाल सरकारले मधेसी मोर्चाको सहमतिबिना संशोधन प्रस्ताव दर्ता नहुने बताइसकेका छन् । शुक्रबार नै मस्यौदा तयार पारेर असहमति भए थप छलफल गर्नुपर्ने र सहमति भए प्रस्ताव दर्ता गर्न समर्थन गर्न सरकारले पठाएको पत्रको मोर्चाले जवाफ नदिएपछि आइतबार संशोधन प्रस्ताव दर्ता नभएको हो । सरकारले मोर्चाबाट आधिकारिक जवाफ नआएसम्म संशोधन प्रस्ताव दर्ता नगर्ने भएको छ । मोर्चाले संशोधन प्रस्तावमाथि आफ्नो जवाफ पठाउन आलटाल गरेपछि आइतबार संशोधन प्रस्ताव दर्ता नभएको हो । सरकारका एक मन्त्रीका अनुसार मोर्चाले सहमतिसहित संशोधनको प्रस्तावित मस्यौदामा समर्थन नगर्नु नै आइतबार प्रस्ताव दर्ता हुन नसक्नुको प्रमुख कारण हो । २. सत्तारुढभित्रको असन्तुष्टि मेटाउने प्रयास बिफल आइतबार संशोधन प्रस्ताव दर्ता नहुनुको अर्को कारण हो, सत्तारुढ माओवादी कांग्रेसभित्रका नेताहरुको असन्तुष्टि मेटाउने प्रयास बिफल हुनु । सीमांकन विवाद मिलाउन सरकारले पाँच नम्बर प्रदेश टुक्र्याउने गरी ल्याउन लागेको प्रस्तावित मस्यौदाको विरुद्धमा रहेका माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी र कांग्रेस नेता बालकृष्ण खाँणलगायतलाई सहमतिमा ल्याउने प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको प्रयास बिफल भएपछि प्रस्ताव दर्ता नभएको हो । आइतबार बिहान प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले असन्तुष्टि नेताहरुसँग छलफल गरेका थिए । तर उनीहरुले जनमतको कदर गर्नुपर्ने भन्दै पाँच नम्बर प्रदेश टुक्र्याउने विषयमा आफूहरुको सहमति नहुने प्रष्ट पारेपछि प्रचण्ड देउवालाई पछाडि फर्किन बाध्य बनाएको थियो । ३. देउवामाथि पार्टीभित्रकै नेताको दबाब संशोधन प्रस्तावमा पार्टीभित्र सहमति नजुटाईकन अगाडि बढ्न नहुने भन्दै देउवामाथि पार्टीभित्रकै नेताहरुले दबाब दिएपछि आइतबार संशोधन प्रस्ताव दर्ता गर्ने मनसायबाट देउवा पछि हटेका थिए । पार्टीका शीर्ष नेताहरुले सहमतिबिना प्रस्ताव लगिए विपक्षमा मत हाल्ने चेतावनी दिएपछि देउवाले प्रधानमन्त्री प्रचण्डलाई केही दिन पर्खन सल्लाह दिएका थिए । पार्टीभित्र थप छलफल आवश्यक रहेको भन्दै प्रधानमन्त्रीलाई आइतबार दर्ता नगर्न सुझाव दिएपछि आइतबार प्रस्ताव दर्ता हुन नसकेको देउवा निकट स्रोतको दावी छ । ४. एमाले सहमतिमा आउने अपेक्षा सरकारले औचित्य र आवश्यकताबिना संशोधन प्रस्ताव ल्याउन नहुने भन्दै प्रस्तावको विपक्षमा उभिएका प्रमुख प्रतिपक्षी नेकपा एमाले सहमतिमा आउने अपेक्षा राखेका छन् । सोही अनुरुप प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवालाई एमालेसँग थप छलफल गर्ने जिम्मा दिएका छन् । सभापति देउवाले आइतबार साँझ ५ बजे एमालेसँग छलफल गर्ने प्रयास गरे पनि सफल हुन सकेन । सकेसम्म एमालेलाई समेत साथमा लिएर संशोधन प्रस्ताव दर्ता गर्ने पक्षमा सरकार रहेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बताउँछन् । ५. मन्त्रिपरिषद्का सदस्यसँग छलफलको कमी मन्त्रित्रपरिषद्का कतिपय सदस्यहरुले संशोधनको विपक्षमा मात्रै बोलेका छैनन्, संशोधन प्रस्ताव ल्याए मन्त्रिपरिषद् बैठकमै बबाल मच्चाउने चेतावनी समेत दिएका छन् । स्रोतका अनुसार कांग्रेस नेता तथा रक्षामन्त्री बालकृष्ण खाँण लगायत अन्य मन्त्रिपरिषद् सदस्यहरुले त्यस्तो चेतावनी दिएको हो । मन्त्रिपरिषद्को सदस्यहरुको उक्त चेतावनीपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद्का सदस्यसँग पनि छलफल गर्नुपर्ने भन्दै आइतबार प्रस्ताव दर्ता नगरेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषद् सदस्यहरुसँग अनौपचारिक रुपमा छलफल गर्नेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending