Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

अमेरिकाले ६३४ पटक मार्न खोजेका फिडेल क्यास्ट्रो बारे १० तथ्य

\"fidel-castro\"क्युबाली नेता फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा शनिबार निधन भयो । अमेरिकाका ११ राष्ट्रपतिसँग सम्झौता नगरी क्युबालाई सबैभन्दा लामो समय नेतृत्व गरेका क्यास्ट्रो वामपन्थी आन्दोलनका लागि उत्प्रेरणा हुन् । यीनै क्यास्ट्रोबारे १० तथ्य १. ६ घन्टाको भाषण फिडेल क्यास्ट्रोबारे सबैभन्दा रुचाइएको तथ्य उनको भाषणकलाको हो । उनी भाषणमा अत्यन्त गज्जब थिए । समयसमयमा भनिन्छ, उनी भाषणमा राम्रो हुँदैनथे भने ८२ जना लिएर सुरु गरेको त्यो आन्दोलन सफल हुने थिएन । हो, उनले क्युबा क्रान्तिको सुरुवात जम्मा ८२ जना लिएर गरेका थिए । फिडेल क्यास्ट्रो वाककलामा निपूर्ण थिए । क्युबाका मानिस उनको भाषणको बारम्बार प्रशंसा गर्थे । उनले पनि ६ घन्टाभन्दा बढी लामो भाषण दिएका छन् । लामो भाषणकै कारण उनको नाम गिनिज बुक अफ वल्र्ड रेकड्र्समा पनि राखिएको छ । २९ सेप्टेम्बर १९६० मा उनले संयुक्त राष्ट्रसंघमा ४ घन्टा २९ मिनेट लामो भाषण दिएका थिए । विश्वका नेता कसैले पनि यति लामो भाषण अहिलेसम्म दिएका थिएनन् । योबाहेक उनको ७ घन्टा १० मिनेटको सबैभन्दा लामो भाषण क्युबामा रेकर्ड भएको थियो । यो सन् १९८६ को कुरा हो । उनले यो भाषण हवानाको कम्युनिस्ट पार्टीको अधिवेशनमा दिएका थिए । यी भाषणहरूकै कारण हुनुपर्छ, उनलाई टाइम म्यागजिनले विश्वका सय प्रभावशाली नेताको सूचीमा राखेको थियो । २. सबैभन्दा बढी शासन गरेका नेता फिडेललाई कम्युनिस्ट आन्दोलनका महान् नेताका रूपमा पनि लिइन्छ । तर, योसँगै यही विषयमा उनको आलोचना पनि हुन्छ । त्यो आलोचनाको कारण हो– उनले क्युबामा धेरै लामो समय शासन गरे । यति मात्र होइन, फिडेल क्यास्ट्रो विश्वमै एउटा देशलाई सबैभन्दा बढी शासन गर्ने नेतामा पर्छन् । उनले सन् २००६ को जुलाईसम्ममा क्युबाको नेतृत्व गरेका थिए । सन् १९५९ देखि क्युबाको शासन आफ्नो हातमा लिएका उनले सन् २००८ मा बिरामी भएपछि शासन आफ्ना भाइ राउल क्यास्ट्रोलाई हस्तान्तरण गरेका थिए । ३. सबैभन्दा बढी हत्याको योजना फिडेल क्यास्ट्रोेले आफैँँ दाबी गरेका छन्, उनलाई एक÷दुईपटक होइन, सयौँ पटक हत्या प्रयास गरिएको थियो । उनको दाबीअनुसार ६ सय ३४ पटक उनको हत्या प्रयास भएको थियो । यो अधिकांश अमेरिकी जासुसी संस्था सिआइएले गरेको थियो । यसमा उनले विभिन्न कारण पनि दिएका छन् । उनका अनुसार उनलाई जेलमा विषालु पिल्स दिनेदेखि लिएर उनले पाउरोटीमा पनि विष मिलाइएको थियो । ४. जसले ९ अमेरिकी राष्ट्रपतिसँग सहकार्य गरेनन् अमेरिका र क्युबाको सम्बन्ध फिडेलको शासनका कारण बिग्रिएको हो भन्नेहरू धेरै छन् । क्यास्ट्रो सत्तामा आएपछि अमेरिकाले चार दशकभन्दा बढी क्युबासँग आर्थिक नाकाबन्दी लगायो । अहिले पनि यी दुई देशबीच त्यति राम्रो सम्बन्ध छैन । तर, गत वर्षमात्र यी दुई देशले एकअर्को देशमा राजदूतावास खोलेका छन् । धेरै समयअघि क्युबाविरुद्ध अमेरिकाले लगाएको आर्थिक नाकाबन्दी अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसको समयमा झन् चर्को भएको थियो । ५. जुन दिन क्यास्ट्रोले अन्तिम सिगार खाए भनिन्छ, फिडेल क्यास्ट्रो कुनै समय सिगारका ठूला फ्यान थिए । उनकै कारण क्युबामा सिगारका प्रयोगकर्ता बढेको पनि बारम्बार बाहिर आइरहेको हुन्छ । तर, कुनै समय एकपछि अर्को सिगार सल्काउने फिडेलले सन् १९८५ बाट सिगार खान छाडेका थिए । त्यो पनि एउटै निर्णयका कारण । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने उनले यो छोड्दा शत्रुहरूका लागि मात्र यो सिगार उपयुक्त भएको बताएका थिए । उनले सिगार छाड्दा भनेको वाक्यलाई बारम्बार उद्धृत गरिन्छ, ‘यो सिगारबारे सबैभन्दा राम्रो कुरा यसलाई शत्रुहरूलाई दिनु हो ।’ ६. परिवार क्यास्ट्रोका कम्तीमा पनि आठ सन्तान छन् । उनका जेठा छोरा फिडेल क्यास्ट्रो डिआज बालार्ट हुन् । उनलाई फिडेलिटो भनेर पनि चिनिन्छ । उनी एक वैज्ञानिक हुन् । उनकी छोरी एलिना फर्नान्डिज सन् १९९३ मा क्युबाबाट बाहिर भागेकी थिइन् । अहिले उनी क्यास्ट्रोबारे विभिन्न समारोहमा भाषण दिन्छिन् । दोस्री श्रीमती डालिआ सोटोसँग क्यास्ट्रोका पाँच छोरा भए । ती सबैको नाम ‘ए’बाट सुरु हुन्छ । तीमध्ये सबैभन्दा कान्छो एन्टोनिओ अहिले पनि क्युबाका बेसबल टिमका चिकित्सक हुन् । ७. क्यास्ट्रोको गाई क्यास्ट्रोले जीवनभर कृषिलाई प्राथमिकता दिइरहे । उनले गाईपालन पनि गरेका थिए । उनको एउटा गाई उब्रे ब्लान्काबारे त विश्वमै एउटा कुरा चर्चित छ । त्यो हो– उनको गाईले अत्यधिक धेरै दूध दिन्थ्यो । गिनिज बुक अफ वल्र्ड रेकड्र्समा समावेश भएअनुसार यो गाईले एक दिनमा १ सय १० लिटर दूध दिन्थ्यो । ८. जसले अमेरिकी होटेलमा कोठा पाएनन् यो १९६० को कुरा हो । संयुक्त राष्ट्र संघको १५औँ साधारणसभाको कुरा हो । विश्वभरका नेताहरू अमेरिकी सहर न्युयोर्कमा जम्मा भएका थिए । जब फिडेल क्यास्ट्रो न्युयोर्क पुगे, तब उनलाई कुनै पनि होटेलले आफ्नो कोठा दिन चाहेनन् । एकदिन त उनी क्युबाको दूतावासमै रहे । तर, यसबारे उनले संयुक्त राष्ट्रसंघका महासचिव ड्याग हेमरसोल्डलाई पनि गुनासो गरेका थिए । त्यसपछि मात्र उनले न्युयोर्कको होटेल टेरेसामा कोठा पाए । त्यो होटेलमा सबैभन्दा पहिले क्यास्ट्रो भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू भेट्न पुगेका थिए । त्यतिवेला क्यास्ट्रो ३४ वर्षका मात्र थिए । उनले एक अन्तर्वार्तामा नेहरूले आफ्नो आत्मविश्वास बढाएको बताएका छन् । ‘म कहिल्यै पनि बिर्सिन सक्दिनँ,’ उनले भनेका छन्, ‘म उनको यो कुरा कहिल्यै पनि बिर्सिन सक्दिनँ ।’ ९. अर्नेस्ट हेमिङ्ग्वे मन पथ्र्यो क्यास्ट्रोलाई क्यास्ट्रो अत्यधिक धेरै पनि पढ्थे । उनी आफ्नो अध्ययन कुनै पनि हालतमा रोकिनुहुँदैन भन्नेमा थिए । उनले जीवनभर सयौँ पुस्तक पढेको बारम्बार बताएका छन् । उनलाई सबैभन्दा मन पर्ने लेखकचाहिँ अर्नेस्ट हेमिङ्ग्वे थिए । उनले सन् २०१० को एउटा अन्तर्वार्तामा आफूले हेमिङ्ग्वेका सबै रचना पढेको बताएका थिए । अध्ययनमा मात्र होइन, क्यास्ट्रोलाई खेलकुदमा पनि अत्यधिक रुचि थियो । उनले हेमिङग्वेको पुस्तक ‘द ओल्ड म्यान एन्ड द सी’ बारम्बार पढेको पनि बताएका छन् । १०. बारम्बार मृत्युका हल्ला अन्तर्राष्ट्रिय समाचार माध्यममा क्युबाबारे त्यति समाचार आएनन् । आऊन् पनि कसरी ? क्यास्ट्रो मात्र होइन, सकेसम्म आफ्ना समाचार बाहिर नआओस् भन्ने क्युबाको सरकार चाहन्थ्यो । यही कारणले पनि हुनुपर्छ, क्यास्ट्रो बारम्बार विभिन्न अफवाहको सिकार भए । उनको मृत्युको समाचार सन् १९९१ को दशकबाट नै सुरु भयो । यो सन् २०१० को दशकको सुरुवातबाट झन्झन् चर्को भयो । पछिल्ला १० वर्षमा उनका मृत्युका खबर कतिसम्म बढे भने उनले प्रत्येक वर्ष आफ्नो जन्मदिनमा फोटो सार्वजनिक गर्न थालेका थिए । उनी ८० वर्ष नपुग्दै पनि मृत्युको खबर फैलिएको थियो । यही कारणले उनले ८०औँ जन्मदिनको उपलक्ष्यमा आफ्नो तस्बिर सार्वजनिक गरेर आफ्नो मृत्यु भएको हल्लालाई निराधार सावित गरेका थिए । नयाँ पत्रिकाबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies