Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

रुपन्देहीमा कुस्ती प्रतियोगिता हुने

[caption id=\"attachment_103398\" align=\"aligncenter\" width=\"750\"]\"kusti-khel-750\" फाइल फोटो[/caption] भैरहवा, ८ मंसिर । लोपोन्मुख खेल कुस्ती तथा विरहाको संरक्षण गर्ने उद्धेश्यले रुपन्देहीको छोटकी रामनगर गाविस वडा नं. ६ स्थित मझौली चौराहमा अन्र्तराष्ट्रिय स्तरको विराट दगंल कुस्ती प्रतियोगिता तथा भोजपुरी विरहा कार्यक्रम हुने भएको छ । स्थानीय वजंरग समितिको आयोजनामा यही मंसिर २६ गते विरहा र मंसिर २७ देखि २९ गते सम्म कुस्ती प्रतियोगिता हुने भएको हो । तराई–मधेशको पहिचान सहित जोडिएर रहेको कुस्ती खेलको व्यवस्थापन गर्न सरकार समेत उदासिन रहेको अवस्थामा स्थानीयहरुले गत वर्ष देखि कुस्ती प्रतियोगिता आयोजना गर्दै आएको बजंरग समितिका अध्यक्ष जय प्रकाश धवलले बताए । कुस्ती प्रतियोगितामा नेपाल, भारत, बांग्लादेश र पाकिस्तानका पहलमानहरुको सहभागिता रहने धवलले बताए । प्रतियोगितामा नेपालका नागा बाबा, राजु थापा, भारतका उमाशंकर यादव, भुरा सिहं, पथ्थर सिहं सहित २२६ जना पहलमानहरु भिड्ने उनले बताए । प्रतियोगिताको बेस्ट पुरस्कार मोटरसाइकल, प्रथम पुरस्कार ५० हजार १ सय रुपैया, द्वितीय पुरस्कार एलसिडी टि.भी., तृतीय पुरस्कार साइकल तथा ५ हजार नगद तथा सान्त्वना पुरस्कार टी–सर्ट लगायतका अन्य पुरस्कार राखिएको आयोजकको भनाई छ । कुस्ती खेलको साथै स्थानीय लोक संस्कृतिको जर्गेना गर्ने उद्वेश्यले भोजपुरी विरहा कार्यक्रमको आयोजना समेत गरिएको बंजरग समितिका जगदीश सहानीले बताए । बिरहा तर्फ प्रसिद्ध गायक बि.एम सहानी, हरिकेश यादव, सुनिता यादव लगायतका कलाकारहरुको प्रस्तुती रहने सहानीले बताए । कार्यक्रममा १२ लाख अनुमानित खर्च हुने र सम्पूर्ण खर्च रकम स्थानीयहरुको पहलमा उठाइएको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending