केसीको आन्दोलन विकास विरोधी भएकाले राष्ट्रिय अपराधअन्तर्गत कारवाही गनुपर्छ : राजेन्द्र पाण्डेकाठमाडौं, त्रिवि शिक्षण अस्पताल महाराजगंजका वरिष्ठ हाडजोर्नी विशेषज्ञ गोविन्द केसीको आमरण अनसनकाकारण अहिले देश तरंगित भएको छ । सरकारले विगतका विभिन्न सम्झौता कार्यान्वयन नगरेर धोका दिएको भन्दै ५ औं पटक केसी आमरण अनसनमा बसेका हुन् । राजनीति प्रभाव, दबाब, पैसाको चलखेल तथा मापदण्डविपरीत स्वास्थ्य क्षेत्रलाई तहस नहस हुनबाट रोक्न भन्दै केसी विगत नौँ दिनदेखि आमरण अनसनरत छन् । स्वास्थ्यक्षेत्र आफैँमा एक संवेदनशील सेवामुलक क्षेत्र हो । जनताको जीवनसँग प्रत्यक्ष जोडिएको स्वस्थ्य क्षेत्रलाई राजनीतिक हस्तक्षेप तथा भागबण्डाबाट जोगाउने अभियानमा आफू रहेको केसीको धारणा छ । केसीका पक्षमा दर्जनौँको संख्यामा मेडिकल क्षेत्रमा आबद्ध मानिसहरु दिनहुँजस्तो धर्ना, विरोध तथा प्रदर्शनमा छन् । तर सरकार भने केसीको अनसनलाई बेवास्ता गरिहेको मात्रै छैन प्रधानमन्त्री कोइराला तथा एमाले नेताहरु केसी मरेपनि केही फरक नपर्ने बताइरहेका छन् । केसीको आमरण अनसन आवश्यक मापदण्डमा आधारित भएर मेडिकल कलेज खोल्नुपर्ने, स्वस्थ्यसम्बन्धी छुट्टै विश्वविद्यालय खोल्नुपर्ने, नयाँ चिकित्सा शिक्षा नीति लागु नभएसम्म मेडिकल कलेजको सम्बन्धन रोक्नुपर्ने, स्वास्थ्य सेवालाई दुर्गम क्षेत्रसम्म विस्तार गर्नुपर्नेलगायतका माग राखेर २०६९ असार २१ गतेदेखि केसीले आमरण अनुसन सुरु गरेका थिए ।
प्रतिकृया लेख्नुहोस्: