Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

बिना कागजात भारतीय प्रहरी किन पुगे तातोपानी ?

[caption id=\"attachment_103055\" align=\"aligncenter\" width=\"562\"]\"indian-car-750\" भारतीय प्रहरीले प्रयाेग गरेको कार[/caption] भैरहवा, ६ मंसिर । कागजपत्र र नम्बर प्लेट नभएको एउटा भारतीय कार एक हप्तासम्म नेपाल घुमेर निर्वाध रूपमा भारत छिरेको छ । तीन जना सवार उक्त कार जनकपुरको जयनगर नाकाबाट छिरेर राजधानी काठमाडौं, पोखरा, मनकामना, तातोपानी, चितवन, रूपन्देही हँुदै आइतबार बिहान बेलहिया नाका पार गरेको हो । कारमा सवार तीनजना सव–इन्सपेक्टरको कमाण्डमा रहेको भारतीय प्रहरी भएको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ । तर उनीहरू कुन उद्देश्यले नेपाल आए ? तातोपानीसम्म पुगेर के गरे ? उनीहरूको नाम के थियो भन्नेबारे इप्रका बेलहियाका प्रहरी निरीक्षक रविन विष्टले अज्ञानता प्रकट गरे । नेपाली सुरक्षाकर्मी र भन्सार विभागको लापरबाहीका कारण कुनै पनि प्रमाण नबोकी जनकपुरको जयनगर भन्सार कार्यालयबाट नेपाल प्रवेश गरेको भारतीय कार राजधानी काठमाडाैं र नेपाल–चीन सीमानाका तातोपानी पुगेर भैरहवा भन्सार नाकाबाट स्वदेश फर्किएको हो । बिना कागजात र नेपाली भू–भाग उपयोग गर्न पाउने भन्सार कागजात बिनै उक्त कार नेपालका मुख्य शहरहरू घुमेर स्वेदश फर्किँदा पनि नेपाली सुरक्षा निकायले चेकजाँच नगर्नु शंकाको विषय बनेको छ । उक्त कार नेपाली सुरक्षा अधिकारीको मिलेमतोमा नेपाल आयो या उनीहरूको आँखा छलेर भन्ने प्रश्न महत्वपूर्ण बनेको छ । तर स्थानीय सुरक्षा अधिकारीको प्रतिक्रिया र हेलचेक्राई हेर्दा उक्त कार सुरक्षाकर्मीको मिलेमतोमा योजनाबद्ध रूपमा नेपाल आएको पाइन्छ । केही दिन अगाडि जयनगर भन्सारबाट नेपाल प्रवेश गरेको उक्त कार शनिबार नेपालका मुख्य शहर तथा नेपाल–चीन सीमा नाका तातोपानी पुगी भैरहवा भन्सार कार्यालय आएको हो । राती १० बजे भैरहवा आइपुगेको उनीहरू भन्सार बन्द भएका कारण शनिबार राति बेलहियामा बसेका थिए । कार आइतबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी र भैरहवा भन्सार कार्यालयको मिलेमतोमा सीमा पार गराइएको छ । [caption id=\"attachment_103056\" align=\"aligncenter\" width=\"750\"]\"rabin-bist-750\" इप्रका बेलहियाका प्रहरी निरीक्षक रविन विष्ट[/caption] इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक विष्टको आग्रहमा भैरहवा भन्सार कार्यालयले उक्त कारलाई सीमा पार जान अनुमति दिएको भैरहवा भन्सार कार्यालय बेलहियाका भन्सार अधिकृत गणेश अर्यालले बताए । उनले भने– हामीले बुझ्दा उक्त कारका चालकसहित तीन जना सवार गाडीको नेपाली भू–भाग प्रयोग गर्ने कुनै अनुमति थिएन, कारको कागजपत्र पनि केही थिएन, उनीहरूले हामी भारतको महाराष्ट्रको प्रहरी हौं भनेपछि मैले इप्रका बेलहियाका प्रहरी निरीक्षक रविन विष्टको आग्रहमा सीमापारी जान अनुमती दिएको हुँ । यता इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक विष्टले महाराष्ट्रका पुलिसको आइडी कार्ड देखाएर आफूहरू भुलबस नेपाल आएको बताएपछि उनीहरूलाई छाडेको बताए । उनले भने– म एक वर्ष भारतको विभिन्न ठाउँमा तालिम गरेको प्रहरी हुँ, सीमा क्षेत्रमा यस्ता घटना सामान्य हुन् । उनीहरू केही बुझ्न आएका थिए होला । भारतमा तालिम गर्ने क्रममा मेरा पनि थुप्रै साथीहरू थिए, साथीभाई र आफ्नो सम्बन्धका कारण पनि उनीहरूलाई छाडेको हुँ । विष्टको भनाईप्रति बेलहिया गाउँ समाजका पूर्व अध्यक्ष अर्जुन गिरीले भने असहमति जनाएका छन् । उनले नेपाल सरकारको बर्दी लगाई जनताले तिरेको करबाट तलब खाने एउटा सरकारी अधिकृतले आफूले व्यक्तिगत सम्बन्धका कारण कुनै प्रमाण विना नेपालमा आएको भारतीय जासुसीहरूको समूहलाई छाड्नु नेपाली सुरक्षा निकाय र नेपाल सरकारको बिरुद्ध भएको बताए । गिरीका अनुससार शनिबार राती भन्सार पार गर्न लागेको उक्त कारलाई उनकै आग्रहमा प्रहरीले रोकेको थियो । उनले राजस्व गस्ती एवं भन्सार गुल्म भैरहवाका प्रमुख डिएसपी सहितको टोलीलाई खबर गर्दा सुरक्षा निकाय गंभीर नहुनु लाजमर्दो भएको बताए । उनले भने– कारमा विस्फोटक पदार्थ, हातहतियार, लागूऔषध अथवा अरू केही थियो की भनेर पनि भन्सारका कर्मचारी, सीक्षा सुरक्षा बल, राजस्व गुल्म र इप्रकाले चेकजाँच पनि गरेनन् । यो के कानून संगत छ ?, उनले प्रश्न गरे । गिरीले कारमा सबार ती व्यक्तिहरूलाई आफूले सोधखोज गर्दा उनीहरूले नेपालका अधिकांश शहर घुमी तातोपानीसम्म पुगेर फर्किएको र आफूहरूसँग कुनै कागजपत्र नभएको बताएका थिए । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले भारतीय मात्र नभई कुनै पनि सवारी साधनले नम्बर प्लेट विना हिंडडुल गर्न नपाउने बताए । उनले यसबारे आफूलाई जानकारी नभएको जनाउँदै यस विषयमा विष्टसँग आफूले बुझ्ने बताए । रूपन्देही प्रहरी प्रबक्ता एवं प्रहरी ननयव उपरीक्षक बेल बहादुर पाण्डेले घटनाबारे आफूलाई कुनै जानकारी नभएको भन्दै यसबारे थप बुझ्ने बताए । घटना गम्भीर प्रकृतिको भएको भन्दै उनले कागजपत्र र अनुमती बिना भारतीय गाडी नेपालमा आउन प्रतिबन्ध रहेको जनाए । बेलहियाका स्थानीयहरुले प्रहरी, भन्सार कार्यालय, सशस्त्र प्रहरी राजस्व डण्डा भैरहवा र सिमा सुरक्षा कार्यालयको लाहपरबाही तथा मिलेमतोका कारण उक्त कार भारत गएको भन्दै विरोध जनाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending