Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

पारदर्शिता अपनाए मात्र लोकतन्त्र बलियो हुन्छ : प्रचण्ड

\"prachanda-priminister-750\"काठमाडौँ, ६ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रभावकारी कार्यान्वयन भएमात्र सुशासन, विकास र समग्र लोकतन्त्र सुदृढ हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रिय सूचना आयोगले बुझाएको १० बुँदे सुझाव ग्रहण गर्दै उनले पारदर्शिता अपनाउन सकेमात्र सुशासन र लोकतन्त्र बलियो हुने बताए । प्रधानमन्त्री प्रचण्डले भने, “राजा÷महाराजाको पालामा जति सूचना लुकायो, त्यति बलियो हुन्छौँ भन्ने बुझाइ थियो, अहिले त्यसको ठीक विपरीत ढङ्गले जति पारदर्शिता हुन सक्यो, त्यति सुशासन हुन्छ भन्ने बुझाइ छ ।” मुलुक ठूलो राजनीतिक परिवर्तनको प्रक्रियाबाट अघि बढेको उल्लेख गर्दै उनले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका बारेमा आयोगले चिन्ता र चासो लिएकोप्रति खुसी लागेको बताए । प्रधानमन्त्री प्रचण्डले कानुन र संविधानले सूचनाको हकको व्यवस्था गरेको र त्यहीअनुसार आयोगले काम गरिहेको छ भन्ने आफूले विश्वास लिएको बताए । मुख्यसचिव डा सोमलाल सुवेदीले आयोगले मन्त्रालयहरुको मूल्याङ्कन गरिरहेको बारेमा आफूलाई जानकारी नभएको भन्दै आगामी दिनमा मन्त्रालयले मूल्याङ्कनमा सुधार गर्नुपर्ने बताए । मन्त्रालयहरुले आफ्ना काम कारबाही पारदर्शी तरिकाले गरेको र सूचना बाकस राख्ने, सूचना अधिकारी तोक्नेजस्ता काम भएको उनले जानकारी दिए । आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले आयोगले सूचनाको हक कार्यान्वयन भए वा नभएको विषयमा ३१ वटा मन्त्रालयका पूर्व सचिवहरुले मूल्याङ्कन गर्नुभएको र त्यसमा सबै मन्त्रालयले सूचना अधिकारी तोक्ने काम भएको बताए । सूचनाको हकको कार्यानवयनबाट भष्टाचार नियन्त्रण र विधिको शासन स्थापित गर्न सहयोग पुग्ने उनको भनाइ छ । उनले आयोगले तीन÷तीन महिनामा मन्त्रालयको कार्य सार्वजनिक गर्नुपर्ने, सार्वजनिक सुनुवाइ गर्ने, जनताको सूचनाको हकको सुनुवाइलगायतका विषयमा भने मन्त्रालयको प्रयास कमजोर देखिएको उल्लेख गरे । सो अवसरमा प्रधानमन्त्रीले सूचनाको हक कार्यान्वयनको परीक्षण प्रतिवेदन–२०७३ को सार्वजनिक गरेका थिए भने प्रधानमन्त्रीलाई आयोगका प्रमुख सूचना आयुक्त बाँस्कोटाले १० बुँदे सुझावपत्र प्रदान गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending