Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

सांसदहरु भन्छन्–पुनःनिर्माणको काम प्रभावकारी भएन

\"vukampa_House\"काठमाडौं, ५ मङ्सिर । व्यवस्थापिका– संसद्को आजको बैठकको शून्य समयमा सांसदले ‘गोरखा भूकम्प’ गएको लामो समय भए पनि वास्तविक भूकम्पपीडितले हालसम्म राहत नपाएको तर नक्कली भूकम्पपीडितले पाएको र कर्मचारी गाउँ नजाँदा पीडितले राहत पाउन मुस्किल भएको गुनासो गरेका छन् । तत्काल पीडित बस्तीमा कर्मचारी पठाएर पुनःलगत सङ्कलन गर्न उहाँहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो । पहिलो किस्ता बापतको रकम समेत पीडितले नपाएको भन्दै उहाँहरुले पुनःनिर्माणको काम कारबाही प्रभावकारी हुन नसकेको दुखेसो पोखे । यस्तै भारत सरकारले भारु पाँच सय र एक हजारमा प्रतिबन्ध लगाएपछि त्यसले नेपाली बजारमा समेत प्रभाव पारेकाले तत्काल समस्या समाधान गनुपर्नेमा उहाँहरुले जोड दिए । उनीहरुले चिनियाँ लगानीमा कोटेश्वर–कलङ्की सडक खण्ड निर्माणमा भइरहेको ढिलाइका कारण स्थानीयवासी प्रभावित भएको र धुलोका कारण सहज रुपमा जीवनयापन गर्न समेत कठिनाइ भएको बताउँदै विभागीय मन्त्रीलाई स्थलगत अवलोकनमा जान आग्रह गरे । यसरी धारणा राख्नेमा श्यामकुमार श्रेष्ठ (रामेछाप), सुशीला नेपाल, सकलदेव सुतिहार, सीता नेपाली, सुरेन्द्रराज आचार्य, ज्ञानकुमारी छन्त्याल लगायत थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending