Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

दुई राप्रपा एकता घोषणा कार्यक्रममा अन्य दललाई नबोलाइने

\"raprapa-unity-agreement-2\" काठमाडौं, ५ मंसिर । दुई राप्रपाबीच सोमवार हुने पार्टी एकता घोषणा कार्यक्रममा अन्य राजनीतिक दलहरुलाई नबोलाइने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच सोमवार राजधानीमा भब्य समारोहकाबीच पार्टी एकता घोषणा गरिँदैछ । राजधानीको कमलदीस्थित प्रज्ञा भवनमा हुने पार्टी एकता घोषणा कार्यक्रममा अन्य दललाई भने निम्तो नगरिने राप्रपा नेपालका नेता दिलनाथ गिरीले खबरडबलीलाई जानकारी दिए । एकता घोषणा कार्यक्रममा दुबै पार्टीका केन्द्रीय समिति सदस्यहरुको उपस्थिति रहनुका साथै काठमाडौं उपत्यकाबाट मात्र कार्यकर्ताहरुको उपस्थिति रहने बताइएको छ । पार्टी एकता घोषणा कार्यक्रममा डिजिटल प्रविधिको पनि प्रयोग गरिने भएको छ । डिजिटल डिस्प्ले एनिमेशनको प्राविधिक काम पनि पूरा भएको एकता संयोजक समितिले जनाएको छ । पार्टी एकतापछि राप्रपा अध्यक्ष पशुपतिशमसेर राणा पार्टी समिति अध्यक्ष तथा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पार्टीको राष्ट्रिय अध्यक्ष बनाउने सहमति भएको छ । पार्टी एकता घोषणा गर्नु एक दिनअघि दुबै पार्टी आन्तरिक छलफलमा जुटेका छन् । आइतबार राप्रपा नेपालकाे केन्द्रीय समितिको बैठक बसेको राप्रपा नेपालका नेता गिरीले जानकारी दिए । पार्टीका अध्यक्ष कमल थापाको निवास विशालनगरमा बसेको बैठकले संविधान संशोधनका क्रममा दुवै पार्टीका साझा विषयलाई कायम गराउन नेतृत्वदायी भूमिका खेल्ने निर्णय गरिएको छ । बैठकमा सोमबार हुन लागेको दुई पार्टीको एकीकरण तथा घोषणासभाको तयारीबारे पनि छलफल भएको छ । दुवैै पार्टीबीच संवैधानिक राजतन्त्र र सङ्घीयताका विषयमा महाधिवेशनले टुङ्गो लगाउने तथा नेपाललाई ‘हिन्दू राष्ट्र’ कायम गराउन भूमिका खेल्ने समझदारी भएको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending