Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

सोलुखुम्बुमा श्रवण र उपेन्द्रका कविता

ए कवि तिर्थ संगम ! एक कवि सेलिङ केसी ! एक कवित दीपक भेटवाल ! भानु जयन्तीमा— ढाका टोपी लगाएको सुहाएन तिमाीहरुलाई देशको मायाले लछप्पै भिजेर कविता सुनाएको सुहाएन तिमीहरुलाई \"shrawan_upendra\"नुम्बुर हिमाल र केरोलुङ हिमालले फालिरहेको चिसो सिरेटोको सामना गर्दै कवि श्रवण मुकारुङ सोलुखुम्बु, सल्लेरीमा शनिबार गर्मि देश ‘कतारका कविहरुलाई प्रश्न’ शिर्षकमा कविता सुनाइरहेका थिए । साहित्यिक गतिविधिको हिसाबले पछि परेको हिमाली जिल्लामा ‘गाउँ र आमा’ शिर्षकको कविताबाट कविता वाचनको ढाका खोलेका श्रवणले अनुभूति सुनाउने क्रममा भने— ‘नेपाली साहित्यको इतिहासमा कविता वाचको र श्रवणको अभ्यास निकै छोटो मात्रै छ । ६२÷६३ को जनआन्दोलनपछि कवितालाई पनि आम जनमासमा लान सकिन्छ कि भन्ने कविहरुको अभ्यास हो, अहिलेको अवस्था ।’ ‘चोमोलुङमा फेदीमा कवि श्रवण मुकारुङ र उपेन्द्र’ शिर्षकमा आयोजित कार्यक्रममा मुकारुङले ‘भानुभक्त’, ‘एक भूतपूर्व गोर्खालाई सम्झेर’, ‘अजरुद्दीन सिकायत’, ‘बीसे नगर्चीको बयान’ कविता र ‘तिम्रो मिसकल’ शिर्षकको गीत सुनाएका थिए । किर्ति रहोस् भनी बनाइएका पाटी—पौवा मृत आफन्तका नाममा बनाइएका ठूलठूला फलैंचा/चौतारा रोपिएका अजङ्गका बर—पिपल ती सब अहमका निशानी मात्र हुन् ‘किर्ति’ शिर्षकको कविताका माथिका हरफहरुसहित श्रवणअघि मन्चमा कवि उपेन्द्र सुब्बा उत्रिएका थिए । ‘म जीवनमा उसै कवि भएर आको मान्छे, मैले त्यस्तो साह्रै ठूलो दुःख गरीन कवि हुनलाई । पछि एक समय मैले यो बुझेर एक दशक कविता लेखिन ।’ कविता सुनाउनुअघि उपेन्द्रले आफ्नो अनुभव बाँडे । त्यसपछि उनले ‘ना ४ ख ४३ ८५’, जडय्यहाँको तर्क’, ‘सायद’, ‘किष्नेले विहे गरेछ’, ‘ख्यालीमा हारेको ध्रुब’ र ‘साल्दीज्यू ! एक ट्वाक चढाउँ कि’ लगायतका कविता सुनाएपछि मन्चबाट विदा भएका थिए । तर, स्रोताले फेरी कविता सुनाउन आग्रह गरेपछि उपेन्द्रले ‘प्रेम’, ‘ढुङ्गाको मन’, ‘विश्वास’, ‘मेरो हजुरनीको याद’ र ‘भेडेटारमा पिक्निक’ शिर्षकका कविता सुनाए भने श्रवणले ‘मृत्युबारे’ सुनाएका थिए । कविता वाचनपछि श्रवण मुकारुङले आफ्नो अनुभव सुनाउँदै ‘पर्यटकीय स्थल र ऐतिहासिक जिल्लामा कविता पाठ गर्न पाउँदा ‘रिफ्रेस’ भएको महसुस भयो । मलाई झन आत्मविश्वास जागेको छ र नयाँ कविताहरु लेख्ने प्रेरणा प्राप्त गरेको छु ।’ त्यसैगरी उपेन्द्य्र सुब्बाले सुनाए, ‘सोलुखुम्बुमा नयाँ पाठक र स्रोताहरुसँग घुलमिल हुन पाइयो । पहिले अन्य कविहरुले कविता नसुनाएको स्थान रहेछ यो । यस्तो गाउँमा स्रोता पाउनु निकै राम्रो कुरा हो । र, कविताहरुले यहाँका पाठक, स्रोतासँग संवाद गरे होलान् भन्ने विश्वास लिएको छु ।’ कार्यक्रमका प्रमुख अतिथि तथा सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी पंकज भूर्तेलले साहित्यले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । कार्यक्रमको आयोजना गाउँले इन्टरटेन्मेन्ट प्रालीले गरेको थियो । आगामी दिनमा समेत विभिन्न साहित्यकारहरुलाई सोलुखुम्बु लगेर साहित्यक कार्यक्रमको आयोजना गर्ने आयोजक संस्थाका कार्यकारी प्रमुख बलबहादुर राईले जानकारी दिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको हलबाट काविद्वयले निकै हुटीङसमेत प्राप्त गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending