Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

बीउ पुँजी उपलब्ध गराउँदा पनि औषधि पसल सञ्चालन हुन सकेन्

काठमाडौँ, ४ मङ्सिर । औषधिको गुणस्तरीयता कायम राख्न तथा बिरामीलाई ठगिनबाट जोगाउन सरकारले हरेक सरकारी स्वास्थ्य संस्थालाई आफ्नै औषधि पसल खोल्न निर्देशन दिँदै बीउ पुँजी समेत पठाइसकेको छ । तर औषधि पसल सञ्चालन भने अझै हुन सकेको छैन । अस्पतालभित्र वा स्वास्थ्य संस्था वरपरी खोलेका निजी औषधि पसलबाट बिरामी त ठगिएका छन् नै, त्यसमा पनि सरकारले निःशुल्क रुपमा उपलब्ध गराएका औषधि पनि किन्न बाध्य हुन्छन् । आफै औषधि पसल खोल्दा घाटा हुने र व्यवस्थित समेत गर्न नसकिने हुँदा सरकारी अस्पतालले आफैं औषधि पसल खोल्न आलटाल गर्दै आइरहेका छन् । तर, आफ्नै औषधि पसल राख्दा बिरामीलाई सुपथ मूल्यमा गुणस्तरीय औषधि वितरण गरेर पनि राम्रो मुनाफा गर्न सकिन्छ भन्ने उदाहरण बाँसबारीस्थित गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रले दिएको छ । केन्द्रका कार्यकारी निर्देशक डा ज्योतेन्द्र शर्माले केन्द्र सुरु भएदेखि नै सञ्चालनमा आएको औषधि पसलबाट वार्षिक रु आठ करोड भन्दा बढी रकम खुद नाफा गर्ने गरेको जानकारी दिए । केन्द्रले यसबाट नाफामात्र गर्दैन, आफ्नो कूल खर्चको ६० प्रतिशत खर्च पनि त्यसैबाट गर्ने गर्दछ । गत आवमा औषधि पसलबाट रु ३८ करोड ८० लाख आम्दानी भएको र त्यसमध्ये रु आठ करोड भन्दा बढी खुद नाफा भएको बताउँदै उहाँले भन्नुभयो, “हामीलाई औषधि पसलबाट सुरुदेखि नै घाटा भएको छैन, अस्पतालले आफैं सञ्चालन गरेको औषधि पसल, प्रयोगशाला र एक्सरेबाट आम्दानी गर्ने गरेका छन् ।” कार्यकारी निर्देशक डा शर्माले केन्द्रले बेच्ने औषधिमा बढीमा १६ प्रतिशत मात्र नाफा राख्ने गरेको र जसकारण बिरामीले सुलभ दरमा औषधि पाउने गरेको बताउँदै आफ्नै औषधि पसल सञ्चालन गर्दा नाफा हुँदैन, घाटामा गइन्छ भन्नु गलत भएको धारणा राखे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending