Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

उपचार नपाएर मृत्यु कुर्दैछिन् सात वर्षीया बालिका

\"kuposan\"जाजरकोट, ४ मंसिर । जाजरकोट जस्ता विकट क्षेत्रका जनताहरु सामान्य राेगका कारण सिटामोलसमेत नपाएर मृत्युवरण गर्नुपरेको छ भने कतिले उपचार नपाएर बर्षैदेखि छट्पटाइरहेका छन् । दुरदराजका जनताहरु अहिले पनि समयमै सिटामोलसमेत खान नपाएर अकालमै मृत्यु बाटो रोजिरहँदा सरकार सधैं मौन बसिरहेको छ । सरकारले भने करोडपति कांग्रेस नेतृ सुजाता काेइरालालार्इ ५० लाख उपचारका नाममा सहयोग गर्ने घोषणा गरेर जग हँसाइरहेको छ ।  जनताले चुनेर पठाएका नेताहरु बरु एक् नेतृलाई क्यान्सरको आशंकामा लाखौं रकम दिन तयार हुन्छ तर गरिबीले पिल्सिएका ती जनता साधारण अस्पतालमा गएर उपचार गर्न पनि सकिरहेका छैनन् । गरिबीले पिल्सिएपछि ७ बर्षदेखि आफनो छोरीको उपचार गर्न सकिरहेका छैनन् । न लगाउँने कपडा छ, न त भुईमा सुताउने गतिलो कपडा नै । सात वर्ष सम्म बोल्ने आवाज पनि आउँदैन् अनि हिड्नलाई खुट्टाले साथ नै दिदैन्न । आमा, बुबाले उठाएर जुन ठाउँमा राखे त्यही ठाउँमा दिसा, पिसाब गर्छ । जन्मेको तीन महिनापछि आँखा नै देख्न छाडेकी भेरीमालिका नगरपालिका १ मैदेकी सात वर्षीय कमला नेपालीको व्यथा हो यो । कमला जन्मेको तीन महिनामा खाईलाग्दो शरीर भएपनि त्यसपछिका दिनमा आँखा नदेख्ने अवस्थामा पुगेको उनका बुबा टेकवहादुर नेपालीले बताए । जब छोरीको उमेर बढ्दै गयो तब उनी बाँमे सर्न लागिन् भनेको त टाउको घुमाउने मात्र गर्न थालिन् । आमाको काखमा समातेर राख्नुपर्ने अवस्था आयो । \"kamala-family-750\"जति, जति उमेर बढ्दै गयो त्यति छोरीका अवस्थामा कुनै सुधार भएन् । अहिले सात वर्षकी भइन्, हामीले समातेर जुन ठाउँमा राख्यो त्यही ठाउँमा नै ढलेर बस्छिन् । उठ्न सक्ने क्षमता नै छैन बुबा टेकवहादुरले खबरडबलीसँग दुखेसो पोखे । दुई वर्षको छँदा छोरीलाई जिल्ला अस्पतालमा लिएका थियौ, डाक्टरले यहाँ उपचार हुँदैन अन्तै लगेर उपचार गर्नु भनेपछि गरिबीले पिल्सिएको उनको आफनो सन्तानको उपचार गर्न सकेनन् । उपचार गर्ने खर्च अभावले छोरीलाई घरमा ल्याएदेखी अहिले सम्म कुनै ठाउँमा पनि देखाएको छैन् टेकवहादुरले भने । उनको परिवारलाइ बिहान बेलुकीको दुई छाक खान पनि धौ धौ छ । आफ्नो जमिनमा उत्पादन गरेको अन्नपातले एक महिना पनि खाना पुग्दैन, कसरी पैसा जुटाएर उपचारमा लिऔ टेकवहादुरको दुखेसो छ । बाँचुन्जेलसम्म पाल्नु प¥यो अरु त के गर्न सकिन्छ र उनको पिरलो छ । अहिले कमलाको पेट मात्र लागेको छ हात, खुट्टा सुकेको अवस्थामा छन् । कमलालाई हेर्दा गहिरो कुपोशनको सिकार भएको अनुमान लगाउन सकिन्छ । उनलाई अहिले पनि टाउँको घुमाउने समस्या देखिन्छ । यत्ता कुपोषनको क्षेत्रमा काम गर्ने जिल्ला स्वास्थ्य कार्यालयका सुसिला शाहीसंग सम्पर्क गर्दा अवस्था हेरेर उपचार गर्न सकिने वताउँछिन । गहिरो कुपोषन भएमा कारण अन्य रोगको संक्रमण पनि बढेको हुन सक्ने शाहीले बताइन् । अन्य ठाउँमा लगेर राम्रो उपचार निको हुने उनको भनाई छ । कमलाको परिवार आर्थिक अबस्था हेर्दा सधै वर्ष भरी अकैको काम गरेर दैनिक गुजारा चलाउने गरेका छन् । दशैं र तिहारमा खाएको मासुको पैसा तिर्न समेत नसकेको यो परिवारले मोटो रकम जुटाएर कमलाको उपचार गर्न सम्झव नरहेको उनको छिमेकी बताउँछन् । आफैले किनेर कमै मात्रामा कपडा लगाउने उनको परिवार प्राय अरुले लगाएर दिएको कपडाले जाडो र गर्मीयाम बिताउने गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending