Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

केबुलकार निर्माणमा वन अतिक्रमणको आरोप

दोलखा, ३ मङ्सिर । कालिन्चोकमा केबुलकार निर्माणमा संरक्षित वन अतिक्रमण भएको भन्दै जिल्ला वन कार्यालय, दोलखाले पत्र काटेको छ । दोलखाको प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल कालिन्चोकमा केबुलकार निर्माणको काम सुरु हुनैलाग्दा स्थानीयवासी र गु्ठीलाई कुनै जानकारी नदिएको भन्दै स्थानीयवासीले पनि विरोध गर्न थालेपछि केबुलकार निर्माणमा कठीनाइ उत्पन्न भएको छ । जिल्ला वन कार्यालय, दोलखाका जिल्ला वन अधिकृत विष्णुप्रसाद भण्डारीले स्थानीयवासीले केबुलकार निर्माणमा वन अतिक्रमण भएको निवेदन गरेपछि आफूले वन अतिक्रमण नगर्न र वन अतिक्रमण गर्नेलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय दोलखालाई पत्र लेखेको बताए । कालिन्चोकको कुरीबजारदेखि केबुलकार स्टेसनसम्म पुग्ने सडक निर्माणका लागि डोजरले काम सुरु गरेलगत्तै स्थानीय तहमा विवाद सुरु भएको हो । कालिन्चोक दर्शन प्रालिले केही दिनयता डोजर लगाएर सडक निर्माणको काम गरिरहेका बेला स्थानीयवासीले पाउने सेयर लगायतका सेवासुविधा प्रस्ट भएर मात्रै काम अघि बढाउनुपर्ने माग अघि सारेका छन् । स्थानीयवासीको विरोधलगत्तै प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको गुठी समितिले पनि आयोजनाको विस्तृत विवरण र जानकारीसमेत नदिई काम अघि बढाएकोमा असन्तुष्टि जनाउँदै कालिन्चोक दर्शन प्रालिलाई सम्पूर्ण विवरण माग गरेको छ । गुठी समितिको बिहीबार बसेको बैठकमा कालिन्चोकमा केबुलकार निर्माणको सन्दर्भमा आवश्यक सबै कागजात मगाउने विषयमा छलफल भएको थियो । सोही अनुसार गुठी समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले कालिन्चोक केबुलकार निर्माणका लागि गरिएको विस्तृत सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, स्थानीयवासीलाई सेयर लगायतका सेवासुविधासम्बन्धी व्यवस्थालगायत कागजात माग गरिएको बताए । स्थानीयवासीको विरोध र गुठी समितिले विवरण माग गरेसँगै केबुलकार निर्माणका लागि सुरु गरिएको सडक निर्माण कार्य केही दिनदेखि रोकिएको छ । यद्यपि, कालिन्चोक दर्शन प्रालिका प्रबन्ध निर्देशक बालकृष्ण सिवाकोटीले केबुलकार निर्माणमा कुनै अवरोध नभएको दाबी गरे । उनले सरकार, स्थानीय निकाय र गुठी संस्थानसँग अनुमति लिइसकेको भन्दै कहाँ–कहाँ कस्तो समिति छ, आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । दोलखाको धार्मिक एवम् पर्यटकीयस्थल कालिन्चोकमा आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी केबुलकार निर्माणको काम सुरु गर्न लागिएको हो । त्यसका लागि सडक मर्मतसम्हार र नयाँ ट्र्याक खोल्ने काम केही दिनअघि मात्रै सुरु भएको थियो । २६ करोड रुपैयाँको लागतमा निर्माण हुने केबुलकारमा १२ जना मानिस अट्न सक्ने क्षमताको दुई डिब्बा हुनेछन् । दैनिक आठ घन्टा केबुलकार सञ्चालन हुँदा एक हजार आठ सयजनाले सेवा पाउने बताइएको छ । केबुलकारमा चाहिने पाटपुर्जा स्विट्जरल्यान्डमा निर्माण भइसकेको बताइएको छ । सदरमुकाम चरिकोटबाट १७ किलोमिटरको कच्ची सडक यात्रापछि कुरीबजार पुग्न सकिन्छ । कालिन्चोकको बेसक्याम्प कुरीबजारबाट ३,८४२ मिटर उचाइमा रहेको भगवतीको मन्दिरमा पुग्न एक घन्टा ठाडो उकालो चढ्नु पर्दछ । तर केबुलकार निर्माण भएमा कुरीबजारबाट पाँच मिनेटमै मन्दिर रहेको थुम्कोमा पुग्न सकिनेछ । कालिन्चोक दर्शन प्रालिले केबुलकारसँगै कुरीबजारमा सुविधासम्पन्न रिसोर्ट खोल्ने तयारीसमेत गरेको छ । केबुलकार र रिसोर्ट दुवै निर्माण गर्दा लागत ५० करोड रुपैयाँ पुग्ने अनुमान छ । कालिन्चोक दोलखाको प्रमुख धार्मिक एवम् पर्यटकीय गन्तव्य हो । जाडो मौसममा पटक–पटक हिमपात हुने कालिन्चोकमा धार्मिक र प्रकृतिप्रेमी पर्यटक बढी आउने गरेका छन् । पछिल्ला वर्षमा सो क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । केबुलकार निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ । केही दोलखाका स्थानीयवासीले भने केबुलकारको अवधारणालाई पर्यटक दोलखामा बस्न नदिने र मनमोहक दृश्य बिगार्ने नियत भएको बताउँदै आएका छन् । दोलखाका नेपाली काँग्रेस सभापति रुद्र खड्का, प्रबन्ध निर्देशक एमालेका बालकृष्णलगायतका केही पहुँचवालाले व्यवसायको नाममा कालिन्चोकको सुन्दरतालाई मेटाउन खोजेको आरोपसमेत स्थानीयले लगाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending