Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

अागामी दसैँअघि मेलम्चीकोे पानी अाउने

\"melamchi-750\"काठमाडौँ, ३ मङ्सिर । काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका लागि ल्याउन लागिएको मेलम्चीको पानी प्रशोधन केन्द्र निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको छ । व्यवस्थापिका–संसद्, विकास समितिले केन्द्र निर्माणस्थल सुन्दरीजलमा गरेको अनुगमनमा यस्तो तथ्याङ्क पाइएको हो । आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी वितरणका लागि उपत्यकामा बिछ्याइरहेको पाइप र पानीपोखरी निर्माणको पनि समितिले आजै स्थलगत अनुगमन ग¥यो । समितिका सभापति रवीन्द्र अधिकारी नेतृत्वको टोलीलाई प्रशोधन केन्द्र निर्माणको जानकारी दिँदै मेलम्ची खानेपानी आयोजनाका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले आठ करोड ५० लाख लि पानी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । “फागुनसम्ममा केन्द्र निर्माण सक्छौँ, अर्को आठ करोड ५० लाख लिटर पानी संशोधन केन्द्र निर्माण आगामी पुसदेखि सुरु गर्छौं, त्यसका लागि टेन्डर आह्वान भएको छ”, उनले भने । निर्देशनालयले मेलम्चीको पानी वितरणका लागि उपत्यकामा बिछ्याउनुपर्ने ६७० किमी पाइपलाइनमध्ये ४१९ किमीको काम सम्पन्न भएको आयोजना निर्देशक टिरेसप्रसाद खत्रीले बताए । “विसं २०७४ असोजअघि नै पाइपलाइन बिछ्याउने र उपत्यकामा नौ वटा पानीपोखरी निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । व्यस्त सडकमा पाइपलाइन बिछ्याउन समस्या भएको छ”, उनले भने । सिन्धुपाल्चोक, हेलम्बु गाविसस्थित मेलम्ची खोलाबाट २७ किमी सुरुङमार्ग हुँदै दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याउने सरकारको योजना छ । हालसम्म २१ दशमलव १९४ किमी सुरुङ निर्माण भइसकेको र ६ दशमलव ३९ किमी निर्माण बाँकी रहेको आयोजनाले जनाएको छ । विसं २०७४ को बडादसैँअघि नै मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खसाल्ने आयोजनाको लक्ष्य छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending