Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

डम्पिङ साइड नहुँदा बजार दुर्गन्धित

बैतडी, २ मङ्सिर । डम्पिङ साइड नहुँदा सदरमुकामको बजार, पाटन बजार र राजमार्ग दुर्गन्धित भएको छ । बढ्दो बजारीकरणसँगै नगरपालिकाले फोहर व्यवस्थापन गर्न डम्पिङ साइडका लागि उचित ठाउँ नपाउँदा लामो समयदेखि बजार क्षेत्र दुर्गन्धित बन्दै गएको हो । जिल्लामा रहेका पाटन नगरपालिका र दशरथचन्द नगरपालिकामा फोहर फाल्ने ठाउँको अभाव रहेकाले फोहर व्यवस्थापनमा चुनौती देखिएको छ । विसं २०५४ मा स्थापना भएको दशरथचन्द नगरपालिकामा स्थापनाकालदेखि फोहर व्यवस्थापनका लागि डम्पिङ साइडको खोजी गरिए पनि अहिलेसम्म फेला पार्न नसकेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले बताए । नगरपालिकाले विभिन्न क्षेत्रमा वातावरणीय प्रभाव अध्ययन गरेर तीन ठाउँ छनौट गरेपनि जमिन नपाउँदा डम्पिङ साइड निर्माण गर्न नसकेको उनले बताए । “ नगरपालिकाले केही वर्षयतादेखि डम्पिङ साइड निर्माणको कुरालाई प्रमुखताका साथ उठाए पनि डम्पिङ साइडका लागि जमिन नहुँदा निर्माण कार्य अगाडि बढाउन नसकिएको हो ।” उनले भने । दशरथचन्द नगरपालिकाको वडा नं ६ आमपीपल, वडा नं ७ जलपौडा र वडा नं ८ रानीबुंगामा वातावरणीय हिसाबले डम्पिङ साइड निर्माण गर्न सकिने भए पनि जग्गा बिक्री गर्ने मानिस नआउँदा समस्या भएको छ । उता पाटन नगरपालिकाले पनि अहिले घाङ्ल खोलामा अस्थायी रुपमा नगरपालिकाभित्रको फोहर व्यवस्थापन गरिरहेको कार्यकारी अधिकृत दशरथराम ओडले जानकारी दिए । स्वास्थ्यमा गम्भीर असर पार्ने बजारमा थुप्रेका फोहरको सही व्यवस्थापन नहुँदा विभिन्नखालका रोग लाग्न सक्ने स्वास्थ्यकर्मीले चेतावनी दिएका छन् । फोहरको स्थायीरुपले व्यवस्थापन नहुँदा त्यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने जिल्ला अस्पतालका डा शशि कँडेलले बताए । सार्वजनिकस्थलमा राखिएको फोहरले मानव स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै अस्थायी रुपमा व्यवस्थापन गरिएको फोहर पनि पानीका स्रोतमा मिसिदा पानी समेत प्रदुषित हुने उनको गुनासो थियो । सडक छेउमा फोहर हुँदा नाक थुनेर हिँड्नुपर्ने अवस्था रहेको गोठलापानीका व्यापारी खिमानन्द भट्टले बताए । बजार क्षेत्रबाट निस्किएको फोहरलाई सबै एकै ठाउँमा राख्दा झन समस्या भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending