Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

फैलँदै डेङ्गु राेग

\"dengu-750\"लुम्बिनी, १ मङ्सिर । रूपन्देहीमा मङ्गलबारसम्ममा ३६ जना डेङ्गु रोगबाट सङ्क्रमित भएको पाइएको छ । जिल्लाका विभिन्न अस्पतालमा भएको परीक्षणमा यती धेरै सङ्क्रमित फेला परेको यो पहिलो पटक हो । सङ्क्रमितमध्ये सबैभन्दा बढी बुटवल उपमहानगरपालिकाका छन् । बुटवलभित्र मात्रै झन्डै २० जना बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । ती बिरामीको भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल, लुम्बिनी अञ्चल अस्पताल, बुटवल हस्पिटल प्रालि, मर्सिसिटी अस्पताल, आम्दा अस्पताललगायतका निजी अस्पतालमा उपचार भइरहेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको लक्षण थाहा पाएपछि अस्पताल पुगेका बिरामी सफल उपचारपछि घर फर्किएको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए । जिल्लामा पछिल्लो तीन वर्षयता सबैभन्दा बढी डेङ्गु रोगका सङ्क्रमित फेला परेका हुन् । निरीक्षक शाहका अनुसार रूपन्देहीमा २०७१ मा नौजना र २०७२ सालमा पाँचजना मात्रै डेङ्गु रोगी फेला परेका थिए । यो वर्ष भने यो सङ्ख्या अझै बढ्न सक्ने जानकारहरू बताउँछन् । डेङ्गुका बिरामी अप्रत्याशित तरिकाले बढेपछि कार्यालयले रोगबाट बच्ने उपाय र सोको लक्षणबारे जानकारी दिँदै आएको छ । कार्यालयले सम्बन्धित नगरपालिका तथा महिला स्वास्थ्य स्वयम्सेविकासँग समन्वय गर्दै घरदैलो अभियानलाई तीव्र पारेको छ । कार्यालयका अनुसार महिला स्वयम् सेविकामार्फत बुटवल उपमहानगरपालिका अन्तर्गतका वडा नम्बर १ देखि १५ सम्म घरदैलो कार्यक्रममा सो रोगका लक्षण बच्ने उपायको जानकारी दिइएको छ । रूपन्देहीमा डेङ्गू रोगका बिरामी अप्रत्याशित रुपमा बढेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालका जनरल फिजिसियन डा प्रवीन खत्रीले जानकारी दिए । उहाँका अनुसार अस्पतालमा दिनहुँ उपचारका लागि आइरहेका बिरामीमा एनएसवानएजी रियाक्टिभ देखिएको र ती बिरामी रोगको सुरुवाती अवस्थामा छन् भने कतिपय बिरामीमा आइजिएम पोजिटिभ देखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending