Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

पुरातत्वले फुकुवा गर्यो गोरखा दरबार क्षेत्रको बन्देज

गोरखा, २९ कात्तिक । पुरातत्व विभागले गोरखा सदरमुकामको तल्लो दरबार र माथिल्लो दरबार क्षेत्रमा लगाउँदै आएको बन्देज फुकुवा गरेको छ । दरबार क्षेत्रको २०० गज जग्गा क्षेत्र वरपर स्थानीयवासीलाई नक्सा पास गरी घर बनाउन र बनेका घर बैंकमा धितो राखेर ऋण झिक्न नपाइने बन्देज थियो । विसं २०७३ कात्तिक २२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित भई दरबार क्षेत्र वरपर नक्सा पास गरी घर बनाउन पाइने निर्णय भएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए । ‘खण्ड ३९ सङ्ख्या ६ मिति २०४६ जेठ ९ को नेपाल राजपत्र भाग ३ मा प्रकाशित गोरखा दरबार क्षेत्रको चारकिल्ला घोषित गरेकोसम्बन्धी सूचना खारेज गरिएको छ’, राजपत्रमा उल्लेख छ । ठूलो आँगन, पदेँलीलगायत क्षेत्रका स्थानीयवासीले विगत २७ वर्षदेखि मापदण्डमा टेकेर नयाँ घर बनाउन पाएका थिएनन् । दुःखजेलो गरी बनाएका घर पनि बैंकमा धितो राखी ऋण लिन नपाउँदा स्थानीयवासी हैरान थिए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचना प्रकाशित गरी दरबार क्षेत्रको बन्देज फुकुवा गरेको हो । प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा ३ को उपदफा ४ ले दिएको अधिकार प्रयोग गरी प्राचीन स्मारक गोरखा दरबारको सुरक्षा एवम् ऐतिहासिक, पुरातात्विक वातावरणको संरक्षणका लागि चार किल्लासमेत तोकिएको थियो । तल्लो दरबार (हाल सङ्ग्रहालय)को पूर्व दरबारमार्ग, पश्चिम टुँडीखेल जेलघरको अन्तिम सिमाना पदेँलीधारा, दक्षिण बसपार्क हुँदै कम्पाउन्ड पर्खाल र उत्तरतर्फ दरबारको कम्पाउन्ड पर्खाल रानीपोखरीको डिल हुँदै टुँडिखेलसम्म निर्धारण गरिएको थियो । यस्तै माथिल्लो दरबार (गोरखा दरबार, गोरखनाथ गुफा, कालिका मन्दिर) पूर्व पीपलथोक थाकलडाँडा हुँदै पन्थेस्वाँरा, पश्चिम तल्लोकोटको कम्पाउन्ड, दक्षिण फूलपाती लैजाने बाटो हुँदै रामशाह चौतारोको कम्पाउन्ड हुँदै वरम्जाकोट गाउँबाट हात्तीसार पधेँराबाट पुजारी गाउँमाथिबाट तल्लो ढाँड हुँदै रानीवनको सरस्वती थान थाकलडाँडा र उत्तरतर्फ तीनधारे चारधारे पीपलथोक जर्नेली धारा, पाटीकुटी रिप हुँदै तल्लोकोटको सिमाना पदेलथोकसम्म निर्धारण थियो । यी सिमानाभित्रको बन्देज खारेज गरिएको बताइएको छ । पुरातत्व विभागका महानिर्देशक दाहालका अनुसार बन्देज फुकुवा गरिएका क्षेत्रमा विभागले तोकेको मापदण्डअनुसार घर निर्माण गरे पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सकिनेछ । मौलिक प्रकारका घर बनाउन पुरातत्वले स्थानीयवासीलाई आग्रह गरेको छ । पुरातत्व विभागका उपसचिव दामोदर गौतमले विश्व सम्पदा सूचीमा सूचीकृतका लागि सम्भाव्य तोकिएका क्षेत्रमा गोरखा दरबार, तल्लो दरबार परेको भन्दै मौलिकता, वास्तुकला झल्कने घर निर्माण हुनुपर्नेमा जोड दिए । गोरखा नगरपालिकाका कार्यकारी अधिकृत जीवन आलेमगरले पुरातत्वबाट दरबार क्षेत्रको बन्देज फुकुवा गरेको निर्णय प्राप्त भएकाले स्थानीयवासीले नक्सा पास गरी मापदण्डमा टेकेर नयाँ घर बनाउन सक्ने बताए । बन्देज फुकुवा भएपछि विकासका पूर्वाधार खडा गर्न सहज हुने स्थानीयवासीले विश्वास गरेका छन् । दरबार क्षेत्र वरपरमा एक हजार ५०० घर नक्सापास बिनै बनेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending