लौ चिन्नुहोस् : उपचारका नाममा राज्यकोषको ढुकुटी रित्याउने यिनै हुन्
कार्तिक २९ गते, २०७३ सोमवार 14th November, 2016 Mon११:२३:२२ मा प्रकाशित
काठमाडौं, २९ कात्तिक । नेपाली कांग्रेसी नेतृ सुजाता कोईरालालाई सरकारले ५० लाख उपचार सहयोग भन्दै उपलब्ध गर्ने निर्णय गरेको छ ।
राजधानी विलासी घर र गाडीसमेत भएकी कोईरालाको रोग के हो भन्ने पत्ता समेत नलागेको र क्यान्सरको आशंका मात्रै गरिएको अवस्थामा सरकारले शनिबारको मन्त्रिपरिषदको बैठकबाट उपचार खर्चवापत सो रकम दिने निर्णय गरेको हो ।
नेताहरुको उपचारमा कडाई गर्ने बताएका स्वास्थ्यमन्त्री एंव कांग्रेसका युवा नेता गगन थापा समेत मौन बसेका छन् भने राज्य कोषको दुरुपयोग रोक्ने बताएका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्ड समेत निरिह बनेका छन् ।
स्रोतका अनुसार कोईरालालाई उपचार खर्चको प्रस्ताव मन्त्रीपरिषदमा लैजाने स्वास्थ्यमन्त्री गगन थापाले अस्विकार गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्री विमलेन्द्र निधीले प्रस्ताव लगेका थिए । प्रधानमन्त्री प्रचण्डले झण्डै १ हप्तासम्म जनतामा सन्देश राम्रो नजाने भन्दै रोकेपनि देउवाको दवावमा कोईरालालाई ५० लाख रकम दिन वाध्य भएको बताइएको छ ।
तर निधीको प्रस्तावमा कोईरालाई १ करोड दिईनुपर्ने थियो । प्रधानमन्त्री प्रचण्डले ५० लाख घटाएपछि नीधि प्रचण्डसँग रुष्ट छन् ।
यसअघि पनि विभिन्न राजनीतिक शक्तिको दवावमा राजनीतिक विशिष्टको नाममा यसरी नै राज्यकोषको ढुकुटी रित्याउँदै आइएको छ । यसअघिका दिवंगत नेता सुशिल कोईराला, एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानन्यायाधिश रामकुमारप्रसाद शाह, पूर्वराष्ट्रपति रामबरण यादव, कांग्रेस नेता चक्रप्रसाद वास्तोलासमेतले गरेर राज्यकोषबाट एकमुष्ट रुपमा ५करोड ९४ लाख रुपैयाँ लिइसकेका छन् । यो रकममा सुजाताको समेत थपिदाँ ६ करोड ४४ लाख रुपैयाँ हुन्छ ।
हेर्नुहोस्, ककसले कति लिए ?
पूर्वप्रधानमन्त्री स्व. सुशील कोइराला- १ करोड ६२ लाख
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: