Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

फेरि गरे वैद्यले नै एकताको प्रस्ताव

\"mohanकाठमााडौं, २८ कात्तिक । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले फेरि माओवादी एकताको प्रस्ताव अघि सारेको छ । तीन दिनअघि बसेको क्रान्तिकारी माओवादीको सचिवालय वैठकले माओवादी एकताको पहल गर्ने निर्णय गरेको हो । फुट र विभाजन माओवादी शक्ति कमजोर भएको भन्दै वैद्य माओवादीले एकताका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ । ‘विभिन्न घटकहरूमा छरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध तुल्याउन, नयाँ ढङ्गले क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माण गर्न र ध्रुवीकरणको प्रक्रियालाई गति दिनका लागि आवश्यक पहल गर्ने निर्णय लिइएको’ वैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । स्रोतका अनुसार वैद्यले विप्लव माओवादीसँग पनि एकताको लागि पहल गर्ने भएका छन् । माओवादी ध्रुविकरण आवश्यक भएको भन्दै एमाओवादी छाडेर कम्युनिष्ट न्युक्लियस बनाएका हेमन्त प्रकाश ओली सुदर्शन विप्लवसँगै एकतामा गएपछि एकताको पहल थालिएको स्रोतको दाबी छ । सरकारले जनतन्त्र र जनजीविकाका आधारभूत समस्याको समाधानसमेत गर्न नसकेको भन्दै वैद्य माओवादीे आन्दोलन चर्काउने पनि निर्णय गरेको छ । क्रान्तिकारी माओवादी कात्तिक २४ र २५ गते बसेको सचिवालय बैठकले राष्ट्रियता, जनतन्त्र र जनजीविका लगायतका विषयलाई लिएर मङ्सिर १० गते देशव्यापी रूपमा विरोध प्रदर्शन गर्ने निर्णय समेत गरेको छ । विप्लव माओवादीले पनि जनजीविकाको सवालमा आन्दोलन गर्दै आएकाले कार्यगत एकता गरी आन्दोलन चर्काउनेबारेमा पनि छलफल भइरहेको स्रोतको दाबी छ । पछिल्लो समय वैद्य माओवादीको सरकारको मोर्चा देशभक्त गणतान्त्रिक मोर्चाको अगुवाइमा विभिन्न ८ बाम घटकले कार्यगत एकता गर्दै आन्दोलन थालेका छन् । संविधान जारी हुनुअघि सर्वपक्षीय राजनीतिक सम्मेलनको माग अघि सारेको वैद्य माओवादीले अहिले संविधान खारेजीको माग अगाडि सारेको छ । आधारभूत समस्याको समाधान अहिलेको राज्य पुनःसंरचनासहितको संविधान संशोधनद्वारा नभइ वर्तमान संविधानको खारेजी र सङ्घीय जनगणतान्त्रिक संविधानको निर्माणबाट मात्रै हुने वैद्य माओवादीले आफ्नो नीति रहेको पनि प्रष्ट पारेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies