Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

आज अमेरिकामा राष्ट्रपति निर्वाचन, ट्रम्प र क्लिन्टनबीच कडा टक्कर

\"clinton-trump_3404147b\"काठमाडौं, २३ कात्तिक । ४५ औं अमेरिकी राष्ट्रपतिको निर्वाचन मंगलबार हुँदैछ । सन् १८४५ मा शुरु भएको प्रचलन अनुसार नेभेम्बर महिनाको पहिलो मंगलबार अमेरिकी राष्ट्रपतिको निर्वाचन हुने गर्दछ । ३३ राज्य सहित डिस्ट्रिक अफ कोलम्बियामा पहिले नै मतदान शुरु भएको र झण्डै चार करोडले मतदान गरिसकेको तथ्यांक सार्वजानिक भएका छन् । निर्वाचनकाे दिन मंगलबार आठ करोडले मतदान गर्ने अपेक्षा छ । दुई ठुला पार्टी अन्तरगत डोमोक्रायाटिक पार्टीको तर्फबाट पूर्व विदेशमन्त्री ६९ वर्षीया हिलारी रोदम क्लिन्टन र रिपब्लिकन पार्टीका उम्मेद्वार ‘रियलस्टेट बिलिनियर ’ ७० वर्षिया डोनाल्ड जोन ट्रम्पबीच राष्ट्रपतिका लागि निकै कडा प्रतिस्पर्धा हुने संकेत विभिन्न मत सर्वेक्षणले देखाएका छन् । थर्ड पार्टी अन्तरगत लिवर्टरियन पार्टीका तर्फबाट न्यु मेक्सिको राज्यका पूर्वरिपब्लिकन गर्भनरव गेरी जोन्सन एवं ग्रीन पार्टीका तर्फबाट डा. जिल स्टिन पनि ह्वाईट हाउस प्रतिस्पर्धामा छन् । अन्तिम घडीमा दुवै उम्मेदवारले आफ्ना एजेन्डासहित प्रचारप्रसारलाई तीव्रता दिए । यस पटकका उम्मेदवार क्लिन्टन र ट्रम्पबीच नीति एवं कार्यक्रममा ठूलै भिन्नता रहे पनि प्रचारमा व्यक्तिगत आरोप र प्रत्यारोपले ज्यादा स्थान पाएको छ । विभिन्न चुनावी सर्वेक्षणले दुवै प्रमुख उम्मेदवार अलोकप्रिय भएको संकेत गरेको छ । विदेशमन्त्रीको कार्यकालमा क्लिन्टनको इमेल प्रकरण र क्लिन्टन फाउन्डेसनको क्रियाकलाप र पारदर्शितामाथि रिपब्लिकनले निसाना साधेका छन् भने महिलामाथिको दुव्र्यवहारलगायत मुस्लिम, अल्पसंख्यकमाथिका विवादास्पद टिप्पणी र कर विवरण सार्वजनिक नगरेको गम्भीर आरोप ट्रम्पमाथि छ । आइतबार संघीय जाँच ब्युरो ९एफबीआई० ले क्लिन्टनका पछिल्ला इमेलबारे कुनै आरोप नलगाउने जानकारी अमेरिकी कंग्रेसलाई दिएको छ । यसले क्लिन्टनको अभियानमा सकारात्मक प्रभाव पार्ने विश्लेषकहरूको अनुमान छ । निर्वाचनको पूर्वसन्ध्यामा गत साताको शुक्रबार एफबीआईले क्लिन्टनको पछिल्ला इमेलबारे छानबिन गर्ने घोषणा गरेलगत्तै सर्वेक्षणमा अग्रता लिइरहेकी डेमोक्रेटिक उम्मेदवार र रिपब्लिकन प्रत्याशीबीच कडा टक्कर हुने संकेत देखिएको थियो । राष्ट्रपतिमा निर्वाचित हुनका लागि कुल ५ सय ३८ इलेक्ट्रोरल मतमध्ये बहुमत संख्या अर्थात् २ सय ७० मत आवश्यक पर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending