Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

सुरक्षाकर्मीको कडा मेहनतबाट भ्रमण सफल : मन्त्री खाँड

\"balkrishna-khand-750\"काठमाडौँ, २१ कात्तिक । रक्षामन्त्री बालकृष्ण खाँणले भारतका राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणसँगै संसारभर नेपाल सुरक्षित गन्तव्यस्थल रहेको सन्देश प्रवाह भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा आज आयोजित साक्षात्कारमा उनले भने – “नेपाल भ्रमणमा आउन चाहने पर्यटकका लागि नेपालमा शान्ति छ, सुरक्षाको राम्रो प्रबन्ध छ, असुरक्षा छैन भन्ने सन्देश संसारभर गएको छ ।” नेपाल सरकार जुनसुकैस्तरको भ्रमणको शान्ति सुरक्षाको प्रबन्ध गर्न सक्षम रहेको भ्रमणबाट पुष्टि भएको बताउँदै मन्त्री खाँणले भने – “भारतीय राष्ट्रपतिको उच्चस्तरको भ्रमण अत्यन्तै सौहार्दपूर्ण ढङ्गबाट सम्पन्न हुनु भनेको हाम्रा लागि ठूलो महत्वको विषय हो, यसले दुई देशबीचको सम्बन्ध विस्तारलाई उचाइमा पु¥याउन ठूलो योगदान दिएको छ ।” उनका अनुसार राष्ट्रपतिको सुरक्षाका लागि १६ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । उनले भ्रमण सफल तुल्याउन सुरक्षाकर्मीको गतिशीलता, क्षमता र कडा मेहनत रहेको बताउँदै राष्ट्रपति मुखर्जीको सवारी मार्गमा सर्वसाधारणलाई हिँडडुलमा परेको असुविधाप्रति क्षमा मागे । एक प्रश्नको जवाफमा रक्षमन्त्री खाँणले संविधानसभाबाट जारी भएको नेपालको संविधानलाई सहजताका साथ लिँदै नेपाली सेनाले सङ्घीयतालाई आत्मसात् गरेको बताउँदै भने, “पछिल्लो समय सेना र सुरक्षाफौजका भूमिका समेत बदलिएको छ, विपद् व्यवस्थापन र विकास निर्माणमा पनि सेनाको भूमिका महत्वपूर्ण साबित भएको छ, द्वन्द्वरत मुलुकमा शान्ति स्थापना कार्यमा नेपाली सेनाले देखाएको अनुशासन, व्यावसायिकता र भूमिकाको सर्वत्र प्रशंसा हुँदै आएको छ ।” नेपाली काँग्रेसका केन्द्रीय सदस्य खाँणले आफ्नो पार्टी उदारवादमा विश्वास गर्ने भएकाले सबैको भावना र चाहनालाई समेटेर अघि बढिरहेको छ बताए । उनले भने, “थप राजनीतिक सहमतिका साथ संविधान कार्यान्वयन गर्न आवश्यक परिमार्जन र संशोधनका लागि अघि बढाइएको हो । नेपालको संविधानको स्वरुपले नै मिलीजुली सहमतिका आधारमा अघि बढ्नुपर्छ भनेको छ ।”
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending