Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

निःशुल्क स्वास्थ्य बीमाले ज्येष्ठ नागरिकमा खुसियाली

गलकोट । बागलुङ नगरपालिका–४ पाखाथरकी ७१ वर्षीया हरिकला सापकोटालले निःशुल्क स्वास्थ्य बीमा दर्ता गराएको दुई वर्ष पुग्यो । सापकोटाले बीमा गराएपछि धौलागिरि अस्पताल बागलुङबाट नियमित ग्याष्ट्रिकको औषधि लिएर सेवन गर्दै आएका छन् ।

उनले घरमै आएका दर्ता सहयोगीमार्फत निःशुल्क स्वास्थ्य बीमा गराएपछि निःशुल्करुपमा अस्पतालबाट सेवा लिइरहेको बताए । ज्येष्ठ नागरिकका लागि सरकारको निःशुल्क बीमाको नीतिले आफूजस्ता ज्येष्ठ नागरिक खुसी भएको हरिकलाको भनाइ छ ।

“अस्पतालमा पुगेपछि कुनै पैसा लाग्दैन, हामीजस्ता नियमित औषधि सेवन गर्ने ज्येष्ठ नागरिकलाई राम्रो भएको छ”, सापकोटाले भने, “घरमै बीमा गराउन आए, उनीहरुले दिएको परिचयपत्रका आधारमा अस्पतालमा गएपछि निःशुल्क सेवा पाउँदा हामी हर्षित छौँ ।” सापकोटा मात्रै हैन, बागलुङ बजारको उपल्लाचौरका भीमबहादुर क्षत्रीले नियमितरुपमा मधुमेह र रक्तचापको औषधि निःशुल्करुपमा सेवन गर्दै आएका छन् । उनले चार वर्षदेखि बीमा गर्दै आएकोमा पछिल्लो दुई वर्षयता निःशुल्क बीमा गर्दै आएका छन् । उनले पैसा तिरेर गर्दै आएको बीमाले सहज भइरहेको बेला सरकारले पुनः हामीजस्ता ज्येष्ठ नागरिकलाई बीमा गराएर उपचारमा सजिलो बनाएको क्षत्रीको भनाइ छ ।

बागलुङ नगरपालिका–३ गुठीका ७९ वर्षीया चन्द्रकली कार्कीले मधुमेह, उच्च रक्तचापलगायतका नियमित औषधि बीमाबाटै पाउनुहुन्छ । उनले अधिकांश औषधि बीमाबाट र बीमाभित्र नपर्ने औषधि नगद तिरेर खरिद गर्दै आएका छन् । “हामीजस्ता दैनिक पाँच÷छ थरीका औषधि खाने बिरामीलाई बीमा कार्यक्रमले ठूलो राहत मिलेको छ”, कार्कीले भने, “सबैले स्वास्थ्य बीमा गरेर सेवा लिन सके राम्रो हुन्थ्यो, सरकारले बुझाउन सक्नुपर्दछ ।”

हाल बागलुङमा ६५ हजार ७४० ले स्वास्थ्य बीमा गराएका छन् । बीमा गराउनेमध्ये ३० हजार ८८२ पुरुष र ३४ हजार ८५८ महिला रहेको स्वास्थ्य बीमा बोर्ड बागलुङका दर्ता अधिकारी नारायण शर्माले बताए । परिवारको हेलामा परेर उपचार नपाएका ज्येष्ठ नागरिकलाई समेत निःशुल्क स्वास्थ्य बीमाले सहज गराएको र उपचारको पहुँचमा पु¥याउँदा ज्येष्ठ नागरिक खुसी भएको शर्माको भनाइ छ । सरकारले ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई २०७६ वैशाखदेखि निःशुल्क स्वास्थ्य बीमा सेवा शुरु गरेको थियो ।

नेपाल सरकारद्वारा लागू गरिएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम बागलुङमा विसं २०७३ असारदेखि पाइलट प्रोजेक्टका रुपमा अघि सारिएको थियो । कोरोनाका कारण मानिसको स्वास्थ्यप्रतिको चासोसमेत बढ्दै गएका कारण स्वास्थ्य बीमामा आबद्ध हुने नागरिकको सङ्ख्या बढ्ने स्वास्थ्य बीमा बोर्डको अपेक्षा छ । सरकारले स्वास्थ्यमा सबै नागरिकको समान पहँुच पुगोस् भन्ने हेतुका साथ अगाडि सारेको स्वास्थ्य बीमा कार्यक्रमले जिल्लामा आर्थिकरूपमा विपन्न र गरिब समुदायका बिरामीले औषधि उपचारमा ठूलो राहत महसुस गर्न थालेका छन् ।

कमै मात्रामा स्वास्थ्य उपचारका लागि बागलुङ जिल्लामा रहेको धौलागिरि अस्पतालमा आउने बिरामी स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि उपचारमा आउनेको सङ्ख्यामा तेब्बरले वृद्धि भएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा शैलेन्द्रबि पोखरेलले बताए ।

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट बहिरंग सेवा, आकस्मिक, प्रयोगशाला, सामान्य शल्यक्रियालगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको झण्डै ४८० प्रकारका निःशुल्क औषधि प्राप्त गर्न सक्नेछन् ।

स्वास्थ्य बीमाका लागि बागलुङका ७० जना दर्ता सहयोगीले घर घरमा पुगेर बीमा दर्ता गर्दै आएका छन् । निःशुल्क बाहेकको हकमा पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु तीन हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएको हकमा प्रतिसदस्य रु ७०० का दरले शुल्क बुझाइ बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यले वार्षिकरूपमा एक लाखसम्म उपचार खर्च निःशुल्क हुने व्यवस्था छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies