Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

युवतीहरुलाई जबर्जस्ती यौन व्यवसायमा लगाउने पाँच जना पक्राउ

भक्तपुर । युवतीहरुलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–७ झाङगाझोली घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने २४ वर्षीय सरगम भन्ने श्यामकुमार भट्टराई, सिन्धुली ग्याङ्ले गाउँपालिका–३ तामाझोर घर भई हाल माकलबारी बस्ने १९ वर्षीया मसेली भन्ने सुहाना तामाङ, काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने ५२ वर्षीय प्रकाश ढुङ्गेल, नुवाकोट सूर्यगढी नगरपालिका–४ घर भई हाल माकलबारी बस्ने ३१ वर्षीया मुना थापा मगर र काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–१ गाँगलफेदी बस्ने ४७ वर्षीय राजकुमार सुनार रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

गरीब, मजदूर तथा आर्थिक अवस्था कमजोर भएका बालिका एवं युवतीलाई कपडा पसल वा अन्य ठाउँमा जागिर लगाइदिन्छु भनी प्रलोभनमा पारेर विभिन्न होटलमा पु¥याइ जबरर्जस्ती यौन धन्दामा लगाउने गरेको आरोपमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले गोकर्णबाट उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरिएको परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

बलात्कारको शिकार भएकी १६ वर्षीया छोरीलाई लिएर परिसरमा चैत १८ गते आएका पीडित बालिकाका पिताले सुहाना तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र जबरर्जस्ती करणीको किटानी जाहेरी दिएपछि भक्तपुर प्रहरीले खोजी गर्ने क्रममा जबरर्जस्ती बालिका तथा किशोरीलाई ल्याएर यौन धन्दामा लगाउने सो पेशेवर समूहलाई पक्राउ गरेको उनले जानकारी दिए ।

जाहेरीपछि अनुसन्धानका क्रममा अभिभावकसँग छोरीलाई काठमाडौँमा कपडा पसलमा काम लगाइदिन्छु भन्दै फकाएर गत १२ गते बालिकालाई सुहाना तामाङले श्यामकुमार भट्टराईसँग मिलेर काठमाडौँको गोकर्णेश्वर नपा माकलबारीमा लिएको भाडाको फ्ल्याटमा पु¥याएका थिए । फकाएर बालिका, किशोरी र युवतीलाई फ्ल्याटमा लैजाने, उनीहरुलाई पुराना लुगा फेर्न लगाउने, नयाँ र पारदर्शी लुगा लगाउन दिने, खान, बस्न, सुत्ने, मदिरा खान दिई लत लगाउने र कतै भाग्न नसक्ने गरी व्यवस्थापन गरेको पाइएको छ ।

प्रहरी नायब उपरीक्षक गिरीले भने, “फ्ल्याटमा कही दिन राखेर उनीहरुको तस्बिर लिएर सोही तस्बिर विभिन्न होटलमा पठाएर ग्राहकले रोजेको केटीलाई भट्टराई आफैले सवारी साधनमा राखेर होटलमा पु¥याउने गरेको पाइयो, आफू अन्त गएको बेलामा पु¥याउनु परे पठाओलगायतका अन्य साधनमा राखेर पठाउने गरेको पाइयो होटलमा पु¥याएपछि बालिका, किशोरीले यौन सम्बन्ध राख्न नमाने बलात्कार गर्न लगाउने गरेको अनुसन्धानमा खुलेको छ ।”

प्रहरीले माकलबारीको फ्ल्याटमा खानतलासी गर्दा फ्ल्याटबाट अरु किशोरीसहित यौन सम्पर्क गर्दा प्रयोग गर्ने गरी विभिन्न गर्भ निरोधक एवं परिवार नियोजनका अस्थायी साधनसमेत बरामद गरेको छ । गत १४ गते १६ वर्षीया बालिकालाई पाथिभरा फेमिली कटेज एण्ड खाजा घर सुन्दरीजलमा लगेर बलात्कार गराएको पाइएपछि प्रहरीले होटल सञ्चालक ढुङ्गेल र थापा मगर तथा बलात्कार आरोपी सुनारलाई पक्राउ गरी आज सात दिनको म्याद लिएर थप अनुसन्धान शुरु गरेको प्रनाउ गिरीले जानकारी दिए ।

प्रहरी परिसर भक्तपुरकी प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले फ्ल्याट भाडामा लिएर बालिका तथा किशोरीलाई प्रलोभनमा पारेर ल्याउने र देहव्यापारमा लाग्न बाध्य पार्ने एउटा गिरोह पक्राउ परे पनि यस्ता गिरोह अरु पनि हुनसक्ने तर्फ प्रहरी चनाखो भएको बताए ।

कतिपयले भने उजूरी नदिने र मानव ओसारपसार एवं बलात्कारका विरुद्ध नबोल्दा समस्या आउने गरेको उनको भनाइ छ । उनले यस्ता गिरोहको खोजीलाई तीव्र बनाउने बताए । यो घटनामा पनि एक बालिकाको आँट र उजूरीले गिरोह पक्राउ परे पनि यही फ्ल्याटमा रहेका अन्य युवती तथा किशोरीले भने अरु कुन कुन होटलमा लगेर जबरर्जस्ती यौन धन्दामा लगाउने गरेको थियो भन्ने जानकारी दिन नमान्दा कतिपय अपराधी उम्कन सक्ने तर्फ प्रहरी सचेत भएको बताए ।

उनले यस्ता घट्ना छन् भने कुनै पनि डर, धम्की र प्रलोभनमा नपरी प्रहरीलाई खबर गर्न प्रहरी उपरीक्षक थापाले सबैमा आह्वान गरे । प्रहरीले पक्राउ परेको गिरोहलाई मनाव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies