Khabar Dabali Logo
  April 12, Mon

छाँया गृहमन्त्री बडुको प्रश्न : प्रधानमन्त्रीमाथिको सुरक्षा खतरा के हो ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा सो पार्टीले बनाएको छाया गृहमन्त्री दिलेन्द्र प्रसाद बडुले केही समय पहिले प्रधानमन्त्रीले आफूमाथि भौतिक सुरक्षा खतरा रहेको भनेर दिएको भनाइप्रति सत्यतथ्य जानकारी गराउन माग गरेका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बडुले यसबारे प्रधानमन्त्री, गृहमन्त्री वा सरकारका प्रवक्तामार्फत यथाशीघ्र संसदलाई जानकारी गराउन माग गरेका हुन् ।

‘हाम्रो देशका प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अगाडि आफूमाथि गम्भीर सुरक्षा खतरा रहेको र कुनै पनि बखत भौतिक आक्रमण हुनसक्ने अभिव्यक्ति दिनुभएको थियो,’ बडुले भने, ‘यसमा सत्यता के छ ? यथार्थ के हो ? यसमा गृह मन्त्रालयले के व्यवस्था गरिरहेको छ ? संसद चलिरहँदा पनि प्रधानमन्त्री संसदभित्र नदेखिनु सुरक्षा खतरा नै हो अथवा नैतिक खतरा पनि उहाँ महसुस गरिरहनुभएको छ ?’

उनले यदि सुरक्षा खतरा होइन भने किन त्यस्तो गैरजिम्मेवार असत्य र बनावटी कुरा गरेको भन्दै संसदको ध्यानाकर्षण गराए ।

चैत १८ गते, २०७७ - १६:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

काठमाडौ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी...   
बोडेमा जात्रा नरोकिने, बुद्धकृष्णले आठौँ पटक जिब्रो छेड्ने

बोडेमा जात्रा नरोकिने, बुद्धकृष्णले आठौँ पटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने...   

कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण अब छिट्टै सकिने

काठमाडौ । काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको काम एकातर्फ...   
तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै

तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै

तनहुँ । एक सय ४० मेगावट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले विद्युत् प्रसारण लाइनका...   

बलात्कारीलाई सात वर्ष कैद फैसला

गलकोट । उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला...   

गोर्खा सङ्गठनहरुद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

लण्डन । भूतपूर्व गोर्खा सैनिक सङ्गठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेवानिवृत्त बेलायती गोर्खा...   
नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा शर्मा

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा शर्मा

पोर्चुगल । नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित भएका छन्...   

एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु

कञ्चनपुर । महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना सङ्क्रमित...   

देशैभर आज पत्रकार महासङ्घको निर्वाचन हुँदै

काठमाडौ । नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति...   

सामग्री उत्पादनमा आत्मनिर्भर हुन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई आवश्यक पर्ने सामग्री र वस्तुहरूको उत्पादन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top