Khabar Dabali Logo
  April 15, Thu

माओवादी केन्द्रलाई गाउँतहदेखि बलियो पार्टी बनाउँछौं : जनार्दन शर्मा

मकवानपुर । नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टीलाई केन्द्रसँगै गाउँ तहबाट शुद्धीकरण गरी बलियो कम्युनिष्ट पार्टी बनाउने बताएका छन् ।

माओवादी केन्द्र मकवानपुरका नेता–कार्यकर्तासँग शुक्रबार हेटौँडास्थित पार्टी कार्यालयमा भेटघाट गर्दै उनले राष्ट्र, राष्ट्रियता, स्वाधिनता र आत्मनिर्णयको अधिकारको पक्षमा सशक्त रुपमा अघि बढ्नुको विकल्प नभएको बताए।

‘नेपालमा कम्युनिष्ट आन्दोलन अहिले गम्भीर अवस्थामा पुगेको छ,’ उनले भने, ‘राष्ट्र र स्वाधीनतामाथि हमला भएकाले राष्ट्रवादी कम्युनिष्टहरू गाउँगाउँबाट उठ्नुपर्ने बेला आएको छ ।’ पूर्ण–समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख र पहिचानसहितको नेपाल निर्माण अहिलेको प्रमुख माग रहेको भन्दै उनले त्यसका लागि माओवादी केन्द्रले नेतृत्वदायी र जुझारु रुपले भूमिका खेल्नुपर्ने बताए ।

माओवादी केन्द्रलाई गरिव, विपन्न, उत्पीडित वर्गको पार्टी बनाउन देशभर २० लाख घर, परिवारलाई पार्टीमा संगठित गर्नुपर्ने भन्दै उनले पार्टीले एकता अभियानलाई सँगसँगै लगेर देश र जनताका पक्षमा काम गर्ने बताए ।

चैत १३ गते, २०७७ - १६:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख बढीको क्षति

खोटाङ । फर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा रु ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी...   

उपचारका क्रममा कोरोना सङ्क्रमित युवकको मृत्यु

पर्सा । कोरोना सङ्क्रमणकै कारण वीरगञ्जमा आज बिहान एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा...   

आजको राशिफल : यी राशिका लागि आजको दिन शुभ

वि।सं।२०७७ साल चैत्र ३१ गते । मंगलबार । ईश्वी सन् २०२१ अप्रिल १३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर...   

काठमाडौँका यी पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

काठमाडौ । सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच...   

यसरी कोरोनाले फेरिदियो जिन्दगीको बाटो

गलेश्वर । काठमाडौँमा होटल व्यवसाय गरी बसेका म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका दुर्गाबहादुर...   
चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै

भिमेश्वर । नेपालको स्वीजरल्याड भनेर चिनिने जिरीबजारसम्म पुग्ने सडकखण्डाको चरिकोटबाट नाम्दुबजारसम्म...   
नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

काठमाडौ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी...   
बोडेमा जात्रा नरोकिने, बुद्धकृष्णले आठौँ पटक जिब्रो छेड्ने

बोडेमा जात्रा नरोकिने, बुद्धकृष्णले आठौँ पटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने...   

कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण अब छिट्टै सकिने

काठमाडौ । काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको काम एकातर्फ...   
तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै

तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै

तनहुँ । एक सय ४० मेगावट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले विद्युत् प्रसारण लाइनका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top