Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

छलफलका लागि बालुवाटारमा निमन्त्रणा गरेर पार्टी प्रवेशको घोषणा कार्यक्रम

किशोर प्रधानको नेतृत्वमा २३५ व्यवसायी एमाले प्रवेश गरेको दाबी

काठमाडौं । प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार तथा पूर्वउद्योग राज्यमन्त्री मोती दुगडले व्यवसायीलाई एसएमएसमार्फत निमन्त्रणा गरेका थिए, ‘सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ज्यूसँग निजी क्षेत्रका उद्योगी–व्यवसायीहरूको भेटघाट, छलफल तथा रात्रिभोजको कार्यक्रममा उपस्थितिका लागि अनुरोध गर्दछु ।’

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - प्रधानमन्त्री ओलीसँग छलफलका लागि उद्योगी–व्यवसायीलाई बालुवाटार बोलाइए पनि फरक प्रकृतिको कार्यक्रम भएको छ । कार्यक्रमको सुरुमै उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर श्रेष्ठलगायत एमालेमा प्रवेश गर्ने घोषणा भएपछि अधिकांश व्यवसायी आश्चर्यमा परे । ‘प्रधानमन्त्रीसँग भेटघाट र छलफल भनेर निमन्त्रणा आएको थियो, सोहीअनुसार प्रधानमन्त्रीको सरकारी निवासमा गयौँ । तर, केही व्यवसायी एमालेमा प्रवेश गर्ने भनेर घोषणा भएपछि त छाँगाबाट खसे जस्तै भयौँ,’ भेलामा सहभागी एक व्यवसायीले भने ।

शुक्रबार साँझ पाँच सयभन्दा बढी व्यवसायीलाई प्रधानमन्त्री निवास बालुवाटारमा निम्तो गरिएको थियो । प्रधानमन्त्रीसँग प्रत्यक्ष संवादका लागि निम्तो गरिएका अधिकांश व्यवसायी बालुवाटार पुगेका थिए । तर, पार्टी प्रवेशको कार्यक्रमबारे पूर्व जानकारी नगराई छलकपट गरिएको व्यवसायीको गुनासो छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, घरेलु तथा साना उद्योग महासंघलगायत सबैजसो संघसंस्थाका पदाधिकारी, प्रतिष्ठित व्यवसायीदेखि खुद्रा व्यापारीसम्मलाई निमन्त्रणा गरिएको थियो । ‘प्रधानमन्त्री ज्यूले निजी क्षेत्रसँग भेटघाट, छलफल तथा रात्रिभोज गर्न चाहनुभएको छ, प्रधानमन्त्रीसँग तपाईंले आफ्ना समस्याहरू खुलस्त राख्नुहोला,’ दुगडसँग भएको संवादबारे एक सहभागीले भने ।

पार्टी प्रवेशको कार्यक्रमबारे निजी क्षेत्रका ठूला संस्थाहरू महासंघ, परिसंघ, चेम्बरका पदाधिकारी अनभिज्ञ थिए । पार्टी प्रवेशको कार्यक्रम सुरु हुनासाथ धेरै व्यवसायी बाहिरिएको एक सहभागीले बताए । ‘प्रधानमन्त्रीले बोलाएपछि जानैपर्‍यो, त्यसमाथि निजी क्षेत्रका मुद्दामा छलफल गर्ने भनिएको थियो,’ अर्का सहभागीले भने, ‘निजी क्षेत्रका कुरा सुन्न बोलाएर पार्टी प्रवेश गराउने गलत सोच राखिएको रहेछ ।’

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छा, परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवाल, निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, चेम्बरका कार्यबाहक अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल राष्ट्रिय मारवाडी सेवा समाजका अध्यक्ष पवन मित्तल, नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष कृष्ण दुलाल, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतले बोलेपछि प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन भने सल्लाहाकार दुगड आफैँले गरेका थिए ।

कार्यक्रममा मुलुकका ठूला व्यवसायीदेखि खुद्रा व्यापारीसम्मको उपस्थिति थियो । सुरुमा व्यवसायीसँग छलफलपछि प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री पोखरेलले टीका र खादा लगाएर पार्टी प्रवेश गराएका थिए । प्रधानको नेतृत्वमा दुई सय ३५ जना उद्योगी–व्यवसायी पार्टी प्रवेश गरेको प्रधानमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहाकर मोती दुगडको दाबी छ ।

किशोर प्रधानसहित ललित अग्रवाल, सीताराम अग्रवाल, हितेश गोल्छा, पुनम व्यास, कृष्ण प्रसाईं, मदन मित्तल, अजय सराबगी, ओमप्रकाश वंशल, नरेन्द्रकुमार गुप्ता, अनिलकुमार वंशल, दिलीप जैन, दिलीप अग्रवाल, राकेशकुमार जलन, प्रेम पाण्डेलगायत उद्योगी–व्यवसायी एमाले प्रवेश गरेको घोषणा गरिएको थियो । पार्टी प्रवेश गर्नेमा अधिकांश मारवाडी समुदायका व्यवसायी छन् ।

प्रधानमन्त्रीले भने– इतिहास झल्किने र आधुनिकता टल्किने नयाँ नेपाल बनाउँदै छौँ
कार्यक्रममा प्रधानमन्त्री ओलीले छोटो अवधिमा मुलुकको आर्थिक परिचय बदल्नका लागि निजी क्षेत्रसँग छलफल गर्न बोलाएको बताए । निजी क्षेत्र अर्थतन्त्रको इन्जिन भएको बताउँदै उनले निजी क्षेत्रलाई गतिशील बनाउन के गर्न सकिन्छ भनेर छलफल चलाएको जिकिर गरे । उनले भने, ‘सरकार र निजी क्षेत्र पक्ष–विपक्ष होइन, तपाईंहरू चित्त दुखाएर नबस्नोस् । हामी एउटै हौँ, के चाहिन्छ खुलेर भन्नुहोस्, छलफल गरौँ ।’

प्रधानमन्त्री ओलीले मुलुकमा पूर्वाधारका क्षेत्रका विगत तीन वर्षमा गरेको काम अभूतपूर्व र असाधारण भएको ठोकुवा गरे । ‘हामीले इतिहास झल्किने र आधुनिकता टल्किने नयाँ नेपाल बनाउँदै छौँ,’ उनले भने, ‘हामी विकासका पक्षधर हौँ, एउटा क्षेत्रको विकासले मात्र पुग्दैन, समग्र क्षेत्रकै विकास हुनुपर्छ ।’ उनले कुल गार्हस्थ उत्पादन (जिडिपी) वा प्रतिव्यक्ति आम्दानीले मुलुकका समग्र मान्छेहरूको अवस्था निर्धारण गर्न नसक्ने ठोकुवा गर्दै कुनै पनि क्षेत्र, वर्ग, समुदाय पछाडि नपर्ने गरी काम गर्नेछौँ ।’

नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष कृष्ण दुलालले गाडीको चर्को भन्सार घटाउनुपर्ने र कम रकम डाउन पेमेन्ट गरेरै गाडी किन्न पाउने व्यवस्था गर्न आग्रह गरेपछि प्रधानमन्त्रीले विदेशबाट गाडी ल्याएर बिक्री गर्ने सोच नराखी स्वदेशमै उद्योग खोल्न सुझाब दिए । उनले भने, ‘स्वदेशमै अटोमोबाइल्स उद्योग खोल्नुहोस्, तपाईंहरूले सोचेकोभन्दा पनि बढी सुविधा दिन्छौँ ।’

उनले रोजगारी सिर्जना, उत्पादन वृद्धि र निर्यातजन्य उद्योग खोल्नेलाई सहजीकरण गरिदिने आश्वासन दिएका छन् । उनले आयात गर्नेलाई खास व्यापार नठान्ने बताए । ‘मैले दाल, चामल, आलु, प्याज किनेर खान्छु, उसो भए म पनि व्यापारी भएँ त ?’ निजी क्षेत्रतर्फ प्रश्न तेस्र्याउँदै उनले भने, ‘स्वदेशमा उत्पादन गरी आयात प्रतिस्थापन र निर्यात गर्ने व्यापार हो ।’

महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिड नियन्त्रण र खोप वितरणमा उदाहरणीय काम गरेको भन्दै प्रधानमन्त्री ओलीको प्रशंसा गरे । विशेषगरी सरकारले बजेट र मौद्रिक नीतिमार्फत सार्वजनिक गरेका कार्यक्रमले व्यवसाय तंग्रिन सहज भएको उनको भनाइ थियो । लघु, घरेलु, साना तथा मझौला उद्योगलाई अझै व्यवसाय विस्तार गर्न कठिन भइरहेको बताउँदै उनले यस्ता उद्यम व्यवसायको अर्थतन्त्रमा २२ प्रतिशत योगदान रहेको उल्लेख गरे ।

‘झन्डै २० लाखलाई रोजगारी दिएका छन्, निर्यातमा पनि ४० प्रतिशत हिस्सा छ,’ उनले भने, ‘हाम्रो आकलनमा अझै ४० प्रतिशत यस्ता उद्यमीलाई कुनै न कुनै प्रकारको सहयोगको खाँचो छ ।’ उनका अनुसार साना तथा मझौला कतिपय उद्यम–व्यवसाय कोभिडले बन्द नै भइसकेका छन् ।

महासंघले भिजनपेपर तयार पारिरहेको प्रधानमन्त्रीलाई जानकारी गराउँदै कोभिडपछिको पुनरुत्थानसँगै १० वटा प्राथमिकताका क्षेत्र पहिचान गरेको बताए । जसमा नीतिगत सुधार, पूर्वाधार विकास, श्रम व्यवस्थापन, साना तथा मझौला उद्यमको प्रवद्र्धनलगायत विषय छन् । उनले २८ चैतमा महासंघको वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा प्रमुख आतिथ्यता ग्रहण गरी भिजनपेपर विमोचन गर्न प्रधानमन्त्रीलाई आग्रह पनि गरे ।

परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले १० वर्षभित्र मुलुकको कायापलट गर्न सकिने परियोजना पहिचान गरी एक–दुई हप्तामै कार्यान्वयनमा ल्याउन प्रधानमन्त्री ओलीलाई सुझाब दिए । ‘हामीले कालजयी आयोजना कार्यान्वयनमा ल्याउन सकेमा मुलुक छिट्टै समृद्ध हुन्छ,’ उनले भने, ‘हामीले युवालाई रोजगारी गर्न विदेश पठाउने होइन कि यहीँ छानी–छानी जागिर पाउने अवस्था सिर्जना गर्न सक्नुपर्छ ।’

चेम्बरका कार्यबाहक अध्यक्ष कमलेशकुमार अग्रवालले मुलुकको व्यापार घाटा कम गर्न आर्थिक नीति परिमार्जन गर्नुपर्ने बताए । ‘हामीले आर्थिक कानुनहरू बारम्बार परिमार्जन गर्दा पनि प्रतिफल दिन सकेको छैन, व्यावसायिक वातावरण पनि सहज बनेको छैन,’ उनले भने । राज्यले अनुगमनको नाममा व्यवसायीलाई पहिला थुन्ने र अनि सुन्ने गर्दा निजी क्षेत्रको मनोबल गिरेकोतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । उनले थपे, ‘कर्मचारीतन्त्रले निजी क्षेत्रलाई हेर्ने नजर पनि परिवर्तन गर्नु आवश्यक छ, डुइङ बिजनेस फेसिलेसनमा सरकारले काम गर्नुपर्छ ।’

नेपाल राष्ट्रिय मारवाडी सेवा समाजका अध्यक्ष पवन मित्तलले दुई सय वर्षदेखि व्यापार–व्यवसाय गर्दै मुलुकको आर्थिक समृद्धिमा हातेमालो गरिरहेको मारवाडी समुदायलाई सरकार र समाजको हेर्ने नजर नफेरिएको गुनासो पोखे । ‘हामी मारवाडी समुदायको बाहिर सम्पत्ति छैन, हाम्रो देश नेपाल हो, हामी नेपाली हौँ, हाम्रो सबै सम्पत्ति यहीँ छ, व्यवसाय पनि यहीँ गरेका छौँ । तर, हामीलाई हेर्ने नजर फेरिएन,’ उनले भने, ‘हामी नेपाली हौँ, हामीलाई नेपालीकै रूपमा हेरिनुप¥यो ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies