
सुनको जलहरी लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

-
-
फागुन ११ गते, २०७७ - ०९:२२

काठमाडौ । सर्वोच्च अदालतमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाई उक्त रिट निवेदन दायर गरेका हुन् ।
नेपालको संविधान, कानूनको मर्म र भावनाविपरीत सरकारले सुनको जलहरी राख्ने काम गरेको र अनन्तकालदेखि स्थापित व्यवस्था तथा परम्परा बिथोल्ने काम गरेको विज्ञप्तिमा उल्लेख छ । नेपालको संविधानविपरीत कार्य तत्काल प्रतिषेध गरी निर्णय बदर गर्न माग गरिएको छ । मन्त्रिपरिषद्को बैठकले पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्ने निर्णय गरेको थियो ।
नेता बाँस्तोलालाई थुनामुक्त गर्न आदेश
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० नेत्रविक्रम चन्द समूहका स्थायी कमिटी सदस्य धमेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतका रजिष्ट्रारको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको छ ।
न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले सोमबार थुनामुक्त गर्न आदेश जारी गरेको हो । “बिनाआधार कारण थुनामा राखेकामा यसअघि पनि बन्दीप्रत्यक्षीकरणको आदेश जारी भएकामा निज मुक्त नभई हालसम्म थुनामा रहेको देखिन्छ, अदालतका रजिष्ट्रारको रोहवरमा गैरकानूनी थुनामा राखिएका बाँस्तोलालाई थुनाबाट मुक्त गरिदिनु”, आदेशमा भनिएको छ ।
यसअघि गत माघ १५ गते र २२ गते थुनामुक्त गराउन अदालतले आदेश जारी गरेको थियो तर अदालतको आदेशलगत्तै नेता बाँस्तोला पक्राउ पर्नुभएको थियो । चन्द समूहका पश्चिम कमाण्ड इन्चार्ज रहेका बाँस्तोलाको तर्फबाट हिमा बाँस्तोलाले सर्वोच्चमा बन्दप्रत्यक्षीकरणको रिट दायर गरेको थिए । गत पुस २९ गते बाँस्तोलासहित चार जनालाई ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो । बाँस्तोलामाथि नक्खुस्थित एनसेल टावरमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोप छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैंकिङ कसूरमा फरार हुँदै आएकी भावना पक्राउ
काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–४ बस्ने ४३ वर्षीया भावना श्रेष्ठलाई...के तपाइँ भविश्यका लागि भनेर जग्गा खरीद गर्दै हुनुन्छ ? हुन सक्छ यस्तो
काठमाडौ । तपाइँले भविश्यका लागि भनेर जग्गा खरीद गरी राख्नुभएको छ रु यदि छ भने बेलाबेलामा जग्गाको अवस्थाबारे...संसद्लाई पुनः क्रियाशील तुल्याउन योगदान गर्ने सबैमा सभामुखको बधाई
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाबाट पुनःक्रियाशिल भएको...प्रतिनिधिसभाको बैठक २६ गतेसम्मका लागी स्थगित
काठमाडौं । पुनस्र्थापित प्रतिनिधीसभाको बैठक सुचना टाँस गरी २६ गतेसम्मका लागी स्थगित गरिएको छ । प्रमुख...नेप्सेमा दोहोरो अङ्कको गिरावट
काठमाडौ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका...अदालतको फैसला मान्छौँ, कार्यान्वयन गर्छौ: ओली
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको...सर्वोच्चको फैसलापछि प्रचण्डको प्रतिक्रिया : अपेक्षा गरेभन्दा फरक
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार ऋषि...कटुवा पेस्तोलसहित दुई युवक पक्राउ
सप्तरी । राजविराज नगरपालिकाबाट आज दुई युवकलाई नलकटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ । हातहतियार...नेकपा नाम विवाद : सर्वोच्च अदालतले गर्यो ऋषि कट्टेलको पक्षमा फैसला
काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम...मनको आगोले घरिघरि पोलिरहन्छ
फुङ्लिङ । फुची शेर्पाका आँखाबाट आँशु बग्न रोकिएको छ । परदेखि नै प्रष्ट ठम्याउन सकिन्छ उनी रुँदारुँदै...

प्रतिकृया लेख्नुहोस्:
- प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गराइयो : वनमन्त्री आले
- प्रम ओलीले लगाए कोरोनाविरुद्धको खोपः दोस्रो चरणको अभियान शुरु
- सुनको मूल्य तोलामा ५०० ले बृद्धि, ८६ हजार १०० मूल्य निर्धारण
- प्रधानमन्त्री ओलीलाई लगाएर दोस्रो चरणको खोप आजदेखि शुभारम्भ गरिने
- मेलम्चीको पानी बागमतीमा, उपत्यकावासीको सपना पूरा भयो : प्रधानमन्त्री ओली
- विप्लवलाई पार्टीमा स्वागत गर्न आतुर छु : अध्यक्ष प्रचण्ड
- कोरोना खोप सबै नेपालीमा पुर्याउने सरकारको प्रयास : मन्त्री त्रिपाठी
- प्रधानमन्त्री बन्न हतार छैन : सभापति देउवा
- देश पूर्ण शान्तिमा रुपान्तरण भएकाले पर्यटन क्षेत्रले फड्को मार्छ : पर्यटनमन्त्री ढकाल
- फागुन २३ गतेदेखि चितवनमा दोस्रो चरणको खोप लगाइने