
बागलुङको गलकोटमा सामूहिक किबी खेती

-
-
फागुन १० गते, २०७७ - १२:४२

बलेवा । बागलुङको गलकोट नगरपालिका–४ खरुवाका किसानले सामूहिक किबी खेती अभियान थालेका छन् । समूहमा खेती गरेर किबीको व्यावसायिक उत्पादनका लागि किसान एकै ठाउँमा भएका हुन् । समूहमा खेती गर्दा बजारीकरणमा सहज हुने र खेती गर्ने जमीनकोसमेत एकीकरण हुने भएकाले सामूहिक खेती थालेको किसान बताउँछन् ।
गलकोट नगरपालिकाको रु एक लाख ५० हजार आर्थिक सहयोग र बराहथान किबी उत्पादक कृषक समूहको आफ्नो लगानीबाट शनिबार ३०० किबीका बिरुवा रोपिएको हो । किबीका लागि खाडल खन्ने, ढुवानी र रोपण गर्ने समयसम्म रु सात लाख खर्च भएको समूहका अध्यक्ष उमाकान्त सुवेदीले बताए ।
“नगरले समूहलाई अनुदान दिएको छ, किसानको मेहनत र नगद लगानीसमेत सामूहिक रुपमा भएको छ”, उनले भने,“व्यावसायिक उत्पादनको आशा राखेका छौं ।” किसानले एक हजार ५०० बिरुवा रोप्ने योजना बनाएका छन् । पहिलो चरणमा १५ रोपनी जमीन व्यवस्थापन गरेर थालिएको अभियानलाई अझै बढाउने र किबीको पकेट क्षेत्र बनाउने योजना पनि उनीहरुले सुनाए । सुवेदीले भने,“यो पहिलो चरणको थालनी मात्रै हो ।” किसानले थालेको अभियानमा वडाध्यक्ष बलबहादुर खत्रीले साथ दिने प्रतिबद्धता जनाए ।
साथै उनले बिरुवा खोजी र बजारीकरणको अभियानमा साथ दिने बताए । गलकोट नगरपालिकाका कृषि अधिकृत हरिदत्त सुवेदीले किसानको मेहनतलाई प्राविधिक सहयोग गरेर सफल बनाउने बताए । गलकोट क्षेत्रका केही किसानले व्यक्तिगत रुपमा लगाएको किबीले राम्रो फसल दिएकाले यहाँको माटो किबीका लागि उर्वर रहेको मानिएको छ ।
“धान कोदो लगाउँदा दुःख धेरै आम्दानी कम हुने अवस्था छ”, किसान सुवेदीले भने, “किबीको बजार राम्रो छ, तत्कालै नगद पर्ने भएकाले पनि किसानका खर्च चलाउन सहज हुन्छ ।” खेतबारी र पाखोबारीका साथै किसानले वनमारा फँडानी गरेर खेतीयोग्य जमीन छेउका पखेरामासमेत बिरुवा लगाउने योजना बनाएका छन् ।
सुरक्षित वैदेशिक रोजगारीबारे सचेत बन्दै
वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र शोषणरहित बनाउन बागलुङका चार स्थानीय तहमा सचेतनामूलक कार्यक्रम सञ्चालन हुन थालेपछि समुदायले चासो राख्न थालेका छन् ।
वैदेशिक रोजगारीको विषयमा पर्याप्त सूचनाको तथा प्रमाण सङ्कलनको अभावले ठगिने र न्यायमा पहुँच पुग्ने भएपछि समुदाय तहमा पुगेर रोजागरीको लागि विदेशिने सम्भावित युवा र तिनका परिवारलाई सचेत गराउन थालिएको हो । सचेतना कार्यक्रममा सहभागी भएकाले चासोका साथ रोजगारीको विषयमा जानकारी लिने गरेका छन् ।
स्थानीय तहको नेतृत्व, स्थानीय सेवा प्रदायक संस्था विवाइसीको स्थानीय व्यवस्थापनमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्र्तगत ती स्थानीय तहको टोल टोलमा पुगेर वैदेशिक रोजगारमा रहेका परिवारका सदस्य र सम्भावित युवालाई सचेत गराउन थालेको सामी परियोजना संयोजक मीनप्रसाद उपाध्याले जानकारी दिए ।
वैदेशिक रोजगारीले देशमा गरीबी घटाउन ठूलो योगदान गरेको छ । यद्यपि वैदेशिक रोजगारीका फाइदाका अतिरिक्त यसमा विभिन्न किसिमका जोखिम छन् । वैदेशिक रोगजारीका क्रममा ठगिमा पर्ने, झुठो आश्वासन कबुल गरे भन्दा फरक काम तथा फरक सेवा सुविधा उपलब्ध हुने अवस्था छ ।
वैदेशिक रोजगारीमा चाहिने आवश्यक कागजातको सुरक्षा, मेनपावर कम्पनी अथवा एजेन्टलाई रकम उपलब्ध गराउँदा सङ्कलन गर्नुपर्ने प्रमाण, गन्तव्य मुलुकमा जाँदा नेपाली समाज र राजदूतावासको सम्पर्क र समन्वय, न्यायिक पहुँच र कानूनी आधारमा समुदायस्तरमा सचेत गरिएको छ ।
बागलुङ, गलकोट, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकाको विभिन्न स्थानमा सामुदायिक अभिमुखीकरण तथा गहन अभिमुखीकरणका कार्यक्रम सञ्चालन गरिएको संयोजक उपाध्याको भनाइ छ । “विदेश जाँदा घरमा कागजात छोड्नुपर्ने विषयमा जानकारी थिएन”, बानपा–६ का देवेन्द्र परियारले भने, “सानो सतर्कता अपनाउँदा न्यायिक पहुँचमा जान सकिने जानकारी भयो ।”
वैदेशिक रोजगारलाई सुरक्षित मर्यादित र उपलब्धिमूलक एवं शोषणरहित बनाउन सुरक्षित आप्रवासन परियोजना (सामी) तेस्रो चरण नेपाल सरकार र स्वीस सरकारको द्धिपक्षीय सम्झौताअन्तर्गत सञ्चालित छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र ३९ जिल्लाका १५६ स्थानीय सरकारको नेतृत्वमा सञ्चालित कार्यक्रमका लागि हेल्भेटासले प्राविधिक सहयोग उपलब्ध गराएको छ ।
वैदेशिक रोजगारीमा जोखिम कम गर्दै यसबाट प्राप्त हुने प्रतिफल वृद्धि गर्न बागलुङ, जैमिनी, गल्कोट नगरपालिका र काठेखोला गाउँपालिकामा गत वर्षको मङ्सिरदेखि सामी परियोजना सञ्चालनमा रहेको छ ।
परियोजनाअन्तर्गत राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका युवाका लागि परामर्श, निःशुल्क कानूनी सेवा, निःशुल्क सीप तालीम, मनोसामाजिक परामर्श तथा वित्तीय साक्षरता र फर्केका युवाका लागि सामाजिक पुनःस्थपनाको काम गर्दै आएको विवाइसीका अध्यक्ष मणि शर्माले जानकारी दिए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
प्रचण्ड र नेपाल पक्ष पनि छुट्टियो, माओवादी, एमाले छुट्टै पार्टीमा रहने निर्णय
काठमाडौं । आज पेरिसडाँडामा बसेको पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल पक्षको स्थायी समितिको बैठकले...जब श्रीमतीले श्रीमान् बोकेर दौडिए…
दमौली । एक सय एघारौँ अन्तर्राष्ट्रिय नारी दिवस देवघाट गाउँपालिकाले भने भिन्न खाले कार्यक्रम गरेर...तेजाब आक्रमणमा सम्लग्नलाई कारबाही गर्न ल्याइएको अध्यादेश रोकिनुहुन्न : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब आक्रमणमा सम्लग्नलाई कारबाहीका लागि जारी भएको अध्यादेशलाई...छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन आवश्यक छ : मुख्यमन्त्री राउत
जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन जरूरी...हुम्लामा भारी हिमपात, हवाई उडान अवरुद्ध
सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा लामो समयपछि आजदेखि निरन्तर हिमपात भएको छ । विगतका वर्षमा भारी...सन्दर्भ अन्तर्राष्ट्रिय नारी दिवस: पुरुषसँग समान काम, ज्याला भने आधा कम
गलेश्वर । “मैले सात वर्षदेखि आधारभूत तह (कक्षा १–८) मा अङ्ग्रेजी विषय पढाउँदै आएकी छु, तर मेरो तलब सोही...बैंकिङ कसूरमा फरार हुँदै आएकी भावना पक्राउ
काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–४ बस्ने ४३ वर्षीया भावना श्रेष्ठलाई...के तपाइँ भविश्यका लागि भनेर जग्गा खरीद गर्दै हुनुन्छ ? हुन सक्छ यस्तो
काठमाडौ । तपाइँले भविश्यका लागि भनेर जग्गा खरीद गरी राख्नुभएको छ रु यदि छ भने बेलाबेलामा जग्गाको अवस्थाबारे...संसद्लाई पुनः क्रियाशील तुल्याउन योगदान गर्ने सबैमा सभामुखको बधाई
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाबाट पुनःक्रियाशिल भएको...प्रतिनिधिसभाको बैठक २६ गतेसम्मका लागी स्थगित
काठमाडौं । पुनस्र्थापित प्रतिनिधीसभाको बैठक सुचना टाँस गरी २६ गतेसम्मका लागी स्थगित गरिएको छ । प्रमुख...

प्रतिकृया लेख्नुहोस्:
- बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
- भू–उपग्रहसम्बन्धी आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट
- बङ्गलादेशबाट ५० हजार मेट्रिकटन रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने
- अफगानिस्तानमा सेनाले गरेको कारबाहीमा परी १० जना तालिबान मारिए
- खोप लगाए पनि स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्न मुख्यमन्त्री पौडेलको अनुरोध
- अज्ञात समूहद्वारा बेपत्ता पारिएका दम्पती १५ दिन बितीसक्दा पनि अझै फेला परेनन्
- पितृसत्तात्मक सोच हटाउन सक्दा मात्र महिला दिवसले सार्थकता पाउँछ: मुख्यमन्त्री पौडेल
- महिलाको अधिकार स्थापित गर्न आवाज बुलन्द पार्नुपर्नेमा अध्यक्ष दाहालको जोड
- महिलाले हरेक क्षेत्रमा समान अधिकार पाउनुपर्छ: मुख्यमन्त्री भट्ट
- गौतमबुद्ध रङ्गशालालाई समयमै सम्पन्न गर्न ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान शुरु