
निकुञ्जमा पालिएका पाँच हात्तीको मृत्यु

-
-
माघ २६ गते, २०७७ - १७:१०

चितवन । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ पालिएका पाँच हात्ती विभिन्न कारणले मरेका छन् । चालू आर्थिक वर्षको साउनयता ती हात्ती बुढो भएर र विभिन्न रोगका कारण मरेका हुन् ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्रका अनुसार सौराहाको दीपेन्द्र गज र सुन्दर माला, बेलसार पोष्टको विक्रमप्रसाद, खोरसोरको अप्सराकली र लामिचौर पोष्टको शङ्करप्रसाद मरेका हुन् । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठका अनुसार ५५ वर्षको दीपेन्द्र गज क्षयरोगले, ७५ वर्षको सुन्दरमाला बुढो भएर, २२ वर्षको विक्रमप्रसाद वामपुड्को र रोगी भएर मरेका हुन । जन्मेको १८ दिनमा अप्सराकली अकस्मात बिरामी भएर मरेको हो भने ४५ वर्षको शङ्करप्रसादको सानो आन्द्रा वटारिएर गाँठो परेसँगै पेट फुलेर मरेको हो ।
श्रेष्ठले शङ्करप्रसाद क्षयरोगका कारण मरेको हो की भन्ने आशङ्का गरिएको भए पनि पोष्टमार्टमपछि क्षयरोग नभएर आन्द्रा फुलेर मरेको पाइएको बताए । बच्चा बिरामी भएको थाहानै ढिलागरी पाइएकाले बचाउन नसकिएको उनको भनाइ छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले प्राकृतिक कारणबाट धेरै हात्ती मरेपछि चिकित्सकसँग छलफल भइरहेको बताए । पछिल्लो समय काम र चरेर फर्किएका हात्तीको खुट्टलाई सोडा पानीमा डुबाउने, धानलाई पखालेर मात्र खुवाउने जस्ता कार्य पनि थालिएको उनले जानकारी दिए । केही हात्तीको क्षयरोग परीक्षणका लागि नमूना लिएर पठाइएको छ । बरालले यहाँ परीक्षण नहुने भएपछि काठमाडौँ पठाइएको बताए ।
यस वर्ष धेरै हात्ती मरेसँगै निकुञ्जमा हात्तीको स्वास्थ्यको विषयमा विशेष ख्याल गर्न थालिएको छ । विगतमा निकुञ्जका हात्तीमा क्षयरोग फैलिएर हात्ती मर्न थालेपछि औषधि खुवाइएको थियो । हाल निकुञ्जमा ५१ वटा हात्ती रहेका छन् । ६ वटा कोशी वन्यजन्तु आरक्षमा दरबन्दी भएर पनि यही काम गरिरहेका छन् । निकुञ्जको खोरसोरमा हात्ती प्रजनन केन्द्र रहेको छ । केन्द्रमा जङ्गली हात्ती धु्रवे, रोनाल्डोलगायतको संसर्गबाट छावा जन्मिने गर्दछन् ।
त्यहाँ जन्मिएका छावालाई हुर्काएर तालीमपछि काममा पठाउने गरिन्छ । निकुञ्ज सुरक्षामा हात्ती प्रयोग हुने गरेको छ । विगतमा पर्यटक घुमाउन प्रयोग गरिने भए पनि पछिल्ला वर्षमा निजी हात्ती मात्र प्रयोग गरिँदै आएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सभापति देउवाद्वारा डा खड्काको निधनप्रति दुःख व्यक्त
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी, म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर...बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
बनियानी । झापाको शिवसताक्षी–९ स्थित यलम्बर चोकमा बस र स्कुटर ठोक्किँदा आज एक जनाको मृत्यु भएको छ ।...अफगानिस्तानमा सेनाको कारबाहीमा परी २१ तालिबान लडाकू मारिए, अन्य १३ जना घाइते
काबुल । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा २१ जना तालिबान...चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघ मृत फेला
चितवन । चितवन राष्ट्रिय निकुञ्जको अमलटारीक्षेत्र अन्तर्गत निकुञ्जको मुख्य क्षेत्रमा भाले गैँडा...कोमल वलीद्वारा नेता पन्तविरुद्ध गाली बेइज्जती मुद्दा दायर
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा सांसद कोमल वलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता रघुजी...यमनको एक आप्रवासी शिविरमा आगलागी हुँदा आठ जनाको मृत्यु
दुबई । यमनको राजधानी सहरस्थित एक आप्रवासी शिविरमा गत आइतबार भएको आगलागीमा परी कम्तीमा पनि आठ आप्रवासीको...दक्षिण कोरियामा कोरोना सङ्क्रमितको संख्या ९३ हजार भन्दा बढी
सोल । दक्षिण कोरियामा गत २४ घण्टामा थप ४४६ जनामा कोरोना सङ्क्रमण भएपछि कुल सङ्क्रमितको संख्या ९३ हजार...गिनी बिस्फोटमा मारिनेको संख्या ९८ जना पुग्यो, ६१५ जना घाइते
याउन्डे । अफ्रिकी मुलुक इक्वेटोरियल गिनीको सबैभन्दा ठूलो शहर बाटामा भएको बिस्फोटमा मारिनेको संख्या...सहकारी संस्थाबाट नगद १५ लाख रुपैयाँ चोरी
काठमाडौं । दक्षिणकाली नगरपालिका–१ खहरेस्थित मित्र बचत तथा ऋण सहकारी संस्थाबाट नगद १५ लाख रुपैयाँ...आगो ताप्ने क्रममा जलेर ५२ वर्षीया मिनाको मृत्यु
गुल्मी। छत्रकोट गाउँपालिका–१ हुँगा बस्ने ५२ वर्षीया मिना गाहाको आफ्नै घरमा आगो ताप्ने क्रममा आगोले...
