
विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघ्यो

-
-
माघ १४ गते, २०७७ - १५:३०

वासिङ्टन । विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सुचिमा परेको छ । अमेरिकामा दुई करोड ५० लाख व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । यस भाइरसको सङ्क्रमणको कारण अमेरिकामा चार लाख २० हजार व्यक्तिको मृत्यु भइसकेको छ ।
यद्यपी अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस विरुद्धको खोप कार्यक्रमलाई अगाडि बढाउने वाचा गरेका छन् । अमेरिकाको सम्पूर्ण जनसंख्यालाई खोप लगाउनु एक चुनौतीपूर्ण कार्य भएको र ट्रम्प प्रशासनबाट विरासतमा आएको यो कार्यक्रम अपेक्षा गरेको भन्दा खराब अवस्थामा भएको पनि उनले बताए ।
अमेरिकाले थप २० करोड डोज कोरोना भाइरसविरुद्ध खोप किन्दै छ र यसपछि लगभग ३० करोड अमेरिकीहरुलाई खोप दिन पर्याप्त हुने बाइडेनले बताएका छन् । कोरोना भाइरसको कारण बेलायतमा पनि एक लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको बेलायतको सरकारी माध्यमले जानकारी दिएको छ ।
विश्वभरी कोरोना भाइरस सङक्रमणबाट २१ लाख भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । सात करोड २९ लाख भन्दा बढी व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आलमलाई छुटाउन प्रयास छुः सभापति देउवा
रौतहट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती...महानगरीय प्रहरी प्रभाग बालकुमारी ललितपुरको नवनिर्मित कार्यालय भवन उद्घाटन
ललितपुर । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले...कंगो र गुएनामा इबोलाको संक्रमण, ११ जनाको मृत्यु
आदिस अबाबा । अफ्रिकी देशहरु कंगो र गुएनामा इबोलाका नयाँ संक्रमितहरु भेटिएको बताइएको छ । ती देशमा पछिल्ला...भारतमा एक करोड ११ लाख भन्दा बढी व्यक्ति कोरोना सङ्क्रमित
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा १४ हजार ९८९ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या...अरनिको राजमार्गमा मोड–सुधार र सर्भिस ट्र्याक बन्दै
काभ्रेपलाञ्चोक । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकका विभिन्न...कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा
अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि व्यवसायमा संलग्न कृषकलाई बिनाधितो सुलभ ब्याजदरमा...डोल्पाको १३ विद्यालयलाई कम्प्युटर सहयोग
डोल्पा । तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले विद्यालयलाई कम्प्युटर वितरण गरेको छ । यहाँका १३...बारेकोटमा भेटिए ८८ प्रजातिका चरा
जाजरकोट । बारेकोट गाउँपालिकामा गरिएको अध्ययनबाट लोपोन्मुख चरा फेला परेका छन् । एक हजार ८९१ मिटरदेखि...म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु
याङ्गुन । प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा...अमेरिकी सेना रहेको इराकी अखडामा १० वटा रकेट प्रहार
बग्दाद । पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको एउटा अखडालाई लक्षित गरी बुधबार कम्तीमा १० वटा क्षेप्यास्त्र...
