Khabar Dabali Logo
  March 1, Mon

कृषि बजारका अध्यक्षसहित ३ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष दिलबहादुर श्रेष्ठसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

तामाघाटस्थित मसला बाली विकास केन्द्र (बागबानी) को स्वामित्वमा रहेको सात रोपनी जमिनमा बजार विकास निर्देशनालय हरिहरभवन ललितपुरले करिब २४ वर्षअघि कृषि उपज बजार सञ्चालन गर्न अनुमति दिएको थियो । उक्त भ्रष्टाचार आरोपपत्रमा श्रेष्ठले वर्षौँदेखि नक्कली बजार सञ्चालक समिति खडा गरी भाडा उठाई सरकारी सम्पत्तिको हिनामिना गरी व्यक्तिगत फाइदा लिँदै आएको जनाइएको छ ।

साथै समितिका अध्यक्ष श्रेष्ठले स्टल निर्माण गर्दा लागेको खर्च एवं भाडावापतको रकम आय–विवरणसमेतको विवरण पारदर्शी ढङ्गले नराखी आफूखुसी कोषाध्यक्ष दिनेश अधिकारीको सहमति र मिलेमतोमा समितिको बैंक खातामा रहेको रु १४ लाख ३८ हजार ५०० निकालेको र उक्त हिनामिना भएको रकमलाई वैधता दिन लेखापरीक्षण प्रतिवेदन बनाउने एचके अधिकारी एण्ड एशोसिएटका सञ्चालक केशव अधिकारीसमेत तीन जनालाई आरोपपत्रमा कसुरउपर सजायको माग दाबी गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

उनका अनुसार समितिका अध्यक्ष श्रेष्ठ र कोषाध्यक्ष अधिकारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफा १७ मा उल्लेख भएबमोजिम हिनामिना गरेको बिगोसहित निजहरुबाट असुलउपर हुन तथा लेखापरीक्षक अधिकारीलाई समितिको लेखापरीक्षण गरी गलत प्रतिवेदन दिएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिम सजायको माग दाबी गरिएको छ ।

तत्कालीन बजार विकास निर्देशनालयले सहकारीमार्फत सञ्चालन गर्ने उद्देश्यले अनुमति दिएपछि दुई वर्ष सहकारीमार्फत बजार सञ्चालन गरेको थियो । यसपछि स्थानीय क्लबले पनि करिब दुई वर्ष खेलकूदका कार्यक्रम सञ्चालनपछि श्रेष्ठले नक्कली बजार सञ्चालक समिति खडा गरी भाडा उठाई सरकारी सम्पत्तिको हिनामिना गर्दै आएको जनाइएको छ ।

तत्कालीन निर्देशनालयले श्रेष्ठको समितिलाई उक्त बजार छाड्न पटकपटक आग्रह गरेको थियो तर स्टल निर्माण गर्ने जनाउँदै बागबानीको दर्जन आँपको रुखसमेत कटान गरिएको थियो । बागबानीले भने एक वर्षअघि सार्वजनिक सूचनामार्फत श्रेष्ठको समितिलाई उक्त स्थान छाड्न आग्रह गरेपछि पाँचखाल नगर कार्यालयले समितिविरुद्ध कुनै पनि प्रक्रिया नगर्न पत्राचार गरेको थियो ।

माघ ७ गते, २०७७ - ०९:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

करेन्ट लागेर १४ वर्षीय सुमनको मृत्यु

बागलुङ । गल्कोट नगरपालिका–३ हटिया गल्कोट सप्लायर्समा काम गर्ने बडिगार्ड गाउँपालिका–२ सक्नियार घर...   

ईमाडोलबाट ४ लाख बराबरको विभिन्न धनमाल चोरी

ललितपुर । महालक्ष्मी नगरपालिका–१ ईमाडोल गुम्बा टोल डेरा गरी बस्ने रामेछाप दोरम्वा गाउँपालिका–६ घर...   

पानीको खाल्डोमा डुबेर ४ वर्षीय बालकको मृत्यु

बारा । निजगढ नगरपालिका–८ ठाडोलाईन बस्ने सरोज कुमार लामाको ४ वर्षीय छोरा अदबिक लामाको धाराको पानी जम्मा...   

पत्रकारिता सधैँ गणतन्त्र र संविधानका पक्षमा हुनुपर्नेमा भट्टराईको जोड

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले...   

सिरहामा २२ वर्षीय युवकको शङ्कास्पद मृत्यु, प्रहरीमा किटानी जाहेरी दर्ता

लहान । सिरहा नगरपालिका–१८ इटारीमा एक युवकको शङ्कास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा इटारी निवासी २२...   

३ किलो अवैध लागूऔषध गाँजा सहित अधिकारी पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ ढाक्सीबाट ३ किलो अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ...   
राष्ट्रिय एकताका साथ अघि बढ्न प्रधानमन्त्रीको आह्वान

राष्ट्रिय एकताका साथ अघि बढ्न प्रधानमन्त्रीको आह्वान

गण्डकी । प्रधानमन्त्री केपी शर्मा ओलीले ७५३ वटै स्थानीय तहबाट विकासका काम अघि बढेको बताएका छन् । गण्डकी...   

स्रोत नखुलेको १८ लाख ७८ हजार रुपैयाँ सहित ३ जना पक्राउ

काठमाडौं । काठमाडौं महानरगपालिका–१४ कुलेश्वरस्थित फलफुल बजारबाट स्रोत नखुलेको १८ लाख ७८ हजार नेपाली...   

डोजरले फालेको माटाले पुरेर एक महिलाको मृत्यु

धादिङ । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारमा डोजरले फालेको माटाले पुरिएर...   

जापानसँग वार्ताका लागि तयार रहेको दक्षिण कोरियाका राष्ट्रपतिको भनाई

सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले दक्षिण कोरिया जापानसँग वार्तामा बस्न तयार रहेको बताएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top