Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

भुइँको टिप्दा न बादल, न वामदेव

काठमाडौं । ‘भुइँको टिप्न खोज्दा खल्तीको झर्ने’ यो उखान नेपाली राजनीतिमा बढी नै चरितार्थ हुन थालेको छ । नेताहरूले आफ्नो शक्तिमा विश्वास नगर्ने तर अर्काकोतर्फ आँखा लगाउँदा साथमा भएको पनि गुमाएका धेरै उदाहरण छन् । तत्कालीन एमाओवादीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नारायणकाजीलाई टिप्दा मोहन वैद्य ‘किरण’ गुमाएको चर्चा त्यतिबेला खुबै चल्यो । प्रधानमन्त्री केपी ओलीले विभिन्न बहानामा विद्या भण्डारीलाई टिपेर मुलुकको सर्वोच्च स्थानमा पु-याउँदा वरिष्ठ नेता झलनाथ खनाललगायतलाई गुमाएको प्रसंग पनि धेरै भएको छैन ।

आजको जनआस्था साप्ताहिकमा खबर छ - यसरी भुइँको टिप्न खोज्दा खल्तीको समेत गुमाएको पछिल्लो र ताजा उदाहरण भने नेकपा (बहुमत) का अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालसँग जोडिएको छ । उनीहरूले पनि भुइँको टिप्न खोज्दा खल्तीको झारेका छन् । नेकपा विभाजनपूर्व पार्टीभित्र लामो शक्ति संघर्ष चल्यो । विवाद र संघर्ष बढ्दै जाँदा ‘कोर अफ द लिडरसिप’ भनिएको सचिवालय दुई खेमामा विभक्त भयो । नौ सदस्यीय सचिवालयमा प्रचण्ड, माधवसहित झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ एकातिर देखिए ।

प्रधानमन्त्री केपी ओलीसँग आफूसहित तीन जना मात्र रहेको देखियो । महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल मात्र ओलीको पक्षमा दह्रो ढंगले उभिनुभयो । सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ को भूमिका भने तटस्थ थियो । संघर्ष चर्किंदै जाँदा दुवै पक्षको छुट्टाछुट्टै बैठक र छलफल चल्न थाले । बालुवाटार, खुमलटार र भैंसेपाटी छलफलका केन्द्र बने । प्रधानमन्त्री ओलीले पेलेको भन्दै बहुमत (पाँच भाइ) को गठबन्धन बलियो बन्दै गयो ।

उपाध्यक्ष वामदेव गौतम निवास भैंसेपाटीमा बसेको एउटा बैठकको चर्चा अहिले पनि हुने गर्छ । कतिपयले उक्त बैठकलाई ‘भैँसेपाटी गठबन्धन’ पनि भन्ने गर्छन् । गठबन्धन यति बलियो बन्यो कि सचिवालय बैठकअघि कमरेडहरू छुट्टै छलफल गर्न र एकमतसाथ बैठकमा प्रस्तुत हुन थाले । वामदेव गौतमलाई उपाध्यक्ष बनाउनेदेखि राष्ट्रियसभामा पठाउनेसम्मको निर्णयमा गठबन्धनको भूमिका निर्णायक थियो भनिन्छ । किनभने प्रधानमन्त्री ओलीको चाहना र रोजाइमा अन्तिम समयसम्म पनि गौतम परेका थिएनन् ।

सधैँ ओलीबाट धोका खाएका गौतमले एकपटक सार्वजनिक रूपमै भनेका थिए, ‘अब म कमरेड केपी ओलीको साथ (गुट) मा कहिल्यै रहने छैन । प्रचण्डको साथ (गुट) मै रहन्छु ।’ तर त्यत्रो जोडबल गरेर लागेको प्रचण्ड–नेपाल पक्ष त्यतिबेला निरास भयो, जब पार्टी फुट्दा वामदेवले साथ दिएनन् । अहिले बादललाई गुमाउनुको कारण पनि वामदेव नै भएको कतिपयको विश्लेषण छ । गौतमका लागि जे पनि गर्न तयार हुनेहरूले आफूलाई भने वास्तासम्म नगरेको र गृहमन्त्रीबाट हटाउन खोजेको बादलको गुनासो छ । त्यही चित्त दुखाइका कारण अहिले उनी ओलीतिर लागेको भन्नेहरू पनि छन् ।

वादलले आफूनिकट नेताहरूसँगको कुराकानीमा एउटै क्याबिनेटमा रहेका कारण प्रधानमन्त्रीविरुद्ध जान नमिल्ने तर निर्णायक घडीमा प्रचण्ड–नेपाल पक्षलाई साथ दिने भनेको कुरा यसअघि नै सार्वजनिक भइसकेको छ । ‘वामदेवका लागि आकाशको तारासमेत झार्न तयार हुनेहरूले बादललाई उल्टै मन्त्रीबाट हटाउने कुरा सुनेपछि उनी बिच्किएका हुन्,’ बादलनिकट स्रोतले भन्यो । हिजोआज पेरिसडाँडातिर कमरेडहरूको सुनिन्छ ‘त्यत्रो गर्दा पनि वामदेव कमरेडले देख्नु भएन, उहाँ त बैगुनी पो हुनुहुँदोरै’छ ।’

हुन पनि हो, एकपटक होइन, पटक–पटक नेताहरूले टाउकैमा बोकेका वामदेवले त मौकामा साथ नदिएपछि, बादलको कुरा गर्नु बेकार रहेको नेकपा (बहुमत) कै नेता स्विकार्छन् । त्यसैले अहिले बालुवाटारतिर पनि खुच्चिङको भावमा चर्चा हुने गरेको छ, ‘प्रचण्ड–नेपालले भुइँको टिप्न खोज्दा खल्तीको पनि खसाले । अर्थात् वामदेवलाई बोकेर हिँड्दा बादल बिच्किए । अहिले उनीहरूको साथमा न वामदेव छन्, न बादल !’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies