Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

४८ राउटे परिवारलाई कम्बल वितरण

कर्णाली । बिलिभर्स इष्टर्न समुदाय नेपालले गुराँस गाउँपालिका–८ दैलेखका ४८ राउटे परिवारलाई कम्बल वितरण गरेको छ ।

समुदायले मङ्गलबार राउटे बस्तीमै पुगेर कम्बल वितरण गरेको हो । गुराँस गाउँपालिका–८ दैलेख धरमपोखरामा बस्दै आएका ४५ घरपरिवारलाई सहयोग गर्न गएको समुदायको टोली उनीहरु बेँसी झरेको खबर पाएपछि त्यहाँबाट सुर्खेत चिङ्गाड गाउँपालिका–६ पाम्कास्थित पुँडे भन्ने ठाउँमा पुगेर कम्बल वितरण गरिएको ईस्टर्न समुदायका विशप गोपाल क्षेत्रीले जानकारी दिए ।

चिसोमा बस्ने राउटे परिवारलाई न्यानो गराउने हेतुले उनीहरुलाई कम्बल वितरण गरिएको बताउँदै उनले रु एक लाख ८४ हजार ४०० मूल्य बराबरको कोरियन ब्राण्डको डबल बेडको कम्बल सहयोग गरिएको जानकारी दिए ।

सो वडा कार्यालयले प्रत्येक राउटेलाई मासिक रु तीन हजार भत्ता उपलब्ध गराउँदै आएको छ । कर्णाली प्रदेश सरकारले पनि प्रत्येक राउटेलाई रु दुई हजार भत्ता दिने निर्णय गरेको छ । प्रदेश सरकारको निर्णय कार्यान्वयनमा आएपछि प्रति राउटेले मासिक रु पाँच हजार पाउनेछन् ।

चिसोको समयमा कम्बल दिने आफ्ना लागि भगवान नै भएको राउटे भक्तबहादुर शाहीले बताए । राउटे महिला सुवा शाहीले चिसोमा कम्बल सहयोग गरेकोमा खुशी व्यक्त गर्दै अहिले आफ्न खाने चामल नभएकोले सहयोग गर्न अनुरोध गरे ।

बिलिभर्स समुदायले आगामी केही दिनपछि राउटेलाई खाद्यान्नसमेत उपलब्ध गराउने जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies