Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

जङ्गली हात्ती आतङ्कः गस्ती टोलीबाट दैनिक सुरक्षा

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ मा दैनिक छावासहित आउने जङ्गली हात्तीका कारण स्थानीयवासी त्रसित बनेका छन् ।

दिनभरि नजीकै रहेको आदर्श नमूना सामुदायिक वन क्षेत्रभित्र बस्ने र साँझ पर्ने बित्तिकै गाउँ पसेर किसानले लगाएको सागसब्जी कुल्चेर नष्ट गर्ने, घरभित्र थन्क्याएको अन्नसमेत खाइदिएको हुँदा उनीहरु ज्यान बचाउनु कि अन्न भन्ने कुराले त्रसित बनेका हुन् ।

“दैनिक कहिले दुईतीनवटा त कहिले बच्चासहित आउने जङ्गली हात्तीले हैरान पारिसके”, हात्ती मानव द्वन्द्व न्यूनीकरण समितिका सचिव सीताराम बास्तोलाले भने, “ज्यान जोगाउनु कि अन्न । बल्ल वर्षभरि खाने धान घर भित्र्याइएको छ, त्यो पनि हात्तीले ढिकुटी नै उधिनेर खान थाल्यो ।” उनले हात्ती धपाउनका लागि डिभिजन वन कार्यालयसँग पटकपटक साइरनसहितको गाडी माग गरे पनि बेवास्ता गरेको आरोप लगाए ।

सचिव बास्तोलाले घरघर आउने हात्तीका कारण रातभर अनिदो बस्ने गरेको बताए । हालसम्म थाल ठट्टाएर, होहल्ला गरेर र पुल्टो बालेर हात्ती धपाउँदै आएको उनको भनाइ छ । “खेतमा धान हुन्जेल भित्र्याउन नपाइएला भन्ने चिन्ता थियो”, उनले भने, “जसोतसो बचाएर घर त भित्र्याइयो, बच्चासहितको हात्ती सिधै घरतिरै आउन थालेपछि धानसँगै ज्यान जोगाउनै मुस्किल भयो ।”

डिभिजन वन कार्यालय झापाका फरेस्टर डिल्लीराम खरेलले बुद्धशान्ति गाउँपालिकाका कुनै पनि वडाबाट हात्तीले क्षति पुर्याएको गुनासो हालसम्म नआएको बताए । उनले गुनासो आएका र हात्ती भएका स्थानमा कार्यालयले साइरनसहितको गाडी पठाएर रातभर सुरक्षा दिँदै आएको बताए ।

उनका अनुसार जिल्लाका अन्य क्षेत्रभन्दा मेचीनगरको चारआली र भद्रपुर नगरपालिकाको पृथ्वीनगर क्षेत्रमा आठवटा रैथाने हात्ती देखापरेकाले सो क्षेत्रमा साइरनसहितको गस्ती टोलीले दैनिक सुरक्षा प्रदान गरिरहेको छ । फरेस्टर खरेलले चालू आर्थिक वर्षको पाँच महिनामा जङ्गली हात्तीले अन्नबाली नष्ट गरेबापत राहतका लागि डिभिजन वन कार्यालय झापाको कार्यालयमा दुई हजार छवटा निवेदन दर्ता भएको बताए । तीमध्ये साउनमा सबैभन्दा बढी ७६, भदौ ५२, असोज ५७, कात्तिक २४ र मङ्सिरमा १६ वटा राहतका लागि किसानले निवेदन दर्ता गराएका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies