


गोकर्णका युवालाई स्वरोजगारमूलक तालीम


-
-
पुस ६ गते, २०७७ - १५:३४

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका र काठमाडौँ युनेस्कोको संयुक्त आयोजनामा नगर क्षेत्रका युवालाई स्वरोजगारमूलक तालीम दिइएको छ । गोकर्णस्थित यज्ञडोल (जगडोल) सामुदायिक सामुदायिक वन क्षेत्रमा आयोजना गरिएको तालीममा मोबाइल मर्मतमा १८ र फर्निचरका सामग्री निर्माणमा १२ जना सहभागी भएका थिए । तीनमहिने तालीम लिएका प्रशिक्षार्थी स्वरोजगार बन्नसक्ने प्रमाणपत्र वितरण समारोहमा जानकारी दिइयो ।
प्रमाणपत्र वितरण कार्यक्रममा नगरपालिकाका प्रमुख सन्तोष चालिसेले पहिलो चरणमा प्रारम्भिक प्रशिक्षण लिएकालाई पुनर्ताजगी तालीमसमेत दिएर आत्मनिर्भर बनाइने प्रतिबद्धता जगाए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयका सहायक महासचिव बाबुराम अधिकारी, यज्ञडोल (जगडोल) सामुदायिक वन सामुदायिक वन समूहका अध्यक्ष सुदर्शन सिग्देल, प्रशिक्षक डा सुमित अधिकारी लगायतले युवालाई स्वरोजगार दिनसके विदेश पलायन नहुने भएकाले यस्ता कार्यक्रममा जोड दिनुपर्ने दिए ।
कोरोना भाइरसको महामारीका बेला तालीममा सहभागी भएको भन्दै युनेस्को काठमाडौँले चामल, दाल, तेल, नून, साबुनलगायत सामग्री राहतस्वरुप हस्तान्तरण गरेको थियो । फर्निचरका प्रशिक्षार्थीले सामुदायिक वन समूहलाई जिल्ला वन कार्यालय काठमाडौँले उपलब्ध गराएको दुई वटा यन्त्र उपयोग गरी काम गर्ने सो अवसरमा जानकारी दिइएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भारतद्वारा पाम आयलमा प्रतिबन्ध: नेपाली उद्योग धराशायी हुँदै
वीरगञ्ज । छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग...विश्व ब्याडमिन्टन जुनियरतर्फको बरियतामा प्रिन्सको छलाङ
काठमाडौँ । विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका...निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आह्वान : मन्त्री नेम्वाङ
पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई...हुम्लामा लडेर प्रहरी हवल्दारको मृत्यु
सिमकोट । हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको...आखेटोपहार र बन्दुकसहित ५ जना पक्राउ
डोल्पा । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु जस्तो देखिने आखेटोपहार र भरुवा बन्दुकसहित...न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ : वरिष्ठ नेता पौडेल
दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको...पर्यटन लक्षित रु ५० अर्बको व्यवसाय कोष कार्यान्वयन नभएको पोखरा पर्यटन परिषद्को गुनासो
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्या...मोटरसाइकल चोरीको आरोपमा दुई १४ वर्षीय किशोरसहित ४ जना पक्राउ
भादगाउँ । मोटरसाइकल चोरीको आरोपमा प्रहरीले दुई १४ वर्षीय किशोरसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ...पाइपलाइनमा समस्या छैन : आयल निगम
काठमाडौँ । नेपाल आयल निगमले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन मार्फत नियमित रुपमा डिजेल आयात...फुटेर होइन जुटेर अगाडि बढौँ : मन्त्री अर्याल
वालिङ । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले अहिलेको अवस्थामा फुटेर नभई जुटेर अगाडि...
