Khabar Dabali Logo
  January 28, Thu

सिरहामा चिसोका कारण एक साताको अवधिमा ४ जनाको मृत्यु

लहान । केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु भएको छ । चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका–५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका–११ गदहवा निवासी २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका–३ बन्दीपुर निवासी ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना खुल्न नसकेका एकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गत मङ्सिर २२ देखि मङ्सिर २८ गतेसम्मको अवधिमा ती चारै जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले बताए । सो अवधिमा चिसो छल्न बालिएको घुरमा आगो ताप्ने क्रममा जलेर अन्य पाँच घाइते भई विभिन्न अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

यसैबीच चिसो प्रभावित सुखीपुर नगरपालिका–८ र गोलबजार नगरपालिका–१३ का १५० परिवारलाई स्वदेश लघुवित्त संस्था सुखीपुरले न्यानो कपडा वितरण गरेको छ । सुखीपुर नगरपालिका–८ अस्पतालचोकका १३० र गोलबजार नगरपालिका–१३ का २० परिवारलाई चिसोबाट जोगिन न्यानो कपडा वितरण गरेको प्रजिअ कणेँलले बताए ।

पुस ३ गते, २०७७ - ११:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फरार प्रतिवादी पक्राउ

मकवानपुर । जिल्ला अदालत मकवानपुरको २०७६ भदौ २२ गतेको फैसलाले यौन दुर्व्यवहार मुद्दामा २ महिना ४ दिन...   

स्वरोजगार बन्दै पोर्चुगलका नेपाली

पोर्चुगल । पोर्चुगललाई कर्मथलो बनाउँदै आएका नेपालीले विश्वव्यापी महामारीको समय सही तवरले सदुपयोग...   
प्रत्येक दिन जसो नयाँ सङ्क्रमतिहरु भेटिन थालेपछि बेइजिङमा नागरिकलाई विदा मनाउन बाहिर ननिस्किन आग्रह

प्रत्येक दिन जसो नयाँ सङ्क्रमतिहरु भेटिन थालेपछि बेइजिङमा नागरिकलाई विदा मनाउन बाहिर ननिस्किन आग्रह

बेइजिङ । चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेपछि यहाँका अधिकारीहरुले...   

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ७ लाख भन्दा बढी

नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड सात लाख ११ हजारभन्दा बढी...   

फुजी स्याउप्रति जुम्लाका किसान आकर्षण

खलङगा । पछिल्लो समयमा यहाँका किसान विदेशी फुजी स्याउप्रति आकर्षण भएका छन् । जिल्लामै उत्पादन हुने...   

नयाँबानेश्वरमा ३ लाख नगद तथा सुनका गरगहना चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वर डेरा गरी बस्ने ललितपुर ईमाडोल घर भएका ४४ वर्षीय...   

जबरजस्ती करणी गरेको अभियोगमा २९ वर्षीय सुमन पक्राउ

झापा । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१ बस्ने २९ वर्षीय सुमन घिमिरेलाई...   

होटलबाट २ थान रेड पाण्डाको छाला सहित ३ जना पक्राउ

बाँके । कोहलपुर नगरपालिका-१२ चप्परगौरीस्थित दैलेखी होटलबाट २ थान रेड पाण्डाको छाला सहित ३ जनालाई बुधबार...   

मध्यपुरथिमिमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु: भएन सनाखत

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली–कोटेश्वर जाने सडकखण्डमा सवारी साधनको ठक्करबाट एक पुरुषको...   

छिमेकीको खुकुरी प्रहारबाट घाइते मगरको उपचारमा समस्या

सोलुखुम्बु । छिमेकीको खुकुरी प्रहारबाट घाइते माप्यदूधकोशी गाउँपालिका–६ वाप्साकी ५५ वर्षीया कुमारी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top