


सीमा सुरक्षामा सुरक्षाकर्मीलाई सकस


-
-
मंसिर २३ गते, २०७७ - ०८:५१

फिदिम । पाँचथरको ४४.३८ किलोमिटर सीमा क्षेत्र भारतका पश्चिम बंगाल र सिक्किमसँग जोडिएको छ। सरकारले उच्च पहाडी यो क्षेत्रमा हालै चारवटा बोर्डर आउटपोस्ट (बीओपी) स्थापना गरेको छ। तर, आवश्यक पूर्वाधार नहुँदा बीओपीमा खटिने सशस्त्र प्रहरीको दैनिकी सकसपूर्ण बनेको छ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – याङवरक गाउँपालिकाका चिवाभञ्ज्याङ, सुकेढाप र फालेलुङ गाउँपालिकाका भँैसे र फालोटमा बीओपी खडा गरिएको हो। यी ठाउँमा अहिले हिउँ पर्न थालेको छ। बीओपीका लागि आफ्नै भवन छैन। गाउँपालिकाले टिनले बारेर बनाएको कच्ची भवनमा बसेर सीमा सुरक्षामा प्रहरी तैनाथ छन्।
‘सीमा क्षेत्रमा बीओपी राख्नु स्वागतयोग्य काम हो’, फालेलुङ गाउँपालिका–३ का वडाध्यक्ष वीरविक्रम थाम्सुहाङले भने, ‘सीमा सुरक्षामा खटिने प्रहरीलाई बस्नका लागि गतिलो भवन छैन। चिसो बढेपछि गोठ तल झर्न थालेका छन्। प्रहरी नै चिसोले कठ्यांग्रिने सम्भावना छ।’ पर्याप्त तयारीबिना बीओपी स्थापना गरिँदा प्रहरीलाई कठिन भएको स्थानीयको बुझाइ छ।
सुरक्षाकर्मीका लागि खान, बस्न र सञ्चारको असुविधा छ। बीओपी बसेका कच्चा भवनमा भित्रसम्म शीत पर्ने र ओछ्यानसमेत भिज्ने गरेको सुरक्षाकर्मी बताउँछन्। ‘चिसो ठाउँमा टिनको छानोभित्र शीत पर्दो रहेछ’, चिवाभञ्ज्याङ बीओपीमा खटिएका एक सुरक्षाकर्मीले भने, ‘न्यानो भन्ने कतै छैन, हिउँले बीओपी भवन छोप्न थालेको छ।’ उच्च पहाडमा खटिएका सुरक्षाकर्मीलाई बास, सञ्चार, इन्धन, खाद्यान्न, यातायातजस्ता आधारभूत आवश्यकताको व्यवस्थासमेत छैन।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सरकारको स्वीकृति बिनै नेपाली युवा कतार प्रहरीमा भर्ना
काठमाडौं । नेपालसँग कुनै किसिमको सम्झौता नगरी कतार सरकारले नेपाली युवालाई प्रहरीमा भर्ना गरेको छ...धौवादीबाट ३५ प्रतिशत शुद्ध फलाम
नवलपुर । नवलपुरको धौवादी फलाम खानीबाट उत्पादन हुने भएको छ । त्यहाँ भएको कच्चा पदार्थबाट ३५ प्रतिशतसम्म...तुलनात्मक रूपमा कोभिसिल्ड सुरक्षित
काठमाडौं । बुधबारदेखि लगाउन थालिने कोरोना भाइरस संक्रमण रोकथामविरुद्धको ‘कोभिसिल्ड’ खोप तुलनात्मक...नेपाल–चीन व्यापारमा अवरोध
काठमाडौं । २०७२ वैशाखको भूकम्पपछि पटक पटक अवरुद्ध तातोपानी र रसुवा नाका अझै सहज रुपमा सञ्चालनमा आउन...आयोगको अनिर्णय : नेकपा कानुनी रुपमा विभाजित हुन लम्बियो प्रक्रिया
काठमाडौं । राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा विभाजित हुने प्रक्रिया...जब प्रधानमन्त्रीले नै कर्मचारीलाई राजनीतिमा लाग्न सल्लाह दिए
काठमाडौं । निजामती सेवा ऐनको दफा ६१ मा निजामती कर्मचारीहरु राजनितीमा सहभागी हुन नपाउने व्यवस्था छ...काठमाडौं–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर
काठमाडौं । काठमाडौं–तराई–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन सोको डिजाइन कार्य तथा विस्तृत...कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिबाट नै फैलिन सक्छ संक्रमण
काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिले अरूलाई कोरोना भाइरस सार्न सक्ने हुँदा लकडाउनका...‘सडक नबनाई नाकामा गाडी धुने क्लिनिङ सेन्टर खोल्नुको अर्थ छैन’, यस्तो छ मापदण्ड
काठमाडौं । काठमाडौंका विभिन्न स्थानका सडक छेउमा यतिखेर खाल्डो खनेर माटो थुपारिएको छ । सवारी–साधन...दलितलाई थर लेख्न अझै सकस : स्थानीय सरकारले सुन्दैन, प्रशासनले टेर्दैन
काठमाडौं । काठमाडौं महानगरपालिका–३१ का कुमार आछामीको नागरिकतामा नाम ‘कुमार सार्की’ छ । पहिले नागरिकता...
